असार १ गतेदेखि काठमाडौं भित्रने र बाहिरिनेहरुका लागि नयाँ व्यवस्था (विज्ञप्तिसहित)

Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार


१४ जुन, २०२०
काठमाडौं । गृहमन्त्रालयले लकडाउन खुकुलो भएसँगै यही असार १ गतेदेखि अत्यावश्यक कामले काठमाडौं भित्रन र बाहिरन चाहने चाहनेहरुका लागि नयाँ व्यवस्था लागू गरेको छ । मन्त्रीपरिषद्ले जेठ २८ मा गरेको निर्णय र गृहमन्त्रालयको बैठकले जेठ ३० मा गरेको व्यवस्थासहित जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज नयाँ व्यवस्थासहित विज्ञप्ति जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज जारी गरेका विज्ञप्ति अनुसार निजी र सार्वजनिक तथा संस्थागत कामले काठमाडौं उपत्यका प्रवेश गर्ने र बाहिरिनेहरुका लागि छुट्टाछुट्टै व्यवस्था लागू गरिएको हो ।

जस अनुसार निजी कामले काठमाडौ उपत्यका प्रवेश गर्न चाहनेहरुले आफूले बस्दै आएको काठमाडौं उपत्यका भित्रको नगरपालिकाले प्रवेशका लागि दिएको अनुमतिपत्रसहित यात्रा शुरु गर्न चाहेको सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । यस्तै काठमाडौं उपत्यकाबाट बाहिर जान चाहने व्यक्तिगत कामको प्रयोजनसहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर पास लिन सक्ने बताइएको छ । सरकारी वा संस्थागत कामको लागि काठमाडौं छाड्नुपर्ने भए सम्बन्धित संस्थाको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिन भनिएको छ ।

सरकारी वा संस्थागत कामले काठमाडौं आउन चाहनेहरुको हकमा सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयमार्फत् सवारी पासको लागि निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । यसरी दिएको निवेदन, कामको प्रकृति र आउन लागेको व्यक्तिको सुरक्षा अवस्थालगायतको विष्लेषण गरी पास उपब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुमति दिइने जिल्ला प्रशासन कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युवा भ्रमणमा रोक लगायो ट्रम्प प्रशासनले अमेरिकी नागरिकलाई क्युवा भ्रमणमा रोक लगायो

२०७६ जेठ २३ गते बिहिबार

०६ जुन, २०१९न्यूयोर्क । छिमेकी मुलुक क्युवाको भ्रमणमा आफ्ना...

फोटोमा हेर्नुस् राष्ट्रिय टोपी दिवस फोटोमा हेर्नुस् राष्ट्रिय टोपी दिवस

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२०काठमाडौं । राष्ट्रिय टोपी दिवसको अवसरमा आज...

दुःखेको मन लिएर हरेक दिन काठमाडौंका सडकमा टेम्पो गुडाउने एक युवकको कथा दुःखेको मन लिएर हरेक दिन काठमाडौंका सडकमा टेम्पो गुडाउने एक युवकको कथा

२०७६ पुष ११ गते शुक्रबार

– पि.एल . तरंगपुस महिनाको कठ्यांग्रिने जाडोमा काठमाडौं शहर...

३९ जना संक्रमित भेटिएपछि पर्सामा ६ दिने कर्फ्युको घोषणा ३९ जना संक्रमित भेटिएपछि पर्सामा ६ दिने कर्फ्युको घोषणा

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना...

Top