अस्पतालको लापरबाहीले बालिकाको मृत्यु प्रकरण : प्रहरीले जाहेरी लिएन

Best Khabar Team | २०७६ जेठ १ गते बुधबार


१५ मे, २०१९
काठमाडौं । बैशाख २३ गते काठमाडौंको गंगालाल अस्पतालमा गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाही गौरैता नगरपालिका वडा नम्बर १०– सिसौटियाकी ५ वर्षीया बालिका आकृतिकुमारी साहका बुवा रामप्रवेश साहले चिकित्सकको लापरवाहीको कारण छोरीको ज्यान गएपनि प्रहरीले जाहेरी लिन नमानेको बताउनुभएको छ । उहाँले आफ्नी छोरी ज्यानै जाँदा पनि यसबारेमा छानबिन गर्न सरकारले तदारुकता नदेखाएको भन्दै दुःखेसो पोख्नुभयो । काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै उहाँले तत्काल न्यायको माग गर्नुभएको हो । न्यायको लागि विभिन्न ठाउँमा भौतारिँदापनि कतैबाट उचित न्याय नपाएको भन्दै उहाँले भन्नुभयो हामी दिनहुँ न्याय खोज्दै विभिन्न सरकारी निकायहरुमा धाइरहेका छौं । तर, न्याय पाएका छैनौं । यसले हामीलाई अझै पीडा दिएको छ।’


शल्यक्रिया गर्नुपुर्व विरामीको दुवै मृगौला ठीक रहेको तर शल्यक्रियापछि दुवै मृगौला फेल भएको रिपोर्ट देखाईएको पनि उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘शल्यक्रिया गरेलगत्तै मृगौला फेल भएको मेडिकल रिपोर्ट छ । हामीलाई यसमा पनि शंका लागेको छ । यसबारेमा सत्य–तथ्य छानबिन हुनुपर्छ ।’

आफूहरुले स्वास्थ्य मन्त्रालयमा पुगेरपनि न्याय पाउँ भनि हारगुहारसमेत उहाँको भनाई छ । जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालयले उजुरी दर्तासमेत गर्न नमानेको भन्दै न्यायका लागि अब कहाँ जाने भन्दै उहाँले पत्रकारहरुसमक्ष दुःखेसो पोख्नुभयो । ‘छोरीको मृत्युको सत्यतथ्य छानबिनका लागि आज १० दिन भयो हामीहरु सरकारी कार्यालय धाउन थालेको । तर, अहिलेसम्म सरकारी कार्यालयबाट सहयोग भएको छैन् ।’ उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो । यसैबीच कार्यक्रममा बालिकाका आफन्त सरेन्द्र यादवले शल्यक्रियामा संलग्न चिकित्सकले जानाजान गल्ती गरेर गलत रगत चढाएको आरोप लगाए । उनले भने,‘मुटुको शल्यक्रिया हुँदा मृगौलाको भागमा किन चिरियो ? सुरुदेखि नै चिकित्सकले गल्ती गरिरहनुभएको छ।’

शल्यक्रियापुर्व अस्पताल प्रशासनले गराउने मञ्जुरीपत्रमा विरामीको मर्ने सम्भावनामा १ देखि २.५ प्रतिशत रहेको लेखिएको थियो । तर, निधनपछि सोही ठाउँमा टिपेस लगाएर २० देखि ३५ प्रतिशत बनाईएको छ ।’
प्रहरी प्रशासनकहाँ पटक–पटक धाउँदापनि किटानी जाहेर लिन नमानेको यादवले पनि आरोप लगाए । उनले थपे,‘कहिले प्रहरी कार्यालय महाराजगन्ज त कहिले सरकारी वकिलको कार्यालय र कहिले जिल्ला प्रशासन कार्यालय धाइरहेका छौं । तर, हाम्रो उजुरी दर्ता गराउन कोहीपनि तयार छैनन् ।’

आफूहरु शल्यक्रियामा संलग्न चिकित्सक र ल्याबका व्यक्तिको नाम उल्लेख गरेर मुद्दा दर्ता गराउन गएको भएपनि मुद्दा दर्ता नभएको पनि उनले सुनाए ।
उनले प्रहरी वृत्त महाराजगन्जले भने व्यक्तिको नाम हटाएर उजुरी दिए तत्काल मुद्दा दर्ता गर्ने भन्दै फकाउने गरेको पनि जनाए । त्यस्तै, उनले पछिल्लो समय आफूहरुलाई ज्यानको पनि असुरक्षा महशुस भैरहेको जानकारी दिए ।
उनले भने,‘स्वास्थ्य मन्त्रालयमा पुग्दा त्यहाँ अस्पतालका निर्देशक जोतेन्द्र शर्मा, जो बालिकाको शल्यक्रियामा संलग्न थिए, उनी पनि मन्त्री उपेन्द्र यादव, स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव र सचिव पुष्पा चौधरीपनि सँगै थिए ।’ मन्त्रालयले उजुरी दर्ता गरेको तर अहिलेसम्म कुनै कारबाही नगरेको उनले सुनाए ।

