फोटोमा हेर्नुस् राष्ट्रिय टोपी दिवस

Best Khabar Team | २०७६ पुष १६ गते बुधबार


०१ जनवरी, २०२०
काठमाडौं । राष्ट्रिय टोपी दिवसको अवसरमा आज देश तथा विदेशमा रहेका नेपालीहरुले विभिन्न कार्यक्रम आयोजना गरिरहेका छन् । नेपाल र नेपालीको पहिचानसँग जोडिएको टोपीको संरक्षण र यसको अन्र्तराष्ट्रियकरण गर्ने उद्देश्यले अंग्रेजी नयाँवर्षको दिन राष्ट्रिय टोपी दिवस मनाउने गरिन्छ । यही क्रममा काठमाडौंको ठमेलमा पनि आज टोपी दिवस आयोजना गरिएको थियो ।

सो कार्यक्रममा ठमेल क्षेत्रमा पर्यटन व्यवसाय सञ्चालन गरिरहेका पर्यटन व्यवसायी, विदेशी पर्यटकलगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी हुन आएका विदेशी पर्यटकहरुलाई नेपाली टोपी लगाएर स्वागत गरिएको टोपी दिवस अभियान्ता जनार्दन अर्यालले जानकारी दिनुभयो । कार्यक्रमको तस्वीरहरु टोपी दिवस अभियान्ता तथा बरिष्ठ फोटो पत्रकार अर्यालको फेसबुकबाट साभार गरिएको हो । पछिल्ला वर्षहरुमा टोपी दिवस देशका साथै विदेशमा रहेका नेपालीहरुले समेत मनाउन थालेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिका छि-यो कोरोना भाईरस, एक अमेरिकी युवकमा कोरोनाको संक्रमण अमेरिका छि-यो कोरोना भाईरस, एक अमेरिकी युवकमा कोरोनाको संक्रमण

२०७६ माघ ८ गते बुधबार

२२ जनवरी, २०२०वासिङ्गटन् । अमेरिकाको वासिङ्गटन राज्यमा एक अमेरिकी...

भारतीय अतिक्रमणका विरुद्द आजपनि काठमाडौंमा प्रदर्शन, दर्जनौं विद्यार्थी पक्राउ भारतीय अतिक्रमणका विरुद्द आजपनि काठमाडौंमा प्रदर्शन, दर्जनौं विद्यार्थी पक्राउ

२०७७ बैशाख २८ गते आइतबार

१० मे, २०२०काठमाडौं । भारतले नेपाली भूमिहुँदै तिब्बतको कैलाश...

विश्वभर २३ देशमा भेटिए कोरोना संक्रमित (तथ्यांकसहित) विश्वभर २३ देशमा भेटिए कोरोना संक्रमित (तथ्यांकसहित)

२०७६ माघ १७ गते शुक्रबार

३१ जनवरी, २०२० एजेन्सी । चीनको बुहान प्रान्तबाट फैलिएको...

७० करोड कमिसन सम्बन्धी विवादास्पद अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीले दिए राजीनामा ७० करोड कमिसन सम्बन्धी विवादास्पद अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीले दिए राजीनामा

२०७६ फाल्गुन ८ गते बिहिबार

२० फेब्रअरी, २०२० काठमाडौं । स्वदेशमै राहदानी छाप्नका लागि...

Top