Best Khabar Team | २०७७ असार २३ गते मंगलबार
०८ जुलाई, २०२०
आरुघाट, गोर्खा । गोर्खा जिल्लामा झुण्डिएर आत्महत्याको प्रयास गर्दैगर्दा गम्भीर अवस्थामा पुगेका एक युवकलाई उपचारका लागि हिजो ललितपुर पठाईकोमा उनको गएराति उपचारका क्रममा मृत्यु भएको छ । ललितपुरस्थित पाटन अस्पतालम उपचारका क्रममा ज्यान गुमाएका ती युवकमा कोरोना संक्रमण पुष्टि भएको पाटन अस्पतालले जनाएको छ ।

गोर्खाको तान्द्राङ्का २६ वर्षका ती युवक हिजो झुण्डिएर आत्महत्याको प्रयास गर्दैगर्दा गम्भीर अबस्थामा भेटिएपछि परिवारले उनलाई उपचारका लागि काठमाडौं पठाएको थियो । जिल्लामा उपचार हुन नसकेपछि उनलाई काठमाडौं पठाईकोमा गएराति उपचारका क्रममा उनको ज्यान गएको थियो । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनको निधन भएपछि गरिएको स्वाब परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको हो ।
गोर्खाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ का ती युवक लामो समयदेखि डिप्रेसनमा रहेको र आत्महत्याको प्रयास गरेका थिए । परिवार तथा आफन्तले उनले झुण्डिएको देखेपछि डोरी काटेर उनलाई बचाउनका लागि भन्दै गोर्खाको एउटा अस्पतालमा पठाइएको भएपनि त्यहाँ उपचार सम्भव नभएपछि उनलाई आकस्मिक रुपमा काठमाडौं पठाईएको थियो । उपचारको क्रममा उनको निधन भएको हो । अहिले अस्पतालले उनको शव व्यवस्थापन तथा उनको उपचारमा खटिएका चिकित्सकहरुको स्वाब परीक्षण थालेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
अख्तियारका पूर्वआयुक्त पाठक ७८ लाख धरौटीमा छुटे, बैंक बस्यो ग्यारेन्टी
२०७६ जेठ १ गते बुधबार
१५ मे, २०१९ काठमाडौं । ७८ लाख रुपैयाँ घुस...
येसु ख्रिस्ट र भगवान कृष्ण !
२०७६ मंशिर २३ गते सोमबार
विश्वमा सबैभन्दा बढी पढिने र चर्चा गरिने पात्र दुईवटा...
चितवनका दुबै संक्रमितले जिते कोरोना, ६३ वर्षकी महिला आज डिस्चार्ज
२०७७ बैशाख ३१ गते बुधबार
१३ मे, २०२०भरतपुर । करिब १ महिनाअघि कोरोना संक्रमण...
अमेरिकामा अर्को गोलीकाण्ड : सरकारी कार्यालयका १२ कर्मचारी मारिए
२०७६ जेठ २० गते सोमबार
०३ जुर्लाइ, २०१८ काठमाडौं । अमेरिकाको भर्जिनियामा भएको पछिल्लो...
Top