कोरोना संक्रमणबाट पहिलो पटक नेपालीको मृत्यु : संखुवासभाका राईले लण्डनमा गुमाए ज्यान

Best Khabar Team | २०७६ चैत्र ८ गते शनिबार


२१ मार्च, २०२०
लण्डन । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण यहाँ एक नेपालीले ज्यान गुमाएका छन् । प्राप्त पछिल्लो जानकारी अनुसार पूर्वी नेपालको संखुवासभा घर भै विगत लामो समयदेखि लण्डनस्थित साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षका लीलाबहादुर राइको ४ दिनअघि निधन भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई मंगलबार बिहान उपचारको लागि अस्पताल पु-याइएको थियो । उपचारकै क्रममा उनको गएको मंगलबार ज्यान गएको थियो । चिकित्सकहरुले ल्याव परिक्षणपछि आज उनमा कोरोनाको संक्रमण देखिएको पुष्टि गरेका हुन् ।

यो सँगै कोरोना संक्रमणकै कारण ज्यान गुमाउने राई पहिलो नेपाली नागरिक हुन् । राई पूर्वा गोर्खा सैनिक रहेको र विगत लामो समयदेखि परिवारसँगै लण्डनमै बस्दै आएको यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उनमा मधुमेह र उच्चरक्तचाप पहिल्दैदेखि रहेको बताइएको छ । सोही कारण उनी सोमबार मात्रै अस्पतालमा उपचार गरी घर फर्केका थिए । तर मंगल फेरि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले तुरुन्त अस्पताल पु¥याएको थियो । स्वर्गीय राईको नेपालको जन्म ठेगाना संखुवासभा खांदबारी नगरपालिका भएपनि उनी पछिल्लो समय सुनसरीको इटहरी उपमहानगरपालिकामा बसोबास गर्दै आइरहेका थिए । उनको झण्डै २० वर्षअघि मृगौला प्रत्यारोपण गरिएको बताइएको थियो । राईको मृत्यु भएपछि लण्डनस्थित उनको घरमा रहेका सबै सबै सदस्यलाई यतिबेला आइसोलेसनमा राखिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंका सडकबाट मगन्ते हटाउन सप्ताहव्यापी अभियान काठमाडौंका सडकबाट मगन्ते हटाउन सप्ताहव्यापी अभियान

२०७६ पुष १२ गते शनिबार

२९ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि उपत्यका...

अमेरिकामा यात्रुबाहक बसभित्रै गोली प्रहार, १ को मृत्यु ५ घाइते अमेरिकामा यात्रुबाहक बसभित्रै गोली प्रहार, १ को मृत्यु ५ घाइते

२०७६ माघ २१ गते मंगलबार

सुनिल तिवारी, न्यूर्योक । अमेरिकाको क्यालिफोर्नियामा आज बिहान यात्रुबाहक...

सरोकारवाला भन्छन् : गुठी विधेयक खारेज नभएसम्म आन्दोलन जारी रहन्छ सरोकारवाला भन्छन् : गुठी विधेयक खारेज नभएसम्म आन्दोलन जारी रहन्छ

२०७६ असार ३ गते मंगलबार

१८ जुन, २०१९ काठमाडौं । सम्पदा अभियन्ता पवित्र बज्राचार्य...

निको भएर घर फर्केका काठमाडौंका ५२ वर्षका पुरुषमा पुनः कोरोना संक्रमण निको भएर घर फर्केका काठमाडौंका ५२ वर्षका पुरुषमा पुनः कोरोना संक्रमण

२०७७ बैशाख २३ गते मंगलबार

०५ मे, २०२०काठमाडौं । ललितपुरको पाटन अस्पतालमा कोरोनाको उपचार...

Top