कोरोना संक्रमणबाट ललितपुर र धरानमा थप २ जनाको मृत्यु

Best Khabar Team | २०७७ श्रावण २३ गते शुक्रबार


०७ अगस्ट, २०२०
काठमाडौं । कोरोना भाइरसको संक्रमणमा परी उपत्यकाको ललितपुर र धरानमा थप २ जनाको ज्यान गएको छ । काठमाडौं उपत्यकाभित्र पर्ने ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा रहेका एक पुरुषको आज बिहान निधन भएको हो ।

केही समयअघि उनलाई स्वास्थ्यमा समस्या देखिएपछि बीरगञ्जबाट ल्याएर ललितपुरकै एक निजी अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । तर गएको शनिबार उनमा कोरोना पुष्टि भएपछि पाटन अस्पताल लगिएको थियो । उपचारका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

उनमा अन्य केही दीर्घखालको स्वास्थ्य समस्याहरु समेत देखिएको अस्पतालले जनाएको छ । यसैबीच सिराहका एकजना कोरोना संक्रमितको गएराति उपचारका क्रममा धरानमा ज्यान गएको छ । सिराहको गोलबजार स्थायी घर भएका २३ वर्षका एक युवकको सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ । मृगौलासम्बन्धी समस्याका कारण उनी केही समय अघि अस्पताल भर्ना भएका थिए । पछि उनमा उनमा कोरोना संक्रमण समेत देखिएको थियो ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ । यस्तै हालसम्म संक्रमितको संख्या २१ हजार ७ सय नाघेको छ भने करिब १५ हजार ४ सय जना उपचारपछि घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

लकडाउनमा थप कडाई, पास नलिएका सवारी साधन चलाउन नपाईने लकडाउनमा थप कडाई, पास नलिएका सवारी साधन चलाउन नपाईने

२०७७ बैशाख १५ गते सोमबार

२७ अप्रिल, २०२०काठमाडौं । सरकारले लकडाउनको नियम उल्लंघन गरेर...

आन्तरिक उडान ७ महिनापछि सूचारु आन्तरिक उडान ७ महिनापछि सूचारु

२०७७ आश्विन ५ गते सोमबार

२२ सेप्टेम्बर, २०२०काठमाडौं । विगत ७ महिनादेखि कोरोना भाइरसको...

सामान्य भन्दा ४ गुणा महंगोमा टिकट विक्री हुन थालेपछि सरकारले लगायो ‘चार्टर फ्लाईट’ माथि प्रतिबन्ध सामान्य भन्दा ४ गुणा महंगोमा टिकट विक्री हुन थालेपछि सरकारले लगायो ‘चार्टर फ्लाईट’ माथि प्रतिबन्ध

२०७७ जेठ २४ गते शनिबार

०६ जुन, २०२०काठमाडौं । ‘चार्टर फ्लाईट’का नाममा विभिन्न ट्राभल्स...

प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’, तत्काल बालुवाटारमा भेटघाट र छलफलमा सहभागी नहुने प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’, तत्काल बालुवाटारमा भेटघाट र छलफलमा सहभागी नहुने

२०७६ फाल्गुन ३० गते शुक्रबार

१३ मार्च, २०२०काठमाडौं । मृगौला प्रत्यारोपण पछि प्रधानमन्त्री केपी...

Top