Best Khabar Team | २०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन एउटा जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्नका लागि वितरण गरेको सबै सवारी पास रद्द भएको घोषणा गरेको छ । गृहमन्त्रालयले आज साँझ एक सूचना जारी गरी कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि अब एउटा जिल्लाबाट अर्को जिल्लामा जानका लागि सरकारले यसअघि वितरण गरेका सबै सवारी पासहरु रद्द भएको घोषणा गरेको हो ।
गृहमन्त्रालयले यो निर्णय कार्यान्वयनका लागि देशका सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी मार्फत् गाउँ तहसम्म निर्देशन दिइएको बताइएको छ । सरकारको यो निर्णयसँगै अब एक जिल्लाबाट अर्को जिल्लामा सवारी पास लिएर यात्रा गर्न नपाइने भएको हो ।

तर काठमाडौं उपत्यका भित्र पर्ने ३ वटा जिल्लाको हकमा भने तत्कालका लागि यो नियम लागू नहुने भएको छ । यसको अर्थ काठमाडौं उपत्यका भित्र पास लिएर सञ्चालन भएका सवारी साधनले आवश्यक सुरक्षा जाँचपछि एक जिल्लाबाट अर्को जिल्लामा (काठमाडौं, ललितपुर र भक्तपुरभित्र) आउजाउ गर्न पाउने छन् ।
आजमात्रै तराईका जिल्लामा ७४ जनामा कोरोना संक्रमण देखिएपछि सरकारले सवारी पासको दुरुपयोग गर्दै ती जिल्लाका मानिसहरु अर्को जिल्लामा जानसक्ने अनुमानसहित यो निर्णय गरेको हो । यसअघि सरकारले मानिसहरुलाई एउटा स्थानीय निकायबाट अर्को स्थानीय निकायसम्म र एउटा जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्न रोक लगाएको थियो ।
गृहमन्त्रालयकाे परिपत्र
१) एक जिल्लाबाट अर्काे जिल्लामा जाने गरि हालसम्म जारी भएका ईपाससहित सबै सवारी पास रद्ध
२)अत्यावश्यक अवस्थामा एक जिल्लाबाट अर्कोजिल्लामा जाने पास जारी गर्नुपरेमा जारी गर्ने जिल्लाले पुग्ने जिल्लाकाे प्रमुख जिल्ला अधिकारीको स्विकृतिमा मात्रै जारी गर्नुपर्ने ।
३)अत्यावश्यक अवस्थामा काठमाडौं उपत्यका बाहिरका जिल्लाबाट काठमाडौं उपत्यकाभित्र प्रवेशका लागि सवारी पास जारी गर्नुपरेमा गृहमन्त्रालयकाे स्वीकृति लिनुपर्ने
४) त्यसरी पास जारी गर्दा पासमा गृहमन्त्रालयकाे स्विकृति नम्बर समेत समावेश गर्नुपर्ने ५)पास स्विकृतिका लागि अनुराेध गर्दा पास जारी गर्नुपर्ने प्रयाेजन र पुस्ट्याइ समेत खुलाउनुपर्ने ।
६) पासबिना एक जिल्लाबाट अर्काे जिल्लामा सवारी आवागमन भएको पाईए तत्काल सुरु जिल्लाले नै अर्काे जिल्ला पुग्नु अगावै सवारी आवागमन रोक्ने व्यवस्था मिलाउने
*जेठ १ गतेदेखि लागू हुनेगरी गृहमन्त्रालयले जारी गरेकाे परिपत्र

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सप्तरीमा अज्ञात समूहले राखेको एम्बुसमा परी ४ प्रहरी घाइते
२०७४ श्रावण २२ गते आइतबार
०६ अगस्ट, २०१७ काठमाडौं । अज्ञात समूहले प्रहरी सवार...
नेकपाको निर्णय : ३ नम्बर प्रदेशको नाम बाग्मती, केन्द्र हेटौंडा
२०७६ पुष १३ गते आइतबार
२९ डिसेम्बर, २०१९ काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा)...
भारतमा ‘सर्त’सहित लकडाउन खुकुलो : विद्यालय तथा क्याम्पसहरु तत्काल नखुल्ने
२०७७ जेठ १७ गते शनिबार
३० मे, २०२०नयाँदिल्ली । भारतमा विगत २ महिनादेखि जारी...
दामनको एभरेष्ट रिसोर्टमा ‘निसास्सिएर’ ८ भारतीय पर्यटकको मृत्यु
२०७६ माघ ७ गते मंगलबार
२१ जनवरी, २०२०हेटौंडा । पर्यटकीय क्षेत्रका रुपमा रहेको मकवानपुर...
Top