यस्तो लापरवाही गर्ने डाक्टरलाई जागिरबाट हटाउनुपर्ने र उनको प्रमाणपत्र नै रद्द गर्नुपर्ने यादवको माग छ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया गर्दा फरक रगतका कारण आकृतिकुमारी साहको मृत्यु भएको थियो । आकृतिको शव हाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा छ ।

तर, बालिकाका बुवा रामप्रवेशले छोरीको शव कहाँ राखेको छ ? भन्ने कुरा अहिलेसम्म थाहा नभएको सुनाए । उनले भने,‘मलाई त ईन्साफ चाहिएको छ। तर, खुरुक्क लाश लिएर जान, बढि बोलिस भने तलाई नालामा फालिदिन्छु भनेर मलाई धम्की दिने गरेका छन् ।’ ‘ओ’ पोजेटिभ भएकी आकृतिलाई ‘ए’ पोजेटिभ रगत दिइएको थियो । जसका कारण उनको मृत्यु भयो ।
कार्यक्रममा बरिष्ठ अधिवक्ताद्धय डा. सुरेन्द्र भण्डारी र डा. नारायण घिमिरेले घट्नामा लापरवाही गर्नेलाई कारबाही गर्नुपर्ने माग गरेका छन् । भण्डारीले मृत्तकको पिताले लिएर गएको जाहेरी दर्ता नगरिएको दुस्कृतिसँग सम्बन्धित दायित्वको मुद्दा हालिनेपनि जनाए ।
भण्डारीले आफुहरुले पीडित परिवारलाई सहयोग गर्ने विश्वास दिलाए । उनले भने,‘कानूनको शासनलाई धज्जी उडाउने काम भएको छ ।’ प्रहरीले अनुशन्धान गरेर दोषीमाथि कारबाही गर्नुपर्ने उनले जोड दिए ।

नेपालका लागि नेपालीका अभियन्ता अधिवक्ता घिमिरेले यो घट्नाको अनुशन्धानको दायरा अघि बढ्नुपर्ने माग गरे । उनले भने,‘प्रहरीले उजुरी लिनुपर्छ ।’
उनले भने,‘उपचारको क्रममा गलत प्रवृत्ति, गलत उपचार र गलत ग्रुपको रगत दिएर गलत उपचार गरेर लापरवाहीको कारण निधन भएको भन्ने कुरा आएको छ । एउटा अस्पताल, जहाँ नागरिकहरु उपचार गर्न बसेको छ । उनीहरुको लापरवाहीको कारण कसैको ज्यान जाने अवस्था आउँछ भने उनीहरुले उन्मुक्ति पाउने अवस्था हुँदैन् । यसले दुई चार वटा कुरा र फौजदारी आचारसंहिता आकर्षण हुन्छ ।’



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कपिलबस्तु, रुपन्देही, बर्दिया र सप्तरीमा एकैदिन २४ जनामा कोरोना संक्रमण, १३४ पुगे संक्रमितहरु कपिलबस्तु, रुपन्देही, बर्दिया र सप्तरीमा एकैदिन २४ जनामा कोरोना संक्रमण, १३४ पुगे संक्रमितहरु

२०७७ बैशाख २९ गते सोमबार

११ मे, २०२० काठमाडौं । नेपालमा एकैदिन २४ जना...

उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रप्रमुख केहीबेरमा नेपाल आउँदै उत्तरी छिमेकी मुलुक चीनका राष्ट्रप्रमुख केहीबेरमा नेपाल आउँदै

२०७६ आश्विन २५ गते शनिबार

१२ अक्टोबर, २०१९ काठमाडौं । नेपालको उत्तरी छिमेकी मुलुक...

What is the ‘Burning Objects’ in Nepal’s sky this Thursday night? What is the ‘Burning Objects’ in Nepal’s sky this Thursday night?

२०७६ चैत्र १३ गते बिहिबार

26 March, 2020 PokharaThis Thursday night, people from Western...

चौधौं शताब्दीमा करोडौं मानिसको ज्यान लिएको ‘प्लेग’ रोग देखियो मंगोलियामा चौधौं शताब्दीमा करोडौं मानिसको ज्यान लिएको ‘प्लेग’ रोग देखियो मंगोलियामा

२०७७ असार २२ गते सोमबार

०६ जुलाई, २०२०बेइजिङ्ग । कोरोना भाइरसको संक्रमणको केन्द्रविन्दु बनेको...

Top