अमेरिकन आइडलमा उपविजेता बने नेपाली गायक दिवेश

Best Khabar Team | २०७७ जेठ ५ गते सोमबार


१८ मे, २०२०
काठमाडौं । अमेरिकामा जारी चर्चित सांगीतिक प्रस्तुती अर्थात अमेरिकन आइडलको उपविजेतामा नेपालका दिवेश पोखरेलले आफ्नो नाम दर्ज गराउन सफल भएका छन् । स्थानीय समयअनुसार गएराति सम्पन्न फाइनल राउन्डको प्रतियोगितामा पोखरेल उपविजेता बनेका हुन् । प्रतियोगिताको विजेताको उपाधी जस्ट स्याम नामक अमेरिकी गायिकाले जितेकी छन् ।

भोटिङ्को आधारमा जस्टले पहिलो र दिवेशले दोश्रो स्थान हासिल गरेका हुन् । चर्चित अन्र्तराष्ट्रिय गायक बब मार्लीसँग तुलना गरिएका नेपाली गायक दिवेशले शुरुदेखि नै अमेरिकी आइडलमा राम्रो प्रस्तुती दिँदै आएका थिए । जसका कारण निर्णायकहरुले उनको उच्च प्रशंसासमेत गर्दै आएका थिए । उनले अमेरिका तथा विश्वभर बसेका नेपाली तथा अन्य देशका उनका समर्थकको समर्थन जुटाएका थिए ।

जसका कारण उनी टप फाईवमा छनौट भएका थिए । टप फाइबमा छनौट भएकाहरुबाट हिजो भएको फाइनलमा उनी प्रतियोगिताको उपविजेता बनेको घोषणा कार्यक्रमका निर्णायकहरुले गरेका छन् । काठमाडौंमा जन्मिएका दिबेश अमेरिकाको कान्सास राज्यको, विचिटामा बस्दै आएका छन् । उनी ६ वर्षअघि अमेरिका गएका थिए । उनका परिवारका सबै सदस्य अमेरिकामै बस्दै आएका छन् । दिवसले नेपाली पपगितहरु समावेश गरेका झण्डै आधादर्जन एल्बमहरु बजारमा ल्याएका छन् ।

प्रतियोगिताको उपविजेता बनेपछि उनले आफूलाई भोटिङ्ग गर्ने सबै नेपाली दाजुभाई दिदीबहिनी तथा आफ्ना फ्यानहरुलाई सामाजिक सञ्जालमार्फत् धेरै धेरै धन्यावाद दिएका छन् । दिबेशको स्टेज नेम ‘आर्थर गन’ हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौं छाड्दै सर्वसाधारण, ५ दिनमा १ लाख बढी बाहिरिए काठमाडौं छाड्दै सर्वसाधारण, ५ दिनमा १ लाख बढी बाहिरिए

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२० काठमाडौं । कोरोना भाइरसको संक्रमण र...

एयरपोर्टको सिसिटिभी फुटेज सार्वजनिक भएपछि गायिका आस्था राउत रुँदै लाईभमा (भिडियोसहित) एयरपोर्टको सिसिटिभी फुटेज सार्वजनिक भएपछि गायिका आस्था राउत रुँदै लाईभमा (भिडियोसहित)

२०७६ माघ ३ गते शुक्रबार

१७ जनवरी, २०२० काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थलमा सुरक्षामा...

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुग्यो नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ पुग्यो

२०७७ जेठ २१ गते बुधबार

०३ जुन, २०२०काठमाडौं । नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको...

आफूलाई ज्योतिष भन्दै भूकम्पको भविष्यवाणी गर्ने युवक प्रहरी नियन्त्रणमा आफूलाई ज्योतिष भन्दै भूकम्पको भविष्यवाणी गर्ने युवक प्रहरी नियन्त्रणमा

२०७६ जेठ २१ गते मंगलबार

०४ जुन, २०१९ काठमाडौं । मिति तोकेर ठूलो भूईँचालो...

Top