अधिकमास (पुरुषोत्तम महिना) र यसको धार्मिक महत्व

Best Khabar Team | २०७७ भाद्र ११ गते बिहिबार


– विश्वनाथ खरेल
एउटै महिनामा दुईवटा औंसी प-यो भने त्यसलाई मलमास अर्थात् पुरुषोत्तम महिना भनिन्छ । यसलाई अधिकमासको रुपमा पनि चिनिन्छ । यो वर्षपनि करिब १ महिना अधिकमास परेको छ । जसका कारण नेपालीहरुको प्रमुख चाडपर्व दशैं तथा तिहार करिब १ महिना पछाडि धकेलिएका छन् । ज्योतिष शास्त्रअनुसार सामान्यतया ३० दिनलाई दुई भाग लगाएर हुन आउने शुक्लपक्ष र कृष्णपक्षको दुई प्रमुख दिन अर्थात् पूर्णिमा र औंशी हुन् । सामान्यतया यो एक महिनामा एक एक पटक मात्रै पर्दछ । तर कुनै एक महिनामा २ पटक औंशी पर्न गएको खण्डमा भने त्यो अधिकमासको रुपमा गणना गरिन्छ ।

यो वर्ष आगामी असोज महिनामा मलमास परेको छ । सोह्र श्राद्द सकिएलगत्तै अर्थात् आगामी असोज २ गते शुक्रबारदेखि असोज ३० गते शुक्रबारसम्म करिब २८ दिन अधिकमास परेका छ । असोज महिनामाको ३० गते अधिकमास समाप्त भएसँगै यो वर्षका दशैंको घटस्थापना आगामी कात्तिक १ गते परेको छ भने १० गते विजया दशमीको टिका परेको छ । यस्तै कात्तिक २९ गते लक्ष्मीपुजा र मंसीर १ गते भाइटिका परेको छ । मलमास अर्थात् अधिकमासको समयमा शुभकार्य गर्न हुँदैन भन्ने शास्त्रीय मान्यता अनुसार दशैं तिहार जस्ता चाडपर्वहरु पनि एक महिना पछाडि धकेलिएका हुन्, जुन सदिऔंअघिदेखि चल्दै आएको परम्परा रहेको छ । मलमासलाई

के हो अधिकमास ?
नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको जानकारी अनुसार पञ्चांग गणनाको सूर्यमान अनुसार वर्षमा ३६५ दिन, १५ घडी, ३१ पला र ३० विपला हुन्छ जब कि चन्द्रमान अनुसार वर्षमा ३५४ दिन, २२ घडी, १ पला र २३ विपला हुन्छ । यसैगरी सूर्य तथा चन्द्रमानबीच वर्षमा १० दिन ५३ घडी, ३० पला एवं ७ विपलाको अन्तर हुने गर्छ । यसै अन्तरलाई समायोजित गर्नका लागि अधिक मासको व्यवस्था गरिएको पाइन्छ । अधिक मास प्रत्येक तीन वर्षमा एकपटक आउँछ । यो सामान्यतथा फागुनदेखि कात्तिकको बीचमा पर्ने गर्छ । जुन वर्ष अधिक मास पर्छ त्यो वर्ष १२ को स्थानमा १३ महिना हुन्छ ।

अधिक मासको निर्णय सूर्य संक्रान्तिको आधारमा गरिने ज्योतिष शास्त्रका विज्ञहरु बताउँछन् । जुन महिनामा सूर्य सड्क्रान्न्ति हुँदैन त्यसलाई अधिकमास भनिन्छ । यो वर्ष असोजमा सूर्य संक्रान्ति परेको छैन । ज्योतिषशास्त्र अनुसार जुन चन्द्रमास भित्र सूर्य सक्रान्ती पर्दैन त्यसलाई अधिकमास भनिन्छ । त्यस्तै कुनै चन्द्रमास भित्र दुई वटा सूर्य सक्रान्ती परेमा त्यसलाई क्षयमास भनिन्छ ।अ धिकमास हरेक ३२ महिना १६ दिन १ घण्टा, ३६ मिनेटपछि आउँछ भने क्षयमास घटिमा १९ वर्ष र बढिमा ४१ वर्षमा एक पटक आउने गर्दछ । बिसं २०७५ मा जेठमा मलमास परेकाले रक्षाबन्धन, सोह्रश्राद्ध, दसैँ र तिहार लगायत चाडपर्वहरू पछि सरेका थिए । पूज्य एवं वन्दनीय छ, यस महिना मानवता अनि पुण्यका कार्य गर्नाले पुण्य मिल्दछ । यस महिनामा श्रीमद्भागवतको सप्ताह महापुराण या कथा श्रवण गर्नु फाईदाजनक मानिन्छ । यसै समयमा नवविवाहहित जोडीहरु सँगै बस्न हुँदैन भन्ने धार्मिक मान्यता पनि रहेको छ ।
राजधानी शहर काठमाडौवाट लगभग ८ किमी दक्षिण पश्चिम भेगमा पर्ने मत्स्यनारायणको प्रस्तर मन्दिरमा मलमासमा एक महिना लामो मेला लाग्ने गर्दछ ।

