सरकारले भन्यो : कुलमान घिसिङ्लाई प्राधिकरणको कार्यकारी निर्देशकमा निरन्तरता दिने विषयमा कुनै निर्णय भएको छैन

Best Khabar Team | २०७७ भाद्र ११ गते बिहिबार


२७ अगस्ट, २०२०
काठमाडौं । सरकारले नेपाल विद्यूत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ्लाई नै निरन्तरता दिने विषयमा कुनै औपचारिक निर्णय नभएको स्पष्ट पारेको छ । नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री युवराज खतिवडाले घिसिङ्को निरन्तरताको विषयमा सामाजिक सञ्जालमा आएका विषयहरुमा कुनै सत्यता नभएको भन्दै यो विषयमा सरकार अनभिज्ञ रहेको बताए ।

फाइल तस्वीर : सञ्चारमन्त्री युवराज खतिवडा ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले यो विषयमा मन्त्रीपरिषद्मा कुनै प्रस्ताव नआएको र कुनै निर्णय नभएको स्पष्ट पारे । उनले भने ‘‘औपचारिक प्रस्ताव पनि आएको छैन, छलफल पनि भएको छैन । सामाजिक सञ्जालमा आएको लेखाई, बोलाई र सूचनामा कुनै सत्यता छैन । ” आगामी भदौ २८ गतेदेखि चारवर्षे कार्यकाल समाप्त हुन लागेका घिसिङ्गलाई पुनः चार वर्षकै लागि प्राधिकरणको कार्यकारी निर्देशनमा निरन्तरता दिन लागिएको भन्ने विषयले सामाजिक सञ्जाल तातेपछि सरकारले यस्तो स्पष्टीकरण दिएको हो ।

नेपालमा लोडसेडिङ्ग अन्त्यका लागि घिसिङ्गले उत्कृष्ट काम गरेको भन्दै सामाजिक सञ्जालमा घिसिङ्गलाई अबको थप एक कार्यकाल पनि प्राधिकरणकै कार्यकारी निर्देशकको रुपमा काममा निरन्तरता दिनुपर्नेमा बहुमत जुटेपछि सरकारको यो भनाई सार्वजनिक भएको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

डेढ दशकपछि पुनः पृथ्वी जयन्तीमा सार्वजनिक विदा ! डेढ दशकपछि पुनः पृथ्वी जयन्तीमा सार्वजनिक विदा !

२०७९ पुष २५ गते सोमबार

०९ जनवरी, २०२३काठमाडौं । झण्डै डेढ दशकपछि राष्ट्रनिर्माता पृथ्वी...

धादिङमा मण्डली दर्शन गरेर फर्केका तिर्थालु चढेको मिनिट्रक दुर्घटना, ६ को घटनास्थलमै मृत्यु, १९ घाइते धादिङमा मण्डली दर्शन गरेर फर्केका तिर्थालु चढेको मिनिट्रक दुर्घटना, ६ को घटनास्थलमै मृत्यु, १९ घाइते

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२० धादिङ्ग । धादिङ्गको प्रसिद्ध मण्डलीमाईको दर्शन...

फ्रान्स घुम्न आएका चिनियाँ पर्यटकको कोरोना भाइरसको संक्रमणबाट निधन फ्रान्स घुम्न आएका चिनियाँ पर्यटकको कोरोना भाइरसको संक्रमणबाट निधन

२०७६ फाल्गुन ४ गते आइतबार

१६ फेब्रुअरी, २०२० पेरिस । फ्रान्सको राजधानी पेरिस घुम्न...

काठमाडौं भ्यालीमा २४ घण्टायता थप ३१८ जनामा कोरोना संक्रमण काठमाडौं भ्यालीमा २४ घण्टायता थप ३१८ जनामा कोरोना संक्रमण

२०७७ पुष ८ गते बुधबार

२३ डिसेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा...

Top