कोरोनाको संक्रमणबाट फ्रान्समा थप एक जनाको मृत्यु, युरोपमा फैलँदै कोरोना

Best Khabar Team | २०७६ फाल्गुन १४ गते बुधबार


२६ फेब्रुअरी, २०२०
पेरिस । फ्रान्सको राजधानी पेरिसमा थप एक व्यक्तिको कोरोना भाईरस ( कोभिड १९)का कारण मृत्यु भएको छ । फ्रान्सका सञ्चारमाध्यमहरुले जनाए अनुसार ६० वर्षका ती पुरुष व्यक्तिको उपचारको क्रममा पेरिसको एक अस्पतालमा ज्यान गएको हो । यो सहित पेरिसमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।

केही समयअघि चीनको हुबेई प्रान्तबाट आएका एक चिनियाँ पर्यटकको पनि कोरोनाको संक्रमणका कारण अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो । फ्रान्सको राजधानी पेरिसलगायतका शहरमा हालसम्म कोरोना भाइरसका कारण १७ जना संक्रमित भेटिएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भै रहेको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि यहाँका अस्पताल तथा विमानस्थलहरुमा विशेष सावधानी र तयारी अपनाईको छ । हरेक वर्ष पेरिसमा करोडौं पर्यटक आउने गर्दछन् ।

यदि कोरोना भाइरस फैलिएमा यसले भयाबह रुप लिनसक्ने भन्दै अधिकारीहरुले सबैलाई सजगता र सतर्का अपनाउन आग्रह गरेका छन् । कोरोना भाइरसका कारण हालसम्म करिब २ सय ७ सय जनाको ज्यान गै सकेको छ भने करिब ८० हजार संक्रमित विश्वका विभिन्न मुलुकमा छन् ।

त्यसमध्ये चीनमा मात्रै ७९ हजारको हाराहारीमा संक्रमितहरु भेटिएका जसको विभिन्न अस्पतालमा उपचार भै रहेको छ । युरोपको इटली, फ्रान्स, बेल्जियम, स्वीट्जरल्याण्ड, फिनल्याण्डलगायतका देशमा कोरोनाका संक्रमित भेटिएका छन् । जसमध्ये इटलीमा सबैभन्दा धेरै अर्थात् १२ जनाको कोरोनाको संक्रमणका कारण ज्यान गै सकेको छ भने करिब ४ सय जनामा संक्रमण देखिएको छ ।

यस्तै स्वीट्जरल्याण्डमा पनि एकजनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको त्यहाँको सञ्चारमाध्यमहरुले जनाएका छन् । यो सँगै युरोपका करिब एक दर्जन देशमा कोरोनाको संक्रमण देखिएको छ । जसका कारण यसको संक्रमण थप हुनेसक्ने भन्दै सिँगो युरोपबासी त्रसित देखिएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा कोरोनाको पहिलो शिकार बनिन् ८ दिने सुत्केरी नेपालमा कोरोनाको पहिलो शिकार बनिन् ८ दिने सुत्केरी

२०७७ जेठ ३ गते शनिबार

१६ मे, २०२०काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट...

सोलुखुम्बुमा विप्लव समूहले गरे प्रहरी चौकी कब्जाको असफल प्रयास सोलुखुम्बुमा विप्लव समूहले गरे प्रहरी चौकी कब्जाको असफल प्रयास

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१८ काठमाडौं । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द...

काठमाडौं छिर्ने सबै नाकामा विशेष कडाई, अत्यावश्यकबाहेक अरुलाई प्रवेश निधेष काठमाडौं छिर्ने सबै नाकामा विशेष कडाई, अत्यावश्यकबाहेक अरुलाई प्रवेश निधेष

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेश गर्ने...

युद्धकालमा मारिएका ५ हजार मान्छेको जिम्मा लिन तयार छु : प्रचण्ड युद्धकालमा मारिएका ५ हजार मान्छेको जिम्मा लिन तयार छु : प्रचण्ड

२०७६ माघ १ गते बुधबार

१५ जनवरी, २०२० काठमाडौं । तत्कालीन १० वर्षे सशस्त्र...

Top