तर यो वर्ष कोरोनाको प्रकोपका कारण मेला लाग्ने सम्भावना छैन । किन भने सरकारले काठमाडौं उपत्यकामा मानिसहरु भेला भएर गर्ने सबै कार्यहरु आगामी भदौ १७ गतेसम्मका लागि बन्द गरेको छ भने त्यसपछि पनि यस्ता मेला र पर्वतहरुमा तत्काल भेला हुन पाइने सम्भावना छैन । किन भने काठमाडौंलगायत देशका विभिन्न स्थानमा कोरोना संक्रमितको संख्या दिनदिनै बढ्ने क्रममा रहेको छ । यो महिनामा विशेषतः पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ । भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भत्रे धर्मग्रन्थमा समेत उल्लेख छ । सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शंख, चव्रm, गधा र पद्म लिएको मूर्ति छ । विष्णुले दस अवतार लिंदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलयकालमा समुद्रमा डुंगाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ । मलमासका बेला उपत्यकाका चार नारायणको दर्शन गर्ने चलन रहेको भएपनि यो वर्ष त्यो सम्भावना देखिएको छैन । अधिकमासको उत्पत्ति १२ महिनाको मयलहरु जम्मा भएर भएको देखिन्छ । तर स्वयं विष्णुले नै आफ्नो पुरुषोत्तम भन्ने नामबाट यस महिनाको नामाकरण गररेको हुनाले यतिबेला गरिएको यज्ञ, अनुष्ठान, व्रतोपवासादि कर्मबाट अनन्तगुणा बढी प्रतिफल पाइने विश्वास छ ।

यो पुराणमा उल्लेख अनुसार हाम्रो मयलबाट उत्पन्न भएकोले तेरो स्थान हाम्रो सरह हुनुहुँदैन भनी अन्य सबै महिनाहरुले घृणा गर्न थालेकाले एक पटक मलमास रुँदै भगवान् विष्णुको शरणमा पुगेको थियो । उसको दुःख पुकारा सुनिसकेपछि विष्णुले यस महिनालाई घृणा होइन सबैले सम्मान गरुन् भन्ने उद्देश्यले पुरुषोत्तममासको नामाकरण गरी विशेष धार्मिक महत्व प्रदान गर्नुभएको थियो । त्यसैले त्यतिवेलादेखि हालसम्म विशेष पुण्य प्राप्तीको लागि यति बेला विभिन्न ३३ नामबाट भगवान् विष्णुको पूजा गदै आइएको पाइन्छ । पूरा महिनाभरभगवान विष्णुको पूजा गरी अन्तिम दिन विष्णुको पूजा गरिएको सोही ३३ नाममा ३३ वटा मालपूआ दान गर्नाले अनन्त पुण्य मिल्ने विश्वास लिइन्छ । यो तल उल्लेखित ३३ नामको महिनाभरी नै दिनको एकपटक पूजा तथा पाठ गर्नाले धेरै पुण्य पाउने कुरा धार्मिक शास्त्रमा उल्लेख भएको पाइन्छ । उक्त ३३ नाम यस प्रकार उल्लेख छ ।

विष्णवेनमः, जिष्णवेनमः, महाविष्णवेनमः, हरयेनमः, कृष्णायनमः, अब्जनाभयनमः, केशवायनमः, माधवायनमः, रामायनमः, मधुसुदनायनमः, अच्युतायनमः, पुरुषोत्तमायनमः, गोविन्दायनमः, वामनायनमः, त्रिविक्रमायनमः, संकर्षणायनमः, श्रीकण्ठायनमः, बैकुण्ठायनमः, नारायणायनमः, अनिरुद्धायनमः, प्रद्युम्नायनमः, जनार्दनायनमः, दामोदरायनमः, श्रीपतयेनमः, वासुदेवायनमः, नृसिंहायनमः, शेषशायिनेनमः, पृश्निगर्भायनमः, उरुक्रमायनमः, श्रीधरायनमः, गोपीजनवल्लभायनमः, गोपालायनमः र गोलोकाधिपतयेनमः ।

जब चन्द्रमा अनुसार महिनाहरुको गणना हुन्छ । अनि १२ महिना मिलेर एक सौरवर्ष भन्दा झण्डै १० दिनको घटी हुन्छ र तीन–तीन वर्षमा कुनै न कुनै राशी अन्तरगत नै उसको आरम्भ एवं अन्तरगत नै उसको आरम्भ एवं अन्तमा दुई पूर्णिमा अथवा दुई अमावश्य हुन जान्छ, यस्तो अवस्थामा नेपाली पचाङ्गमा अधिकमास पुरुषोत्तम वा मलमास भनिन्छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतमा लिगमा सुतिरहेका १६ मजदुरको रेलले किचेर मृत्यु, रोटी लिएर यात्रा गरेका थिए मजदुरले… भारतमा लिगमा सुतिरहेका १६ मजदुरको रेलले किचेर मृत्यु, रोटी लिएर यात्रा गरेका थिए मजदुरले…

२०७७ बैशाख २६ गते शुक्रबार

०८ मे, २०२०नयाँदिल्ली । भारतमा रेलले किचेर १६ जना...

बैशाख २५ सम्म लम्बियो ‘लकडाउन’ बैशाख २५ सम्म लम्बियो ‘लकडाउन’

२०७७ बैशाख १४ गते आइतबार

२६ अप्रिल, २०२०काठमाडौं । सरकारले लकडाउनको समय पाँचौपटक थपेको...

स्वास्थ्य मन्त्रालयको निर्देशन : अध्ययन विदामा बसेका स्वास्थ्यकर्मी तत्काल काममा फर्कनोस् स्वास्थ्य मन्त्रालयको निर्देशन : अध्ययन विदामा बसेका स्वास्थ्यकर्मी तत्काल काममा फर्कनोस्

२०७८ बैशाख १९ गते आइतबार

०२ मे, २०२१काठमाडौं । देशमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको...

अफ्रिकी मुलुक बुरुन्डीका राष्ट्रपतिको हृदयघातका कारण निधन अफ्रिकी मुलुक बुरुन्डीका राष्ट्रपतिको हृदयघातका कारण निधन

२०७७ जेठ २७ गते मंगलबार

०९ जुन, २०२०जितेगा, बुरुन्डी । मध्य अफ्रिकी राष्ट्र बुरुन्डीका...

Top