Best Khabar Team | २०७७ श्रावण १७ गते शनिबार
०१ अगस्ट, २०२०
तम्घास, गुल्मी । पहिरोसँगै खसेको ढुंगाले च्यापेर गुल्मीमा एकै परिवारका ४ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार रुरुक्षेत्र गाउँपालिकाको वडानम्बर ५ मा पर्ने आँटिपाटामा घरमाथिबाट खसेको ढुंगाले घरको आँगनमा बसिरहेका एकै परिवारका ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय बिना बोझेमाटी उनका ९ र ७ वर्षका दुई छोरा र १० महिनाका एक छोरीको ज्यान गएको हो । अविरल बर्षात्सँगै गएको पहिराले घरमाथिबाट ढुंगा समेत बगाएर ल्याएको र सोही ढुंगाले आँगनमा बसिरहेका उनीहरुलाई च्यापेको थियो । उनीहरु चारैजनाको घटनास्थलमै ज्यान गएको बताइएको छ । मृतक बिनाकी श्रीमान् भने रोजगारीका लागि भारतमा रहेको बताइएको छ ।
घटना गएराति ७ बजेतिरको भएपनि प्रहरी र स्थानीय वासिन्दाको सहयोगमा आज बिहानसम्म सबै शव निकालिएको छ । घटनास्थल आसपासमा रहेका आधादर्जन बढी घरहरु पहिरोको जोखिममा रहेको भन्दै उनीहरुलाई सुरक्षित स्थलतर्फ सार्न स्थानीय गाउँपालिकाले तयारी अघि बढाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
रानीपोखरीस्थित ‘प्रहरी कन्ट्रोल रुम’ मा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण
२०७७ श्रावण २६ गते सोमबार
१० अगस्ट, २०२०काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित प्रहरी कन्ट्रोल रुममा...
झण्डै २ अर्व जरिवाना र ३ वर्ष जेल सजायाँको माग गर्दै बहुराष्ट्रिय कम्पनी वरुण बेभरेज विरुद्ध राजश्व छलीको मुद्दा
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ काठमाडौं । नक्कली भ्याट विल प्रयोग...
एकै टोलका १५ जनामा कोरोना संक्रमण
२०७७ बैशाख २१ गते आइतबार
०३ मे, २०२०नेपालगञ्ज । नेपालमा पहिलोपटक एकैदिन एकै जिल्लाको...
प्रधानमन्त्री दाहाललाई पत्नीशोक
२०८० आश्विन ३ गते बुधबार
१२ जुलाई, २०२३काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी...
Top