हुम्लाको खर्पुनाथ गाउँपालिका उपाध्यक्षको शव २२ दिनपछि भेटियो, अरु ११ अझै वेपत्ता

Best Khabar Team | २०७६ असार २५ गते बुधबार


१० जुलाई, २०१९
काठमाडौं । जीप दुर्घटनामा परी विगत २२ दिनदेखि वेपत्ता हुम्लाको खर्पुनाथ गाविसका उपाध्यक्ष सिन्धु शाहीको शव आज भेटिएको छ । विकट हिमाली जिल्ला हुम्लाको खर्पुनाथ गाविसका उपाध्यक्ष शाहीसहित १२ जना सवार जीप २२ दिनअघि कर्णाली नदीमा वेपत्ता भएको थियो ।

शव लिन पुगेको हेलिकोप्टर ।

वेपत्ता जीप र यात्रुको खोजीका लागि गोताखोरसहित सुरक्षाकर्मीको टोलीले २ सातासम्म प्रयास गरेपनि केही भेटिन सकेको थियो । जीप दुर्घटनामा वेपत्ता १२ मध्ये खर्पुनाथ गाउँपालिकाका उपाध्यक्ष शाहीको शव आज भेटिएको प्रहरीको भनाई छ ।

सर्केघाड गाउँपालिका–४ साँयाको नागरास्थित कर्णाली नदीको किनारमा आज शव भेटिएपछि हेलिकोप्टरबाट शव जिल्ला अस्पताल ल्याइएको छ । हेलिकोप्टरबाट घटनास्थल पुगेको प्रहरी टोलीसहित उनका श्रीमान् धीरेन्द्र शाही र खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावललगायतका आफन्तले शव पहिचान गरेका थिए ।

शवको पहिचान गरेसँगै जिल्ला स्वास्थ्य कार्यालयका डा दुर्गा सुर्खाली, प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, प्रहरी प्रमुख घर्ती मगरको टोलीले आवश्यक कानुनी प्रहरी पुरा गरी शवलाई आजै परिवारलाई बुझाइएको छ । असार ३ गते खार्पुनाथ गाउँपालिकाको बेडू बिसौनीबाट १२ जना यात्रु बोकेको जीप कर्णाली नदीमा खसेर वेपत्ता भएको थियो । दुर्घटनामा परेका ११ जना अझै वेपत्ता छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पोखरामा सडक महोत्सवको रौनकता पोखरामा सडक महोत्सवको रौनकता

२०७६ पुष १६ गते बुधबार

०१ डिसेम्बर, २०१९ पोखरा । नयाँवर्ष २०२० को अवसर...

‘लकडाउन’ को रुपरेखा परिवर्तन हुने : सरकारले आज औपचारिक निर्णय गर्दै ‘लकडाउन’ को रुपरेखा परिवर्तन हुने : सरकारले आज औपचारिक निर्णय गर्दै

२०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०काठमाडौं । कोरोना संक्रमणलाई मध्यनजर गर्दै २०७६...

भारतीय अभिनेता अमिताभ बच्चनको ‘आँखाको शल्यक्रिया’ भारतीय अभिनेता अमिताभ बच्चनको ‘आँखाको शल्यक्रिया’

२०७७ फाल्गुन १६ गते आइतबार

२८ फेब्रुअरी, २०२१नयाँदिल्ली, भारत । बलिउडका महानायक अमिताभ बच्चनको...

५० यात्रुसहितको बिमान आकाशबाटै सम्पर्कविहिन ५० यात्रुसहितको बिमान आकाशबाटै सम्पर्कविहिन

२०७७ पुष २५ गते शनिबार

०९ जनवरी, २०२१जाकर्ता, इन्डानेसिया । इन्डोनेसियामा श्रीविजया एयरलाईन्सको एउटा...

Top