Best Khabar Team | २०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९
काठमाडौं । अमेरिका, क्यानडा,युरोपलगायतका देशमा नेपालबाट शरणार्थी बनेर स्थायी बसोबासका लागि अनुमति दिने क्रम बढी रहेका बेला विश्वका विभिन्न देशका नागरिकले नेपालमा शरणार्थी बनेर बस्ने गरेको तथ्य सार्वजनिक भएको छ । शरणार्थी सम्बन्धी अन्र्तराष्ट्रिय संस्था राष्ट्रसंघीय शरणार्थी उच्चआयो (युएनएचसीआर)का अनुसार नेपालमा विभिन्न ९ वटा मुलुकका नागरिकहरुले शरणार्थीको रुपमा बस्दै आएका छन् ।

यसरी शरणार्थीका रुपमा आश्रय लिने विदेशी नागरिकहरुको संख्या करिब १ हजारको हाराहारीमा रहेको आयोगको भनाई छ । उच्चायोगले पाकिस्तान, अफगानिस्तान, म्यानमार, श्रीलंका, इराक, इरान, सोमालिया, बंगलादेश र कंगोका नागरिकहरुलाई शरणार्थीका रुपमा मान्यता दिइएको छ । कतिपयलाई शरणार्थीको रुपमा मान्यता दिने काम जारी रहेको भन्दै उनीहरुको बास्तविक अवस्थाको बारेमा छानबिन भैरहको जनाइएको छ ।
उच्चायोगले ६ सय ४२ जनालाई शरणार्थी प्रमाणित गरीपरिचयपत्रसमेत दिएको जनाएको छ । जसमा म्यानमारका रोहिंग्या मात्रै ३ सय ५० जना छन् । रोहिंग्या शरणार्थीका रुपमा नेपालमा आश्रय लिनेहरुले काभ्रेको कुसादेवीमा अस्थायी टहरा बनाएर बसेका छन् ।
नेपालमा विगतदेखि नै शरणार्थीका रुपमा बस्दै आएका भुटानी तथा तिब्बती शरणार्थीहरुको तथ्यांकलाई भने यसमा समावेश नगराइएको उच्चायोगले जनाएको छ । नेपालमा २००९ जुन देखि देखि रोहिंग्यालाई शरणार्थीको रुपमा मान्यता दिन थालिएको हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
उपत्यकामा कोरोनाबाट थप एक महिलाको मृत्यु, प्रहरी मुख्यालय भित्र संक्रमित प्रहरीको संख्या ७२ पुग्यो
२०७७ श्रावण १६ गते शुक्रबार
३१ जुलाई, २०२०काठमाडौं । काठमाडौं उपत्यकाभित्र कोरोना भाइरसको संक्रमणबाट...
अमेरिका र युरोपका दुई छुट्टाछुट्टै घटनामा परी दुई नेपाली युवतीको मृत्यु
२०७७ श्रावण १२ गते सोमबार
२७ जुलाई, २०२०न्यूर्योक, अमेरिका । अमेरिका र युरोपमा भएका...
४८ घण्टापछि बेलायत र फ्रान्सबीच नयाँ सहमति : दुबै देशबीचको सीमा यात्रा खुकुलो
२०७७ पुष ८ गते बुधबार
२३ डिसेम्बर, २०२०पेरिस, फ्रान्स । अन्ततः दुईदेशबीचको सहमतिसँगै फ्रान्स...
पोर्चुगलमा विद्यालयकी शिक्षिकामै कोरोना संक्रमण, विद्यार्थी र शिक्षकलाईसमेत ‘आइसोलेसन’मा राखियो
२०७६ फाल्गुन २२ गते बिहिबार
०५ मार्च, २०२० पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो...
Top