Best Khabar Team | २०७७ श्रावण २९ गते बिहिबार
१३ अगस्ट, २०२०
नयाँदिल्ली । केहीसाता अघि मस्तिष्कको सर्जरी गराएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । हाल उनको भारतीय सैनिक अस्पतालको आइसियु कक्षमा उपचार भै रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उनको अवस्था खतरापूर्ण रहेको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् । केहीदिनअघि उनमा कोरोना संक्रमणसमेत पुष्टि भएको अस्पतालले जनाएका छन् । २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति रहेका मुखर्जीको मस्तिष्कको सल्यक्रिया गर्नुअघि अस्पतालले गरेको पिसीआर टेस्टमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैबीच, ८४ वर्षका मुखर्जीको स्वास्थ्य अवस्थामा बारेमा केही भारतीय सञ्चारमाध्यमहरुले अनावश्यक हल्ला फैलाएको भन्दै उनको परिवारका सदस्यले दुःख व्यक्त गरेका छन् । उनको परिवारका सदस्यहरुले अहिलेसम्म मुखर्जीको अवस्था गम्भीर रहेको र उपचार चलिरहेको भन्दै न्यूनतम मानवीय धर्मबाट नचुक्न सञ्चारकर्मी र सञ्चारमाध्यमलाई अनुरोध गरेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पूर्वप्रम भट्टराईको ट्वीट ‘विवादित’
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२० काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले...
चर्चित बलिउड अभिनेता सुशान्त सिंहको शंकास्पद मृत्यु, पोष्टमार्टम रिपोर्ट आउन बाँकी
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०नयाँदिल्ली, भारत । भारतका चर्चित अभिनेता सुशान्त...
गुठी विधेयकविरुद्ध विश्व हिन्दु युवासंघ आन्दोलनमा
२०७६ असार १ गते आइतबार
१६ जुन, २०१९ काठमाडौं ।सनातन हिन्दु धर्म संस्कृति खत्तम...
मस्तिष्कको सर्जरीपछि भारतीय पूर्व राष्ट्रपति मुखर्जीको स्वास्थ्य अवस्था जटिल बन्दै, कोरोनाको संक्रमण पनि देखियो
२०७७ श्रावण २९ गते बिहिबार
१३ अगस्ट, २०२०नयाँदिल्ली । केहीसाता अघि मस्तिष्कको सर्जरी गराएका...
Top