समुदायमा कोरोना फैलिएको निष्कर्षसहित बिराटनगरमा आज रातिबाट पुनः लकडाउन गरिँदै

Best Khabar Team | २०७७ श्रावण १६ गते शुक्रबार


३१ जुलाई, २०२०
शनिश्चरे, मोरङ्ग । गएको साउन ८ गतेदेखि लकडाउन खुल्ला भएसँगै मानिसहरुको चहलपहल बढ्दा कोरोना संक्रमितको संख्या पनि बढ्न थालेपछि मोरङ्गको विराटनगर बजारमा फेरि लकडाउनको घोषणा गरिएको छ ।

आगामी दुई साताका लागि लागूहुने गरी आज राति १२ बजेपछि लकडाउन शुरु हुने विराटनगर उप महानगरपालिकाले जनाएको छ । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्नुका साथै कोरोनाले समुदायमा समेत प्रभाव फैलाउन थालेको निष्कर्षसहित स्थानीय कोरोना संकट व्यवस्थापन समितिले आज रातिबाट लागूहुने गरी लकडाउन शुरु गर्न लागेको हो । विराटनगरमा पछिल्ला दिनहरुमा भेटिएका कोरोना संक्रमितको संख्या र प्रकृति हेर्दा यो समुदायस्तरमै फैलिएको पुष्टि समितिले गरेको छ ।

लकडाउन गरिएसँगै चेकजाँच तथा यसबाट बच्नका लागि आवश्यक सबै पूर्वतयारीहरु र सावधानीहरु अपनाउन र यसलाई कडाईका साथ लागू गर्न अनुरोध गर्ने निर्णय पनि समितिले गरेको छ । लकडाउनका समयमा अत्याबश्यकीय सेवामा रहेका बाहेकका अन्य सवारी साधन र मानिसहरुलाई आवातजावतमा पूर्ण रोक लगाईने उपमहानगरपलिकाले जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बाग्लुङ्गमा भीषण दुर्घटना, १४ को मृत्यु, ३ घाइते, १ वेपत्ता बाग्लुङ्गमा भीषण दुर्घटना, १४ को मृत्यु, ३ घाइते, १ वेपत्ता

२०७६ मंशिर १७ गते मंगलबार

०३ डिसेम्बर, २०१९काठमाडौं । पश्चिम नेपालको बाग्लुङ्ग जिल्लामा आज...

मुग्लिन–नारायणगढ सडकखण्डका १९ वटा पुल निर्माण अन्तिम चरणमा, दिउँसो बाटो बन्द नगरिने मुग्लिन–नारायणगढ सडकखण्डका १९ वटा पुल निर्माण अन्तिम चरणमा, दिउँसो बाटो बन्द नगरिने

२०७९ फाल्गुन २१ गते आइतबार

०५ मार्च, २०२३भरतपुर, चितवन । मुग्लिन नारायणगढ सडकखण्डका विभिन्न...

सर्वोच्चले भन्यो : विषादी परिक्षण रोक्ने निर्णय तत्काल कार्यान्वयन नगराउनु सर्वोच्चले भन्यो : विषादी परिक्षण रोक्ने निर्णय तत्काल कार्यान्वयन नगराउनु

२०७६ असार २५ गते बुधबार

१० जुलाई, २०१९ काठमाडौं । भारतबाट आयातित तरकारी तथा...

कर्णाली प्रदेशमा व्यापक हिमपात, २ बालकको ज्यान गयो, जनजीवन अस्तव्यस्त कर्णाली प्रदेशमा व्यापक हिमपात, २ बालकको ज्यान गयो, जनजीवन अस्तव्यस्त

२०७६ पुष १९ गते शनिबार

०४ जनवरी, २०२० काठमाडौं । विकट कर्णाली प्रदेशमा हिजो...

Top