Best Khabar Team | २०७७ श्रावण १८ गते आइतबार
०२ अगस्ट, २०२०
नयाँ दिल्ली । छिमेकी मुलुक नेपालसँग सिमाना जोडिएको भारतको उत्तर प्रदेशकी एकजना बहालवाला मन्त्रीको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ । भारतको उत्तर प्रदेशकी प्रविधि एवं शिक्षामन्त्री कमला रानी बरुणाको कोरोना संक्रमणबाट परी ज्यान गएको हो । उनको लखनउस्थित एक अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

करिब ३ साता अघि कोरोना संक्रमणमा परेकी उनलाई उपचारका लागि लखनउ पु-याइएको थियो । तर संक्रमण बढ्दै जाँदा उनको स्वास्थ्य अवस्था पनि थप कमजोर बन्दै गएको थियो । अस्पतालको विशेष आइसोलेसनमा राखेर उपचार हुँदै गरेका बेला उनको आज बिहान निधन भएको भारतका विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका छन् । एक वर्षअघि उनी भारतको उत्तर प्रदेश प्रविधि तथा शिक्षा मन्त्री बनेकी थिइन् ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमलाको निधनमा दुख व्यक्त गर्दै उनी एकजना जनप्रिय नेता भएको प्रतिक्रिया दिएको इन्डियन एक्सप्रेसले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ । भारतमा हालसम्म कोरोनाका कारण १७ लाख ५४ हजार १ सय १७ जना संक्रमित बनेका छन् भने ३७ हजार ४ सय १५ जनाको ज्यान कोरोनाकै कारण गएको छ । यस्तै हालसम्म ११ लाख ४८ हजार भन्दा बढीले कोरोनालाई जितेका छन् । भारत अमेरिका र ब्राजिलपछि विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित भएको मुलुक हो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पछिल्लो २४ घण्टाको कोरोना अपडेट : थप ५ को मृत्यु, ४६४ जना नयाँ संक्रमित भेटिए
२०७७ श्रावण २३ गते शुक्रबार
०७ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...
अमेरिकामा पनि फैलँदै कोरोना, वासिंटनमा मात्रै ६ जनाको मृत्य, ७ गम्भीर
२०७६ फाल्गुन १९ गते सोमबार
०२ मार्च, २०२० न्यूर्योक । अमेरिकामा पछिल्लो ७२ घण्टायता...
चन्द माओवादीमाथि धरपकड गरिएको भन्दै मोहन बैद्यको आपत्ति
२०७५ चैत्र ९ गते शनिबार
२३ मार्च, २०१९ काठमाडौं । पछिल्लो समयमा नेत्रविक्रम चन्द...
सिंहदरबारभित्रको पुरानो संसद भवन भत्काउन निर्देशन
२०७६ पुष २९ गते मंगलबार
१४ जनवरी, २०२० काठमाडौं । नेपालकै सबैभन्दा पहिलो संसद...
Top