नेपालसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशकी एक मन्त्रीको कोरानाबाट मृत्यु

Best Khabar Team | २०७७ श्रावण १८ गते आइतबार


०२ अगस्ट, २०२०
नयाँ दिल्ली । छिमेकी मुलुक नेपालसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशकी एकजना बहालवाला मन्त्रीको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । भारतको उत्तर प्रदेशकी प्रविधि एवं शिक्षामन्त्री कमला रानी बरुणाको कोरोना संक्रमणबाट परी ज्यान गएको हो । उनको लखनउस्थित एक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

करिब ३ साता अघि कोरोना संक्रमणमा परेकी उनलाई उपचारका लागि लखनउ पु-याइएको थियो । तर संक्रमण बढ्दै जाँदा उनको स्वास्थ्य अवस्था पनि थप कमजोर बन्दै गएको थियो । अस्पतालको विशेष आइसोलेसनमा राखेर उपचार हुँदै गरेका बेला उनको आज बिहान निधन भएको भारतका विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एक वर्षअघि उनी भारतको उत्तर प्रदेश प्रविधि तथा शिक्षा मन्त्री बनेकी थिइन् ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ एक कार्यक्रममा मन्त्री कमलालाई पुष्पगुच्छा दिँदै । फाइल फोटो : मुख्यमन्त्रीको ट्वीटर

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमलाको निधनमा दुख व्यक्त गर्दै उनी एकजना जनप्रिय नेता भएको प्रतिक्रिया दिएको इन्डियन एक्सप्रेसले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ । भारतमा हालसम्म कोरोनाका कारण १७ लाख ५४ हजार १ सय १७ जना संक्रमित बनेका छन् भने ३७ हजार ४ सय १५ जनाको ज्यान कोरोनाकै कारण गएको छ । यस्तै हालसम्म ११ लाख ४८ हजार भन्दा बढीले कोरोनालाई जितेका छन् । भारत अमेरिका र ब्राजिलपछि विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित भएको मुलुक हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पूर्वसभामुख महरा थुनामुक्त पूर्वसभामुख महरा थुनामुक्त

२०७६ फाल्गुन ५ गते सोमबार

१७ फेब्रुअरी, २०२०काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारी...

युरोपको पोर्चुगलमा कोरोना संक्रमण तथा मृत्युदर अत्यन्तै उच्च, प्रधानमन्त्री भन्छन् : स्थिति भयानक भयो युरोपको पोर्चुगलमा कोरोना संक्रमण तथा मृत्युदर अत्यन्तै उच्च, प्रधानमन्त्री भन्छन् : स्थिति भयानक भयो

२०७७ माघ १५ गते बिहिबार

२८ जनवरी, २०२१पोर्तिमाउ, पोर्चुगल । पछिल्ला केहीदिनयता युरोपेली मुलुक...

झुल्कियो इस्वी सम्वत् २०२० को पहिलो घाम झुल्कियो इस्वी सम्वत् २०२० को पहिलो घाम

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी २०२०विगतका वर्षहरुमा जस्तै घरका भित्ताहरुमा राखिएका अंग्रेजी...

‘कोरोनाको बज्रपात’पछि युरोपेली मुलुक इटालीमा यसरी खुकुलो हुँदैछ लकडाउन (बुँदागतरुपमा) ‘कोरोनाको बज्रपात’पछि युरोपेली मुलुक इटालीमा यसरी खुकुलो हुँदैछ लकडाउन (बुँदागतरुपमा)

२०७७ बैशाख १५ गते सोमबार

२७ अप्रिल, २०२०पि.एल. तरंगलिंकरोभर, बेल्जियम । कोरोना भाईरस (कोभिड...

Top