नेपालमा शरणार्थी बनेर बस्नेको विदेशीको संख्या झण्डै एक हजार जना

Best Khabar Team | २०७६ मंशिर २७ गते शुक्रबार


१३ डिसेम्बर, २०१९
काठमाडौं । अमेरिका, क्यानडा,युरोपलगायतका देशमा नेपालबाट शरणार्थी बनेर स्थायी बसोबासका लागि अनुमति दिने क्रम बढी रहेका बेला विश्वका विभिन्न देशका नागरिकले नेपालमा शरणार्थी बनेर बस्ने गरेको तथ्य सार्वजनिक भएको छ । शरणार्थी सम्बन्धी अन्र्तराष्ट्रिय संस्था राष्ट्रसंघीय शरणार्थी उच्चआयो (युएनएचसीआर)का अनुसार नेपालमा विभिन्न ९ वटा मुलुकका नागरिकहरुले शरणार्थीको रुपमा बस्दै आएका छन् ।

यसरी शरणार्थीका रुपमा आश्रय लिने विदेशी नागरिकहरुको संख्या करिब १ हजारको हाराहारीमा रहेको आयोगको भनाई छ । उच्चायोगले पाकिस्तान, अफगानिस्तान, म्यानमार, श्रीलंका, इराक, इरान, सोमालिया, बंगलादेश र कंगोका नागरिकहरुलाई शरणार्थीका रुपमा मान्यता दिइएको छ । कतिपयलाई शरणार्थीको रुपमा मान्यता दिने काम जारी रहेको भन्दै उनीहरुको बास्तविक अवस्थाको बारेमा छानबिन भैरहको जनाइएको छ ।

उच्चायोगले ६ सय ४२ जनालाई शरणार्थी प्रमाणित गरीपरिचयपत्रसमेत दिएको जनाएको छ । जसमा म्यानमारका रोहिंग्या मात्रै ३ सय ५० जना छन् । रोहिंग्या शरणार्थीका रुपमा नेपालमा आश्रय लिनेहरुले काभ्रेको कुसादेवीमा अस्थायी टहरा बनाएर बसेका छन् ।

नेपालमा विगतदेखि नै शरणार्थीका रुपमा बस्दै आएका भुटानी तथा तिब्बती शरणार्थीहरुको तथ्यांकलाई भने यसमा समावेश नगराइएको उच्चायोगले जनाएको छ । नेपालमा २००९ जुन देखि देखि रोहिंग्यालाई शरणार्थीको रुपमा मान्यता दिन थालिएको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सीमा अतिक्रमणको विरोध गर्ने सेनाका पूर्वजर्नेल र प्रहरीका पूर्व एआइजी  पत्रकार सम्मेलनबाटै समातिए सीमा अतिक्रमणको विरोध गर्ने सेनाका पूर्वजर्नेल र प्रहरीका पूर्व एआइजी पत्रकार सम्मेलनबाटै समातिए

२०७७ बैशाख २७ गते शनिबार

०९ मे, २०२०काठमाडौं । नेपाली भूमी मिचेर भारतले एकलौटी...

आज र भोलि देशैभरको मौसम प्रतिकुल, काठमाडौंमा बर्षा र हिमाली जिल्लामा हिमपात  हुने आज र भोलि देशैभरको मौसम प्रतिकुल, काठमाडौंमा बर्षा र हिमाली जिल्लामा हिमपात हुने

२०७६ पुष १८ गते शुक्रबार

०३ जनवरी, २०२० काठमाडौं । अबको केहीदिन नेपाली आसकको...

मुग्लिन–नारायणगढ सडकखण्डका १९ वटा पुल निर्माण अन्तिम चरणमा, दिउँसो बाटो बन्द नगरिने मुग्लिन–नारायणगढ सडकखण्डका १९ वटा पुल निर्माण अन्तिम चरणमा, दिउँसो बाटो बन्द नगरिने

२०७९ फाल्गुन २१ गते आइतबार

०५ मार्च, २०२३भरतपुर, चितवन । मुग्लिन नारायणगढ सडकखण्डका विभिन्न...

भारतमा जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीहरुमाथि सांघातिक हमला, दर्जनौं विद्यार्थी घाइते (भिडियोसहित) भारतमा जवाहरलाल नेहरू विश्वविद्यालयका विद्यार्थीहरुमाथि सांघातिक हमला, दर्जनौं विद्यार्थी घाइते (भिडियोसहित)

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० नयाँदिल्ली । भारतको चर्चित जवाहरलाल नेहरु...

Top