टेक्सासको चर्चमा प्रार्थना चलिरहँदा बन्दुक आक्रमण, २ मारिए (भिडियोसहित)

Best Khabar Team | २०७६ पुष १४ गते सोमबार


३० डिसेम्बर, २०१९
टेक्सास । अमेरिकाको टेक्सासमा क्रिश्चियन धर्मावलम्बीहरु भेला भै प्राथना गरिरहेका बेला एउटा चर्चभित्र बन्दुधकारीहरुले आक्रमण गरेका छन् । सो आक्रमणमा परी दुई जनाको ज्यान गएको छ भने केही घाइते भएका छन् ।

स्थानीय समय अनुसार आइतबार बिहान भएको प्राथना सभामा २ जना बन्दुकधारीहरु एक्कासी चर्चमा प्रवेश गरी प्राथना सभामा रहेकाहरुमाथि गोली चलाएका थिए । टेक्सास राज्यको
ह्वाइट सेटलमेन्टको चर्च अफ क्रिस्टमा बन्धुककारीहरुले गोली प्रहार गर्न थालेपछि त्यहाँभित्र रहेका सुरक्षा अधिकारीले जवाफी कारबाही गरेका थिए ।

घटनामा संलग्न एक आक्रमणकारी समेत मारिएका छन् भने आक्रमणकारीले गोली हानी घाइते भएका एकजना प्राथनार्थीको पनि उपचारको क्रममा ज्यान गएको छ । प्राथना सभाको प्रत्यक्ष प्रशारण युट्युवमा भैरहेका बेला आक्रमणकारीहरु प्रवेश गरेको भिडियोहरुमा स्पष्टै देख्न सकिन्छ । घाइते ४ जनाको स्थानीय अस्पतालमा उपचार भै रहेको छ ।

घटनालगत्तै प्रहरीले घटनामा संलग्न व्यक्ति र समूहको खोजी तीव्र बनाएको छ ।

भिडियो साभार : एविसी न्युज



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

देशभर बाढीको ताण्डव, पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध, हुम्लामा हिमपहिरोको खतरा बढेको भन्दै स्थानीयलाई सतर्क गराईयो देशभर बाढीको ताण्डव, पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध, हुम्लामा हिमपहिरोको खतरा बढेको भन्दै स्थानीयलाई सतर्क गराईयो

२०७७ श्रावण ५ गते सोमबार

२० जुलाई, २०२०काठमाडौं । अविरल वर्षासँगै आएको बाढि पहिरोमा...

काठमाडौं विमानस्थलमा कोरोना नियन्त्रणको पूर्वतयारी : भिजिटर पास बन्द, विदाई र स्वागतमा विमानस्थल नआउन आफन्तलाई आग्रह काठमाडौं विमानस्थलमा कोरोना नियन्त्रणको पूर्वतयारी : भिजिटर पास बन्द, विदाई र स्वागतमा विमानस्थल नआउन आफन्तलाई आग्रह

२०७६ फाल्गुन १९ गते सोमबार

०२ मार्च, २०२० काठमाडौं । विश्वभर प्रकोपको रुपमा देखिएको...

उदयपुरमा थप एक भारतीयमा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो उदयपुरमा थप एक भारतीयमा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

२०७७ बैशाख ६ गते शनिबार

१८ अप्रिल, २०२०गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकामा रहेको एक...

पहिलोपटक कपिलबस्तुमा पनि भेटिए २ कोरोना संक्रमित,  कोरोना संक्रमितको संख्या सय नाघ्यो पहिलोपटक कपिलबस्तुमा पनि भेटिए २ कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या सय नाघ्यो

२०७७ बैशाख २५ गते बिहिबार

०७ मे, २०२०तौलिहवा । नेपालको कपिलबस्तु जिल्लामा पहिलो पटक...

Top