Best Khabar Team | २०७७ भाद्र १९ गते शुक्रबार
०४ सेप्टेम्बर, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंसहित देशभर गरिएको साढे १३ हजार भन्दा बढीको नमुना परिक्षणका क्रममा १ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले दिएको जानकारी अनुसार २४ घण्टामा काठमाडौंमा ३ सय ८६ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकाबाहिर देशका ३ दर्जन जिल्लामा आज नयाँ कोरोना संक्रमित भेटिएका हुन् । संक्रमितमध्ये ४ सय ६४ महिला र ८ सय ९५ जना पुरुष रहेको बताइएको छ । मन्त्रालयले हालसम्म देशभर ४४ हजार २ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि जनाएको छ ।
हालसम्म कोरोनाबाट देशभर २ सय ७१ जनाको कोरोनाबाट ज्यान गएको छ भने साढे २५ हजार भन्दा बढी संक्रमित कोरोना मुक्त भएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
झण्डै साढे ६ सय नेपाली अमेरिकाबाट नेपाल फर्कन तयार, उद्दारका लागि सरकारसँग एनआरएनएको आग्रह
२०७७ बैशाख २४ गते बुधबार
०६ मे, २०२०न्यूर्योक । अमेरिकाका विभिन्न स्थानमा रहेका करिब...
मध्यरातमा स्वीट्जरल्याण्डको हिमालमा कसरी देखियो नेपाली राष्ट्रिय झण्डा ?
२०७७ बैशाख १३ गते शनिबार
२५ अप्रिल, २०२०पि. एल. तरंग- लिंकरोभर, बेल्जियम । विश्वव्यापी...
नेपालमा कोरोनाको पहिलो शिकार बनिन् ८ दिने सुत्केरी
२०७७ जेठ ३ गते शनिबार
१६ मे, २०२०काठमाडौं । नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट...
अधिकमास (पुरुषोत्तम महिना) र यसको धार्मिक महत्व
२०७७ भाद्र ११ गते बिहिबार
– विश्वनाथ खरेलएउटै महिनामा दुईवटा औंसी प-यो भने त्यसलाई...
Top