बेल्जियममा नेपाल महोत्सव आयोजना गरिँदै

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार


०३ जुन, २०१९
ब्रसेल्स । ‘नेपाली कला संस्कृतिको संरक्षण गरौं, नेपाल महोत्सवमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ बेल्जियममा नेपाल महोत्सवको आयोजना हुँदैछ । गैर अवासीय नेपाली संघ बेल्जियमको आयोजनामा हुन लागेको सो महोत्सव यही जुलाई २८ तारिखका दिन सञ्चालन हुने बताइएको छ ।

बेल्जियमको एन्र्तोपेनस्थित गोर्टेमार्केटमा हुने सो महोत्सवमा नेपाली कला संस्कृति झल्कने स्टलहरु राखिने छ । सो अवसमा नेपाली खाना, नेपाली भेषभुषा सम्बन्धी स्टलहरु समेत रहने बताइएको छ । महोत्सवको दिन बिहान बेल्जियमका विभिन्न स्थानमा बस्ने नेपालीहरु आफ्नो जातजाती तथा संस्कृति झल्कने नेपाली भेषभूषामा झाँकी सहित कार्यक्रमस्थल पुग्नेछन् । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा हुन लागेको नेपाल महोत्सवले नेपाल र नेपालीको बारेमा पर्यटकहरुलाई थप जानकारी पुग्ने विश्वास आयोजकको छ ।

गैर आवासीय नेपाली संघ बेल्जियमले हरेक वर्ष नेपाल महोत्सव गर्दै आइरहेको छ । कार्यक्रममा नेपाली कलाकारहरुले प्रत्यक्ष रुपमा सांगीतिक प्रस्तुती समेत पस्कनेछन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि बाढी, प्रहरी चौकीसहित दर्जनौं घरमा क्षति सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि बाढी, प्रहरी चौकीसहित दर्जनौं घरमा क्षति

२०७८ श्रावण १७ गते आइतबार

०१ अगस्ट, २०२१मेलम्ची, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा फेरि...

‘काठमाण्डौं भ्याली’मा लकडाउन कडा पारियो, सडक गल्लीमा निस्के पक्राउ गरिने, हिँडेर समेत काठमाडौं आउन नपाईने ‘काठमाण्डौं भ्याली’मा लकडाउन कडा पारियो, सडक गल्लीमा निस्के पक्राउ गरिने, हिँडेर समेत काठमाडौं आउन नपाईने

२०७७ जेठ २ गते शुक्रबार

१५ मे, २०२०काठमाडौं । कोरोना (कोभिड१९) को संक्रमणको जोखिम...

ललितपुरको किष्ट अस्पतालमा उपचाररत एक विरामीको मृत्यु, अस्पताल भन्छ : ‘स्वाब परीक्षणमा कोरोना संक्रमण देखियो’ ललितपुरको किष्ट अस्पतालमा उपचाररत एक विरामीको मृत्यु, अस्पताल भन्छ : ‘स्वाब परीक्षणमा कोरोना संक्रमण देखियो’

२०७७ जेठ १४ गते बुधबार

२७ मे, २०२०काठमाडौं । ललितपुरको ग्वार्को इमाडोलमा रहेको किष्ट...

Top