Best Khabar Team | २०७६ फाल्गुन १४ गते बुधबार

२६ फेब्रुअरी, २०२०
पेरिस । फ्रान्सको राजधानी पेरिसमा थप एक व्यक्तिको कोरोना भाईरस ( कोभिड १९)का कारण मृत्यु भएको छ । फ्रान्सका सञ्चारमाध्यमहरुले जनाए अनुसार ६० वर्षका ती पुरुष व्यक्तिको उपचारको क्रममा पेरिसको एक अस्पतालमा ज्यान गएको हो । यो सहित पेरिसमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।
केही समयअघि चीनको हुबेई प्रान्तबाट आएका एक चिनियाँ पर्यटकको पनि कोरोनाको संक्रमणका कारण अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो । फ्रान्सको राजधानी पेरिसलगायतका शहरमा हालसम्म कोरोना भाइरसका कारण १७ जना संक्रमित भेटिएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भै रहेको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि यहाँका अस्पताल तथा विमानस्थलहरुमा विशेष सावधानी र तयारी अपनाईको छ । हरेक वर्ष पेरिसमा करोडौं पर्यटक आउने गर्दछन् ।
यदि कोरोना भाइरस फैलिएमा यसले भयाबह रुप लिनसक्ने भन्दै अधिकारीहरुले सबैलाई सजगता र सतर्का अपनाउन आग्रह गरेका छन् । कोरोना भाइरसका कारण हालसम्म करिब २ सय ७ सय जनाको ज्यान गै सकेको छ भने करिब ८० हजार संक्रमित विश्वका विभिन्न मुलुकमा छन् ।

त्यसमध्ये चीनमा मात्रै ७९ हजारको हाराहारीमा संक्रमितहरु भेटिएका जसको विभिन्न अस्पतालमा उपचार भै रहेको छ । युरोपको इटली, फ्रान्स, बेल्जियम, स्वीट्जरल्याण्ड, फिनल्याण्डलगायतका देशमा कोरोनाका संक्रमित भेटिएका छन् । जसमध्ये इटलीमा सबैभन्दा धेरै अर्थात् १२ जनाको कोरोनाको संक्रमणका कारण ज्यान गै सकेको छ भने करिब ४ सय जनामा संक्रमण देखिएको छ ।
यस्तै स्वीट्जरल्याण्डमा पनि एकजनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको त्यहाँको सञ्चारमाध्यमहरुले जनाएका छन् । यो सँगै युरोपका करिब एक दर्जन देशमा कोरोनाको संक्रमण देखिएको छ । जसका कारण यसको संक्रमण थप हुनेसक्ने भन्दै सिँगो युरोपबासी त्रसित देखिएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
९ महिनापछि मनकामना मन्दिर खुल्दै, मन्दिर भित्रै पसेर दर्शन गर्न भने तत्काल नपाईने
२०७७ मंशिर २३ गते मंगलबार
०८ डिसेम्बर, २०२०कुरिनटार, गोरखा । गत चैत्र महिनादेखि कोरोना...
पूर्वी नेपालमा भूकम्पको धक्का, केन्द्रविन्दु भारत
२०७७ भाद्र २६ गते शुक्रबार
११ सेप्टेम्बर, २०२०दमक, झापा । नेपाल भारत सीमावर्ती क्षेत्रमा...
ट्वीटरमा प्रधानमन्त्रीले पोखे दुःखेसो
२०७६ असार ३ गते मंगलबार
१७ जुन, २०१८ काठमाडौं । पूर्व निर्धारित कार्यक्रम अनुसार...
अमेरिकाको न्यूर्योकमा २ जना नेपालीमा कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२ न्यूर्योक । अमेरिकाको न्यूर्योकमा रहेका २...
Top