उदयपुरमा थप एक भारतीयमा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ पुग्यो

Best Khabar Team | २०७७ बैशाख ६ गते शनिबार


१८ अप्रिल, २०२०
गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकामा रहेको एक मस्दिजमा बस्दै आएका थप अर्का एक भारतीय नागरिकमा कोरोनाको संक्रमण भेटिएको छ । त्रिगुगा नपाको भुल्केस्थित नुर मस्जिदमा बस्दै आएका ६५ वर्षका भारतीय नागरिकमा कोरोना संक्रमण भेटिएको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाको आशंकामा ती भारतीय नागरिकको स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

विराटनगरको कोशी अञ्चल अस्पतालका अनुसार प्रयोगशालामा परीक्षण गर्दा मस्जिदमा बसेका उनमा कोरोना भाइरसको पोजेटिभ लक्षण भेटिएको हो । यसअघि ३ दिनअघि सोही मस्जिदमा बस्दै आएका ११ जना भारतीय नागरिक र १ नेपालीमा कोरोना संक्रमण भेटिएको थियो । उनीहरुको कोशी अञ्चल अस्पतालको आइसोलेसन वार्डमा उपचार भै रहेको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ ।

जसमध्ये ३ जना उपचारपछि घर फर्किसकेका छन् । बाग्लुङ्गकी ६५ वर्षकी बृद्दा र काठमाडौंकी १९ वर्षीय युवती आज अस्पतालबाट डिस्चार्ज भएका हुन् । यसअघि काठमाडौंका एक युवकमा कोरोना संक्रमण देखिएकोमा उनीपनि उपचारपछि घर फर्किसकेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार ६५ वर्षका एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको छ ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा। बासुदेव पाण्डेका अनुसार ती भारतीय नागरिकमा संक्रमण देखिएको हो ।

यसअघि शुक्रबार उदयपुरको भुल्केस्थित मस्जिदमा रहेका ११ जना भारतीय र एक नेपाली नागरिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना संक्रमित ती भारतीय नागरिक र अरु तीन नेपालीलाई शुक्रबार राति मोरङको टाँडीस्थित क्वारेन्टाइन स्थलमा लगिएको थियो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये दुई जना निको भएर घर फर्किएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रतिबद्धता : एक वर्षमा धरहरा ठडिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रतिबद्धता : एक वर्षमा धरहरा ठडिने

२०७६ मंशिर १९ गते बिहिबार

०५ डिसेम्बर, २०१९ काठमाडौं । गत २०७२ साल बैसाख...

प्रधानमन्त्री दाहाललाई पत्नीशोक प्रधानमन्त्री दाहाललाई पत्नीशोक

२०८० आश्विन ३ गते बुधबार

१२ जुलाई, २०२३काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी...

सैद्धान्तिक विमती जनाउँदै सुनिल थापाले राप्रपा छाडे : बुबा सूर्यबहादुर थापाको योगदानको कदर गर्न काँग्रेसी भएको प्रतिक्रिया सैद्धान्तिक विमती जनाउँदै सुनिल थापाले राप्रपा छाडे : बुबा सूर्यबहादुर थापाको योगदानको कदर गर्न काँग्रेसी भएको प्रतिक्रिया

२०७७ श्रावण १३ गते मंगलबार

२८ जुलाई, २०२०काठमाडौं । आफ्नै बुबा संस्थापक अध्यक्ष रहेको...

Top