हुम्लाको खर्पुनाथ गाउँपालिका उपाध्यक्षको शव २२ दिनपछि भेटियो, अरु ११ अझै वेपत्ता

Best Khabar Team | २०७६ असार २५ गते बुधबार


१० जुलाई, २०१९
काठमाडौं । जीप दुर्घटनामा परी विगत २२ दिनदेखि वेपत्ता हुम्लाको खर्पुनाथ गाविसका उपाध्यक्ष सिन्धु शाहीको शव आज भेटिएको छ । विकट हिमाली जिल्ला हुम्लाको खर्पुनाथ गाविसका उपाध्यक्ष शाहीसहित १२ जना सवार जीप २२ दिनअघि कर्णाली नदीमा वेपत्ता भएको थियो ।

शव लिन पुगेको हेलिकोप्टर ।

वेपत्ता जीप र यात्रुको खोजीका लागि गोताखोरसहित सुरक्षाकर्मीको टोलीले २ सातासम्म प्रयास गरेपनि केही भेटिन सकेको थियो । जीप दुर्घटनामा वेपत्ता १२ मध्ये खर्पुनाथ गाउँपालिकाका उपाध्यक्ष शाहीको शव आज भेटिएको प्रहरीको भनाई छ ।

सर्केघाड गाउँपालिका–४ साँयाको नागरास्थित कर्णाली नदीको किनारमा आज शव भेटिएपछि हेलिकोप्टरबाट शव जिल्ला अस्पताल ल्याइएको छ । हेलिकोप्टरबाट घटनास्थल पुगेको प्रहरी टोलीसहित उनका श्रीमान् धीरेन्द्र शाही र खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावललगायतका आफन्तले शव पहिचान गरेका थिए ।

शवको पहिचान गरेसँगै जिल्ला स्वास्थ्य कार्यालयका डा दुर्गा सुर्खाली, प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, प्रहरी प्रमुख घर्ती मगरको टोलीले आवश्यक कानुनी प्रहरी पुरा गरी शवलाई आजै परिवारलाई बुझाइएको छ । असार ३ गते खार्पुनाथ गाउँपालिकाको बेडू बिसौनीबाट १२ जना यात्रु बोकेको जीप कर्णाली नदीमा खसेर वेपत्ता भएको थियो । दुर्घटनामा परेका ११ जना अझै वेपत्ता छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अफगानिस्तानमा ईदको सामान किन्न गएका सर्वसाधारणलाई लक्षित गरी विस्फोट, १७ को मृत्यु अफगानिस्तानमा ईदको सामान किन्न गएका सर्वसाधारणलाई लक्षित गरी विस्फोट, १७ को मृत्यु

२०७७ श्रावण १६ गते शुक्रबार

३१ जुलाई, २०२०काबुल, अफगानिस्तान । अफगानिस्तानको लोगार प्रान्तमा अज्ञात...

भारतमा ‘सर्त’सहित लकडाउन खुकुलो : विद्यालय तथा क्याम्पसहरु तत्काल नखुल्ने भारतमा ‘सर्त’सहित लकडाउन खुकुलो : विद्यालय तथा क्याम्पसहरु तत्काल नखुल्ने

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०नयाँदिल्ली । भारतमा विगत २ महिनादेखि जारी...

फलफूल तथा तरकारी विक्री वितरणमा अवरोध गर्नेमाथि कडा कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी (विज्ञप्तिसहित) फलफूल तथा तरकारी विक्री वितरणमा अवरोध गर्नेमाथि कडा कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी (विज्ञप्तिसहित)

२०७७ जेठ २२ गते बिहिबार

०४ जुन, २०२०काठमाडौं । कोरोना संक्रमण फैलने भन्दै देशका...

आहा ! कैलाश पर्वत आहा ! कैलाश पर्वत

२०७६ पुष १७ गते बिहिबार

शब्द तथा तस्वीर : पि.एल. ‘तरंग’ /बेष्टखबर डटकम तपाईँहरुमध्ये...

Top