विदेशमा रहेका नेपालीहरुको दोश्रो चरणको ‘रेस्क्यु फ्लाईट’ अनिश्चितकालका लागि बन्द

Best Khabar Team | २०७७ भाद्र १ गते सोमबार


१७ अगस्ट, २०२०
काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न गरिएको लकडाउनका कारण विश्वका विभिन्न मुलुकमा रोकिएर रहेका नेपालीहरुलाई नेपाल ल्याउन सरकारले गर्न लागेको ‘रेस्क्यु फ्लाइट’ (उद्दार उडान) अनिश्चितकालका लागि स्थगित भएको छ ।

भदौ १ गतेदेखि विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरुलाई उद्दार उडानमार्फत् नेपाल ल्याउने तयारी यसअघि सरकारले गरेको थियो । दोश्रोचरणमा चरणमा सरकारले खाडी राष्ट्रलगायत अमेरिका तथा युरोपेली मुलुकबाट नेपालीहरुलाई उद्दार गर्ने तयारी गरेको थियो । तर पछिल्लो समयमा देशभित्र कोरोना संक्रमण बढ्दो क्रममा रहेको र यसरी उद्दार गरेर ल्याइनेहरुका बस्नका लागि आवश्यक पर्ने क्वारेन्टाइनको व्यवस्थापन नभैसकेकोले उडान स्थगित गर्नुपरेको कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले जानकारी दिएको छ ।

केन्द्रले आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्रपठाई तत्कालका लागि उद्दार उडान रोक्नका लागि भनेको हो । पत्रमा केन्द्रले उद्दार गरिएकाहरुका लागि क्वारेन्टाइन बनाउनका लागि होटलहरुसमेत प्राप्त नभैसकेको उल्लेख छ । सरकारले विभिन्न देशमा करिब १० हजार नेपालीहरुलाई यसअघि पहिलो चरणको उद्दार उडानमार्फत् नेपाल ल्याएको जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भुसको आगोझै फैलँदै कोरोना : तत्काल ‘एक्सन’ नलिए अवस्था भयाबह बन्ने चेतावनी भुसको आगोझै फैलँदै कोरोना : तत्काल ‘एक्सन’ नलिए अवस्था भयाबह बन्ने चेतावनी

२०७८ बैशाख १ गते बुधबार

१४ अप्रिल, २०२१काठमाडौं । पछिल्ला केही दिनयता काठमाडौंलगायत देशका...

हेलिकोप्टर दुर्घटनामा घाइते पाइलट सेडाईँको भारतमा निधन हेलिकोप्टर दुर्घटनामा घाइते पाइलट सेडाईँको भारतमा निधन

२०८० कार्तिक ८ गते बुधबार

२५ अक्टोबर, २०२३काठमाडौं । सोलुखुम्बुमा भएको हेलिकोप्टर दुर्घटनामा गम्भीर...

सर्लाही घटनामा आयोगको चासो, हत्या गरिएको विप्लव समूहको दाबी सर्लाही घटनामा आयोगको चासो, हत्या गरिएको विप्लव समूहको दाबी

२०७६ असार ६ गते शुक्रबार

२१ जुन, २०१८ । सर्लाहीको लालबन्दी नगरपालिकामा प्रहरीसँगको भिडन्तमा...

देशभर बाढीको ताण्डव, पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध, हुम्लामा हिमपहिरोको खतरा बढेको भन्दै स्थानीयलाई सतर्क गराईयो देशभर बाढीको ताण्डव, पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध, हुम्लामा हिमपहिरोको खतरा बढेको भन्दै स्थानीयलाई सतर्क गराईयो

२०७७ श्रावण ५ गते सोमबार

२० जुलाई, २०२०काठमाडौं । अविरल वर्षासँगै आएको बाढि पहिरोमा...

Top