देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार भन्दा कम

Best Khabar Team | २०७७ फाल्गुन १४ गते शुक्रबार


२६ फेब्रुअरी, २०२१
काठमाडौं । नेपालमा शुक्रबार अपरान्हसम्म देशभर रहेका सक्रिय कोरोना संक्रमितको संख्या १ हजार भन्दा कम रहेका छन् । स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकलाई आधार मान्दा हालसम्म देशभर कोरोनाका कारण २ लाख ७२ हजार ९ सय ८४ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये हालसम्म २ लाख ७० हजार २ सय ७७ जना उपचारपछि घर फर्केका छन् । यस्तै कोरोनाबाट हालसम्म २ हजार ७ सय ७१ जनाको ज्यान गएको छ ।

मन्त्रालको यो तथ्यांक अनुसार अहिलेसम्म कोरोनाका कुल संक्रमित तथा निको हुने र मृतकको संख्या घटाउँदा बाँकी रहेकाहरु अहिले कोरोनाको संक्रमणका कारण होम आइसोलेसन तथा अस्पतालमा उपचार गराईरहेका छन् । यसरी होम आइसोलेसनमा रहेका तथा उपचार गराईरहेकाहरुको संख्या ९ सय ३६ हुन आउँछ । यसैबीच मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट थप ५४ जनाले कोरोनालाई जितेर घर फर्केका छन् । यस अवधिमा कोरोनाबाट थप ४ जनाले ज्यान गुमाएका छन् ।

पछिल्ला केही साता यता देशभर कोरोना संक्रमितको संख्या घट्न थालेको छ । यस्तै कोरोनाका कारण ज्यान गुमाउनेहरुको संख्या पनि ह्वात्तै घटेको मन्त्रालयको तथ्यांकले देखाएको छ । हाल देशका प्राय सबै जिल्लामा कोरोनाको भ्याक्सिन पुगिसकेको छ भने अग्रमोर्चामा खटिएका स्वास्थ्यकमी, सुरक्षाकर्मी, शव व्यवस्थापन तथा विरामीको सेवामा खटिएका स्वयंसेवक, पत्रकारलगायतले कोरोनाको भ्याक्सिन लगाईसकेका छन् ।

सरकारले पहिलो चरणमा कोरोनाको भ्याक्सिन लगाएकाहरुलाई छिट्टै दोश्रो चरणको खोप लगाउने तयारी गरेको छ । यस्तै ५५ वर्ष उमेर नाघेका सबैलाई खोप लगाउने तयारी सरकारको छ । सरकारले ३ दिनअघि भारतबाट कोरोना भाइरस विरुद्धको दोश्रो चरणको खोप नेपाल ल्याएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

एनसेललाई दोश्रो पत्र : १५ दिनभित्र करचुक्ता नगरे कडा कारबाहीको चेतावनी एनसेललाई दोश्रो पत्र : १५ दिनभित्र करचुक्ता नगरे कडा कारबाहीको चेतावनी

२०७६ पुष ६ गते आइतबार

२३ डिसेम्बर, २०१९ काठमाडौं। निजी मोबाइल सेवा प्रदायक एनसेललाई...

कोरोनाको विश्वव्यापी कहर : मृतकको संख्या २ लाख ५० हजार नाघ्यो कोरोनाको विश्वव्यापी कहर : मृतकको संख्या २ लाख ५० हजार नाघ्यो

२०७७ बैशाख २२ गते सोमबार

०४ मे, २०२०लिंकरोभर, बेल्जियम । सन् २०१९ को डिसेम्बरको...

२४ घण्टामा कोरोनाका ८३८ नयाँ संक्रमित थपिए : थप ११ को मृत्यु २४ घण्टामा कोरोनाका ८३८ नयाँ संक्रमित थपिए : थप ११ को मृत्यु

२०७७ भाद्र ५ गते शुक्रबार

२१ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...

८० वर्षपछि यसरी बन्द भयो बीबीसी हिन्दिको रेडियो सेवा (अन्तिम भागसहित) ८० वर्षपछि यसरी बन्द भयो बीबीसी हिन्दिको रेडियो सेवा (अन्तिम भागसहित)

२०७६ माघ १९ गते आइतबार

०२ फेब्रुअरी, २०२० नयाँदिल्ली । ८० वर्ष लामो आरोह...

Top