Best Khabar Team | २०७७ श्रावण २३ गते शुक्रबार
०७ अगस्ट, २०२०
काठमाडौं । कोरोना भाइरसको संक्रमणमा परी उपत्यकाको ललितपुर र धरानमा थप २ जनाको ज्यान गएको छ । काठमाडौं उपत्यकाभित्र पर्ने ललितपुरको पाटन अस्पतालमा उपचारको क्रममा रहेका एक पुरुषको आज बिहान निधन भएको हो ।

केही समयअघि उनलाई स्वास्थ्यमा समस्या देखिएपछि बीरगञ्जबाट ल्याएर ललितपुरकै एक निजी अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो । तर गएको शनिबार उनमा कोरोना पुष्टि भएपछि पाटन अस्पताल लगिएको थियो । उपचारका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
उनमा अन्य केही दीर्घखालको स्वास्थ्य समस्याहरु समेत देखिएको अस्पतालले जनाएको छ । यसैबीच सिराहका एकजना कोरोना संक्रमितको गएराति उपचारका क्रममा धरानमा ज्यान गएको छ । सिराहको गोलबजार स्थायी घर भएका २३ वर्षका एक युवकको सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको अस्पतालले जनाएको छ । मृगौलासम्बन्धी समस्याका कारण उनी केही समय अघि अस्पताल भर्ना भएका थिए । पछि उनमा उनमा कोरोना संक्रमण समेत देखिएको थियो ।
योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६७ पुगेको छ । यस्तै हालसम्म संक्रमितको संख्या २१ हजार ७ सय नाघेको छ भने करिब १५ हजार ४ सय जना उपचारपछि घर फर्केका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
यी अभागी डाक्टर, जसले दिए कोरोना बारे पहिलो जानकारी, उनैलाई लग्यो कोरोनाले…
२०७६ माघ २३ गते बिहिबार
०६ फेब्रुअरी, २०२० बेइजिङ्ग । ३ महिनाअघिसम्म कोरोना भाईरसको...
‘सन्नी लियोनीको अभिनय रहेको नेपाली फिल्म युट्बमा (फिल्मसहित)
२०७७ बैशाख १ गते सोमबार
१३ अप्रिल, २०२० काठमाडौं । थुप्रै निलो चलचित्रहरुमा अभिनय...
क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोनाको आशंका, प्रधानमन्त्री पनि ‘आइसोलेसनमा’
२०७६ फाल्गुन ३० गते शुक्रबार
१३ मार्च, २०२० टोरोन्टो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो...
झण्डै २ अर्व जरिवाना र ३ वर्ष जेल सजायाँको माग गर्दै बहुराष्ट्रिय कम्पनी वरुण बेभरेज विरुद्ध राजश्व छलीको मुद्दा
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ काठमाडौं । नक्कली भ्याट विल प्रयोग...
Top