Best Khabar Team | २०७७ भाद्र २८ गते आइतबार
१३ सेप्टेम्बर, २०२०
दोहा, कतार । कोरोना भाइरसको संक्रमण फैलिएदेखि हालसम्म (स्थानीय समय अनुसार आइतबार बिहान ९ बजेसम्म) विदेशमा रहेका २ सय ४३ जना नेपालीको ज्यान गएको छ । विश्वका विभिन्न देशमा रहेका नेपाली दूतावास तथा गैर आवासीय नेपाली संघले उपलब्ध गराएको तथ्यांक अनुसार अमेरिका, जापान, बेलायत, स्पेनलगायत विश्वका करिब डेढ दर्जन बढी देशमा हालसम्म २ सय ४३ जनाले कोरोनाका कारण ज्यान गुमाएका हुन् ।

पछिल्लो सातामात्रै विश्वका विभिन्न देशमा थप ४३ जना नेपालीको ज्यान गएको गैर आवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाले जानकारी गराएका छन् । उनका अनुसार साउदी अरब र बेलायतमा सबैभन्दा धेरै नेपाली कोरोनाका कारण मृत्युबरण गर्न पुगेका छन् । साउदीमा हालसम्म ५२ जनाले ज्यान गुमाएका छन् भने कतार बेलायतलगायतका देशमा पनि कोरोना कारण नेपालीले ज्यान गुमाएका छन् ।
यसका अलावा पोल्याण्ड, अमेरिका, स्पेन, जापान, आएरल्याण्ड, कतारलगायतका देशका नेपालीको पनि कोरोनाका कारण ज्यान गएको एनआरएनले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
त्रिभुवन विमानस्थलको अस्तव्यस्तता
२०७६ कार्तिक ५ गते मंगलबार
२२ अक्टोबर, २०१९ वेस्टखबर टिम । काठमाडौं । सरकार...
नेपाल भ्रमण वर्ष २०२० शुरु : भव्य कार्यक्रमकाबीच औपचारिक घोषणा हुँदै
२०७६ पुष १६ गते बुधबार
०१ जनवरी, २०२० काठमाडौं । बहुप्रतिक्षित नेपाल भ्रमणवर्ष २०२०...
हटाईँदै होर्डिङ्गबोर्ड, फेरिँदै काठमाडौंको मुहार
२०७६ पुष ११ गते शुक्रबार
२७ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं उपत्यकाको सौन्दन्य छोप्नका...
मतिष्कघातले लग्यो काँग्रेस नेता जोशीलाई
२०७७ चैत्र १३ गते शुक्रबार
२६ मार्च, २०२१काठमाडौं । पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता...
Top