६ महिनापछि खुल्यो लामो दुरीका सार्वजनिक यातयात

Best Khabar Team | २०७७ आश्विन १ गते बिहिबार


१७ सेप्टेम्बर, २०२०
काठमाण्डौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण लाई मध्यजनर गर्दै पूर्वसावधानीका लागि सरकारले लागू गरेको लकडाउनका कारण विगत ६ महिनादेखि बन्द रहेको लामो दुरीका सार्वजनिक सवारी साधन आजदेखि सञ्चालनमा आएका छन् ।

फाइल फोटो : नयाँबसपार्क, काठमाडौं ।

सरकारले गएको चैत्र ५ गते देशव्यापी रुपमा कोरोना संक्रमण रोक्न भन्दै लकडाउन गरेपछि चैत्र ११ गतेदेखि लामो दुरीका सवारी साधन सञ्चालन तथा आन्तरिक र बाह्य हवाई सेवा सञ्चालनमा रोक लगाएको थियो । तर कोरोना भाइरसका कारण गरिएको लकडाउनका कारण जनजीवन अस्तव्यस्त बनेपछि सरकारले साउन ८ गतेदेखि लकडाउन खुकुलो बनाएको थियो । लकडाउन खुकुलो गरेपछि लामो दुरीका सवारी साधन सञ्चालनमा आएको थियो ।

तर आज अर्थात् असोज १ गतेदेखि लागूहुने गरी सरकारले लामो दुरीमा चल्ने सवारी साधनहरुसमेत सञ्चालनमा ल्याउन दिने निर्णय गरेसँगै आजबाट लामो दुरीका गाडीहरु सञ्चालनमा आएका हुन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन आवश्यक पर्ने सबैखाले सुरक्षा सावधानी अपनाएर आजदेखि सार्वजनिक सवारी साधन सञ्चालनमा ल्याइएको यातयात व्यवसायीहरुले बताएका छन् ।

लामो दुरीमा चल्ने सवारी साधनलाई ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने गरी सिट संख्या भन्दा बढी यात्रु नराख्ने सर्तमान आजबाट सञ्चालनको अनुमति दिइएको हो । यात्रु तथा गाडीमा काम गर्ने चालक एवं सहचालकले अनिवार्यरुपमा माक्स तथा स्यानिटाईटरको प्रयोग गर्नुपर्ने व्यवस्था समेत लागू गरिएको छ । यस्तै आवश्यक सुरक्षा सावधानी अपनाइए नअपनाइएको बारे राजमार्गमा सुरक्षाकर्मीहरुले ठाउँ ठाउँमा चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ ।

लामो समय यातयातका साधन सञ्चालनमा नआउँदा आर्थिक रुपमा आफूहरु मर्कामा परेको भन्दै यायतात व्यवसायी तथा मजदुरहरुले सुरक्षा सावधानी अपनाएर सवारी सञ्चालन गर्न सरकारसँग अनुरोध गर्दै आएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

युरोपमा पहिलोपटक स्विट्जरल्याण्डद्वारा नागरिकमा कोरोना भ्याक्सिन लगाउन शुरु युरोपमा पहिलोपटक स्विट्जरल्याण्डद्वारा नागरिकमा कोरोना भ्याक्सिन लगाउन शुरु

२०७७ पुष ८ गते बुधबार

२३ डिसेम्बर, २०२०जुरिच, स्विट्जरल्याण्ड । युरोपमा पहिलोपटक स्विट्जरल्याण्डले आफ्ना...

ललितपुरमा शुक्रबार १८ घण्टे कर्फ्यूको घोषणा ललितपुरमा शुक्रबार १८ घण्टे कर्फ्यूको घोषणा

२०७७ भाद्र १८ गते बिहिबार

०३ सेप्टेम्बर, २०२०सानेपा, ललितपुर । रातो मत्स्येन्द्रनाथको रथ तान्ने...

गुल्मीमा पहिरोबाट खसेको ढुंगाले च्यापेर एकै घरका ४ जनाको मृत्यु गुल्मीमा पहिरोबाट खसेको ढुंगाले च्यापेर एकै घरका ४ जनाको मृत्यु

२०७७ श्रावण १७ गते शनिबार

०१ अगस्ट, २०२०तम्घास, गुल्मी । पहिरोसँगै खसेको ढुंगाले च्यापेर...

अमेरिकामा प्रहरी यातनाबाट अश्वेत नागरिकको मृत्यु प्रकरण : टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्दैगर्दा पत्रकारको हातमा प्रहरीको हत्कडी (भिडियोसहित) अमेरिकामा प्रहरी यातनाबाट अश्वेत नागरिकको मृत्यु प्रकरण : टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्दैगर्दा पत्रकारको हातमा प्रहरीको हत्कडी (भिडियोसहित)

२०७७ जेठ १७ गते शनिबार

अमेरिकाको मिन्निसोटा राज्यमा एकजना अश्वेत नागरिकको प्रहरीको यातनाबाट मृत्यु...

Top