काठमाडौं उपत्यकाभित्र थप ३ जनामा कोरोना संक्रमण

Best Khabar Team | २०७७ श्रावण २ गते शुक्रबार


१७ जुलाई, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकाभित्र थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार २४ घण्टायता काठमाडौंका १ जना र भक्तपुरका २ जनामा कोरोना संक्रमण देखिएको हो । काठमाडौंको टेकुमा रहेको केन्द्रीय प्रयोगशाला तथा पाटन अस्पतालमा गरिएको स्वाब परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

संक्रमित तीनै जनाको अवस्था सामान्य रहेको र उनीहरु अहिले चिकित्सकको निगरानीमा रहेको बताइएको छ । यसैबीच मन्त्रालयले काठमाडौं उपत्यकाभित्र समुदायमा कोरोना भाइरस फैलिएको कुनै प्रमाण नरहेको भन्दै आतंकिन नहुन सबैलाई अनुरोध गरेको छ ।

संक्रमित मध्ये दुईजना विदेशबाट आएको र एकजना भने व्यवसाय गर्दै आएका व्यक्ति रहेका छन् । काठमाडौंको व्यस्त स्थानबाट गरिएको स्वाब परीक्षणका क्रममा ४ हजार ८ सय जना मध्ये ३ जना मात्रै संक्रमण देखिएको मन्त्रालयको भनाई छ ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले आज पत्रकारसम्मेलनमा अहिलेसम्म उपत्यकामा कोरोना समुदायस्तरमा फैलिइ नसकेको बताए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

क्यानडा र अमेरिकाको सिमाना थप एक महिनाका लागि बन्द क्यानडा र अमेरिकाको सिमाना थप एक महिनाका लागि बन्द

२०७७ जेठ ६ गते मंगलबार

१९ मे, २०२०टोरन्टो । क्यानडा र अमेरिकाले दुईदेशबीचको सीमा...

जोखिम कायमै रहेको भन्दै लकडाउन थप्न सिफारिस जोखिम कायमै रहेको भन्दै लकडाउन थप्न सिफारिस

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कायमै...

युरोपबाट काठमाडौंं आएकी १९ वर्षकी युवतीमा भेटियो कोभिड–१९, टेकु अस्पतालमा उपचार हुँदै युरोपबाट काठमाडौंं आएकी १९ वर्षकी युवतीमा भेटियो कोभिड–१९, टेकु अस्पतालमा उपचार हुँदै

२०७६ चैत्र १० गते सोमबार

२३ मार्च, २०२०काठमाडौं । युरोपेली मुलुक फ्रान्सबाट नेपाल फर्किएकी...

तरकारी नष्ट गरिएको घटनाप्रति कृषि मन्त्रालयको ध्यानाकर्षण, निर्वाधरुपमा विक्री वितरण गर्न आग्रह तरकारी नष्ट गरिएको घटनाप्रति कृषि मन्त्रालयको ध्यानाकर्षण, निर्वाधरुपमा विक्री वितरण गर्न आग्रह

२०७७ जेठ १९ गते सोमबार

०१ जुन, २०२०काठमाडौं । कोरोनाको बहानामा देशका विभिन्न जिल्लामा...

Top