टेक्सासको चर्चमा प्रार्थना चलिरहँदा बन्दुक आक्रमण, २ मारिए (भिडियोसहित)

Best Khabar Team | २०७६ पुष १४ गते सोमबार


३० डिसेम्बर, २०१९
टेक्सास । अमेरिकाको टेक्सासमा क्रिश्चियन धर्मावलम्बीहरु भेला भै प्राथना गरिरहेका बेला एउटा चर्चभित्र बन्दुधकारीहरुले आक्रमण गरेका छन् । सो आक्रमणमा परी दुई जनाको ज्यान गएको छ भने केही घाइते भएका छन् ।

स्थानीय समय अनुसार आइतबार बिहान भएको प्राथना सभामा २ जना बन्दुकधारीहरु एक्कासी चर्चमा प्रवेश गरी प्राथना सभामा रहेकाहरुमाथि गोली चलाएका थिए । टेक्सास राज्यको
ह्वाइट सेटलमेन्टको चर्च अफ क्रिस्टमा बन्धुककारीहरुले गोली प्रहार गर्न थालेपछि त्यहाँभित्र रहेका सुरक्षा अधिकारीले जवाफी कारबाही गरेका थिए ।

घटनामा संलग्न एक आक्रमणकारी समेत मारिएका छन् भने आक्रमणकारीले गोली हानी घाइते भएका एकजना प्राथनार्थीको पनि उपचारको क्रममा ज्यान गएको छ । प्राथना सभाको प्रत्यक्ष प्रशारण युट्युवमा भैरहेका बेला आक्रमणकारीहरु प्रवेश गरेको भिडियोहरुमा स्पष्टै देख्न सकिन्छ । घाइते ४ जनाको स्थानीय अस्पतालमा उपचार भै रहेको छ ।

घटनालगत्तै प्रहरीले घटनामा संलग्न व्यक्ति र समूहको खोजी तीव्र बनाएको छ ।

भिडियो साभार : एविसी न्युज



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

आजबाट सवारी साधनमा फेरि जोरविजोर नियम लागू, राति हिड्न प्रतिबन्ध आजबाट सवारी साधनमा फेरि जोरविजोर नियम लागू, राति हिड्न प्रतिबन्ध

२०७७ श्रावण २१ गते बुधबार

०६ अगस्ट, २०२०काठमाडौं । सरकारले लकडाउन खुलेको घोषणा गरेलगत्तै...

फेरिँदै नेपालको नक्सा, भारतले हड्पेको भूमिसमेत समावेश गरी नयाँ नक्सा सार्वजनिक गरिँदै फेरिँदै नेपालको नक्सा, भारतले हड्पेको भूमिसमेत समावेश गरी नयाँ नक्सा सार्वजनिक गरिँदै

२०७७ जेठ ५ गते सोमबार

१८ मे, २०२०काठमाडौं । अन्ततः चौतर्फी दबाबपछि नेपाल सरकारले...

यी ४ अस्पतालबाट पाइनेछ अब कोरोनाका खोप लगाएकाहरुले आधिकारिक प्रमाणपत्र यी ४ अस्पतालबाट पाइनेछ अब कोरोनाका खोप लगाएकाहरुले आधिकारिक प्रमाणपत्र

२०७८ श्रावण ८ गते शुक्रबार

२३ जुलाई, २०२१काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेकामध्ये...

भूकम्पले रुकुम र जाजरकोटमा ठूलो जनधनको क्षति : दर्जनौको मृत्यु, सयौं घाइते, उद्धारकार्य जारी (अपडेट) भूकम्पले रुकुम र जाजरकोटमा ठूलो जनधनको क्षति : दर्जनौको मृत्यु, सयौं घाइते, उद्धारकार्य जारी (अपडेट)

२०८० कार्तिक १८ गते शनिबार

०४ नोभेम्बर, २०२३ मुसिकोट, रुकुम । पश्चिम नेपालको जाजरकोटलाई...

Top