Best Khabar Team | २०७६ चैत्र ८ गते शनिबार

२१ मार्च, २०२०
लण्डन । विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण यहाँ एक नेपालीले ज्यान गुमाएका छन् । प्राप्त पछिल्लो जानकारी अनुसार पूर्वी नेपालको संखुवासभा घर भै विगत लामो समयदेखि लण्डनस्थित साउथ ह्यारोमा बस्दै आएका ६६ वर्षका लीलाबहादुर राइको ४ दिनअघि निधन भएको हो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई मंगलबार बिहान उपचारको लागि अस्पताल पु-याइएको थियो । उपचारकै क्रममा उनको गएको मंगलबार ज्यान गएको थियो । चिकित्सकहरुले ल्याव परिक्षणपछि आज उनमा कोरोनाको संक्रमण देखिएको पुष्टि गरेका हुन् ।
यो सँगै कोरोना संक्रमणकै कारण ज्यान गुमाउने राई पहिलो नेपाली नागरिक हुन् । राई पूर्वा गोर्खा सैनिक रहेको र विगत लामो समयदेखि परिवारसँगै लण्डनमै बस्दै आएको यहाँका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उनमा मधुमेह र उच्चरक्तचाप पहिल्दैदेखि रहेको बताइएको छ । सोही कारण उनी सोमबार मात्रै अस्पतालमा उपचार गरी घर फर्केका थिए । तर मंगल फेरि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले तुरुन्त अस्पताल पु¥याएको थियो । स्वर्गीय राईको नेपालको जन्म ठेगाना संखुवासभा खांदबारी नगरपालिका भएपनि उनी पछिल्लो समय सुनसरीको इटहरी उपमहानगरपालिकामा बसोबास गर्दै आइरहेका थिए । उनको झण्डै २० वर्षअघि मृगौला प्रत्यारोपण गरिएको बताइएको थियो । राईको मृत्यु भएपछि लण्डनस्थित उनको घरमा रहेका सबै सबै सदस्यलाई यतिबेला आइसोलेसनमा राखिएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कुबेतमा जमिन भत्किँदा ४ नेपालीको मृत्यु, ३ घाइते (घटनास्थलको भिडियोसहित)
२०७६ फाल्गुन १ गते बिहिबार
१३ फेब्रुअरी, २०२० कुबेत । कुवेतमा निर्माणाधिनस्थलको जमिन भत्किँदा...
नेपालमा बढ्दै कोरोना संक्रमित : २४ घण्टामा थपिए हालसम्मकै धेरै संक्रमित
२०७७ असार ३ गते बुधबार
१७ जुन, २०२०काठमाडौं । पछिल्लो केही समययता फैलिएको कोरोना...
राष्ट्रिय सुरक्षा एवं गोपनियता माथि खतरा देखाउँदै क्यानडामा टिकटकमाथि प्रतिबन्ध !
२०७९ फाल्गुन २२ गते सोमबार
०६ मार्च, २०२३ टोरन्टो, क्यानडा । चिनियाँ कम्पनीद्वारा सञ्चालित...
कोरोनाका कारण विश्वभर अहिलेसम्म ५ लाख बढीको मृत्यु
२०७७ असार १४ गते आइतबार
२८ जुन, २०२०काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको...
Top