Best Khabar Team | २०७७ भाद्र २८ गते आइतबार
१३ सेप्टेम्बर, २०२०
दोहा, कतार । कोरोना भाइरसको संक्रमण फैलिएदेखि हालसम्म (स्थानीय समय अनुसार आइतबार बिहान ९ बजेसम्म) विदेशमा रहेका २ सय ४३ जना नेपालीको ज्यान गएको छ । विश्वका विभिन्न देशमा रहेका नेपाली दूतावास तथा गैर आवासीय नेपाली संघले उपलब्ध गराएको तथ्यांक अनुसार अमेरिका, जापान, बेलायत, स्पेनलगायत विश्वका करिब डेढ दर्जन बढी देशमा हालसम्म २ सय ४३ जनाले कोरोनाका कारण ज्यान गुमाएका हुन् ।

पछिल्लो सातामात्रै विश्वका विभिन्न देशमा थप ४३ जना नेपालीको ज्यान गएको गैर आवासीय नेपाली संघ स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाले जानकारी गराएका छन् । उनका अनुसार साउदी अरब र बेलायतमा सबैभन्दा धेरै नेपाली कोरोनाका कारण मृत्युबरण गर्न पुगेका छन् । साउदीमा हालसम्म ५२ जनाले ज्यान गुमाएका छन् भने कतार बेलायतलगायतका देशमा पनि कोरोना कारण नेपालीले ज्यान गुमाएका छन् ।
यसका अलावा पोल्याण्ड, अमेरिका, स्पेन, जापान, आएरल्याण्ड, कतारलगायतका देशका नेपालीको पनि कोरोनाका कारण ज्यान गएको एनआरएनले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
वीरगञ्जमा थप ३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२ पुग्यो
२०७६ चैत्र ३० गते आइतबार
१२ अप्रिल, २०२० काठमाडौं । नेपालमा थप ३ जनामा...
७२ वर्षमा ब्रह्मलीन भए ‘हिम चितुवा’ शेर्पा
२०७७ आश्विन ५ गते सोमबार
२२ सेप्टेम्बर, २०२०काठमाडौं । हिमाल आरोहणमा किर्तिमान राखेर ‘हिम...
विदेशबाट आएका नेपालीका लागि क्वारेन्टाइन बनाउन यी होटलहरु छानिए (नामसहित)
२०७७ जेठ २४ गते शनिबार
०६ जुन, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...
५ महिनापछि खुले देशभरका होटलहरू, पर्यटक आउने कहिले कहिले ?
२०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...
Top