नेपालमा पहिलो पटक कोरोनाका कारण एकैदिन ६ जनाको मृत्यु

Best Khabar Team | २०७७ श्रावण २१ गते बुधबार


०५ अगस्ट, २०२०
काठमाडौं । नेपालमा पहिलो पटक कोरोनाबाट २४ घण्टाभित्र ६ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं उपत्यकामा एकसहित देशका विभिन्न जिल्लामा गरी ६ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ ।

काठमाडौं, पर्सा, मोरङ्ग र सप्तरीमा गरी ६ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ । काठमाडौंको हलचोकस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा एक महिलाको ज्यान गएको छ । पर्सामा ४६ वर्षीयका एक पुरुष र १८ वर्षकी एक युवतीको ज्यान गएको हो । यस्तै आजमात्रै मोरङ्गमा कोरोनाका कारण २ जनाको ज्यान गएको छ । मोरङ्गस्थित कोशी अञ्चल अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका विराटनगर महानगरपालिका ४५ वर्षका एक पुरुषको उपचारका क्रममा ज्यान गएको हो ।

यता मोरङ्गकै रंगेली नगरपालिका(८ का ४५ वर्षका अर्का एक युवकको पनि कोरोनाकै कारण ज्यान गएको छ । यता सप्तरीमा पनि कोरोनाबाट एक पुरुषको ज्यान गएको छ । राजविराजमा रहेको गजेन्द्र नारायण अस्पतालमा उपचारका क्रममा रहेका ४५ वर्षका ती युवकको आज निधन भएको हो । उनी एक महिला अघिमात्रै मलेसियाबाट नेपाल फर्केका थिए । यसैबीच काठमाडौं उपत्यकामा ६२ जनासहित मुलुकभर थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १ सय ३० जना डिस्चार्ज भएर घर फर्केका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बहराईन कोरोना : एउटै क्याम्पमा बसेका ९ नेपाली कामदारमा कोरोना  पोजिटिभ बहराईन कोरोना : एउटै क्याम्पमा बसेका ९ नेपाली कामदारमा कोरोना पोजिटिभ

२०७६ चैत्र २२ गते शनिबार

०४ मार्च, २०२०सल्माबाद । बराईनमा कामको शिलशिलामा पुगेका थप...

नेपालमा कोरोनाबाट ३६ औं मृत्यु : काठमाडौं गोकर्णका ५४ वर्षका पुरुषको उपचारका क्रममा अस्पतालमा निधन नेपालमा कोरोनाबाट ३६ औं मृत्यु : काठमाडौं गोकर्णका ५४ वर्षका पुरुषको उपचारका क्रममा अस्पतालमा निधन

२०७७ असार २७ गते शनिबार

११ जुलाई, २०२०काठमाडौं । काठमाडौंमा कोरोना भाइरसका कारण एकजनाको...

केही सरकारी कार्यालय सातै दिन खोल्ने सरकारको निर्णय केही सरकारी कार्यालय सातै दिन खोल्ने सरकारको निर्णय

२०७९ फाल्गुन १५ गते सोमबार

२७ फेब्रुअरी, २०२३काठमाडौं । सरकारले सेवाग्राहीको चापलाई मध्यनजर गर्दै...

भागरथीको हत्यारा को ? भागरथीको हत्यारा को ?

२०७७ माघ २६ गते सोमबार

०८ फेब्रुअरी, २०२१बैतडी–बिकट पहाडी जिल्ला बैतडीकी एक किशोरीको माघ...

Top