यी अभागी डाक्टर, जसले दिए कोरोना बारे पहिलो जानकारी, उनैलाई लग्यो कोरोनाले…

Best Khabar Team | २०७६ माघ २३ गते बिहिबार


कोरोनाबारे पहिलोपटक सचेतना फैलाउन डाक्टर लिको फाइल तस्वीर ।

०६ फेब्रुअरी, २०२०
बेइजिङ्ग । ३ महिनाअघिसम्म कोरोना भाईरसको बारेमा विश्वबजारमा खासै चर्चा परिचर्चा थिएन । प्राणघातक रोगको रुपमा परिचित कोरोनाले अहिलेसम्म झण्डै ६ सय जनाको ज्यान लिइसकेको छ भने हजारौंमा संक्रमण देखिएको छ ।

यस्तो प्राणघातक महामारीको रुपमा फैलने कोरोनाको बारेमा पहिलोपटक खुलासा गर्ने को होलान् ? सबैको मनमा प्रश्न आउनसक्छ । हो उनी थिए चीनका एक चिकित्सक ली वेनलियांग । जसले सन् २०१९ को डिसेम्बर महिनाको पहिलो हप्ता सार्सजस्तै खतरनाक रोगको प्रकोप फैलनसक्ने भन्दै सबैलाई सावधानी समेत गराउँदै आएका थिए ।

शुरुमा उनले कोरोना भाइरसको बारेमा सचेतना फैलाउने नाममा समाजलाई आतंकित बनाएको भन्दै प्रहरीले पक्राउ गरी एउटा कागजमा हस्ताक्षर गराएर छाडेको थियो । तर त्यसको केही समयअघि अर्थात् २९ दिनअघि कोरोनाको संक्रमणबाट उनी विरामी परे र अस्पतालमा उपचारार्थ भर्ना भए । तर उनले कोरोनालाई जित्न सकेनन् र सबैलाई सचेत बनाउँदै आफू भने ब्रह्हलिन हुन पुगे ।

उपचारको क्रममा लि अस्पतालमा । सबै तस्वीर : अन्र्तराष्ट्रिय सञ्चारमाध्यम

विश्वभरका करोडौं मानिसलाई सचेत गराउन सफल उनै अभागी चिकित्सकको नाम हो ली वेनलियांग, उनको आज निधन भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएको छ । चीनमा कोरोना भाइरसका कारण चिकित्सकको मृत्यु भएको यो दोश्रो घटना हो । यसअघि पनि एक चिकित्सकको उपचारको क्रममा कोरोना संक्रमणकै कारण ज्यान गै सकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

असार १ गतेदेखि काठमाडौं भित्रने र बाहिरिनेहरुका लागि नयाँ व्यवस्था (विज्ञप्तिसहित) असार १ गतेदेखि काठमाडौं भित्रने र बाहिरिनेहरुका लागि नयाँ व्यवस्था (विज्ञप्तिसहित)

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०काठमाडौं । गृहमन्त्रालयले लकडाउन खुकुलो भएसँगै यही...

चीनमा कोरोना कहर : फेब्रुअरी १८ सम्म १८६८ जनाले ज्यान गुमाए चीनमा कोरोना कहर : फेब्रुअरी १८ सम्म १८६८ जनाले ज्यान गुमाए

२०७६ फाल्गुन ६ गते मंगलबार

१८ फेब्रुअरी, २०२० बेइजिङ्ग । विश्वव्यापी रुपमा प्रभाव छाडेको...

श्रीलंका सरकारसँग रातो मच्छिन्द्रनाथ मन्दिर पुर्ननिर्माणको सम्झौता तोडियो, अब स्थानीय समितिले नै गर्ने श्रीलंका सरकारसँग रातो मच्छिन्द्रनाथ मन्दिर पुर्ननिर्माणको सम्झौता तोडियो, अब स्थानीय समितिले नै गर्ने

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९ललितपुर । २०७२ साल बैशाख १२ गते...

काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर) काठमाडौंको पुर्ननिर्मित पाँच सम्पदामा राष्ट्रपति पुग्दा (फोटोफिचर)

२०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२०काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण भइरहेका...

Top