Best Khabar Team | २०७७ श्रावण १६ गते शुक्रबार
३१ जुलाई, २०२०
शनिश्चरे, मोरङ्ग । गएको साउन ८ गतेदेखि लकडाउन खुल्ला भएसँगै मानिसहरुको चहलपहल बढ्दा कोरोना संक्रमितको संख्या पनि बढ्न थालेपछि मोरङ्गको विराटनगर बजारमा फेरि लकडाउनको घोषणा गरिएको छ ।

आगामी दुई साताका लागि लागूहुने गरी आज राति १२ बजेपछि लकडाउन शुरु हुने विराटनगर उप महानगरपालिकाले जनाएको छ । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्नुका साथै कोरोनाले समुदायमा समेत प्रभाव फैलाउन थालेको निष्कर्षसहित स्थानीय कोरोना संकट व्यवस्थापन समितिले आज रातिबाट लागूहुने गरी लकडाउन शुरु गर्न लागेको हो । विराटनगरमा पछिल्ला दिनहरुमा भेटिएका कोरोना संक्रमितको संख्या र प्रकृति हेर्दा यो समुदायस्तरमै फैलिएको पुष्टि समितिले गरेको छ ।
लकडाउन गरिएसँगै चेकजाँच तथा यसबाट बच्नका लागि आवश्यक सबै पूर्वतयारीहरु र सावधानीहरु अपनाउन र यसलाई कडाईका साथ लागू गर्न अनुरोध गर्ने निर्णय पनि समितिले गरेको छ । लकडाउनका समयमा अत्याबश्यकीय सेवामा रहेका बाहेकका अन्य सवारी साधन र मानिसहरुलाई आवातजावतमा पूर्ण रोक लगाईने उपमहानगरपलिकाले जनाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
परिवारका १४ जनामा संक्रमित भेटिएपछि मोरङ्गको रंगेली बजार अनिश्चितकालका लागि बन्द
२०७७ श्रावण २० गते मंगलबार
०४ अगस्ट, २०२०विराटनगर, मोरङ्ग । मोरङ्गको रंगेली बजारमा २२...
कालिन्चोकबाट फर्केको बस सिन्धुपाल्चोकमा दुर्घटनाग्रस्त, १५ को मृत्यु, १७ घाइते
२०७६ मंशिर २९ गते आइतबार
१५ डिसेम्बर, २०१९ काठमाडौं । प्रसिद्ध धार्मिकस्थल दोलखाको कालिञ्चोक...
धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकाले उता-र्यो विदेशबाट आउनेको सूची, सबै आ-आफ्नै घरको क्वारेन्टाइनमा (नामावलीसहित)
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२०सल्यानटार । धादिङ्गको उत्तरी क्षेत्रमा पर्ने त्रिपुरासुन्दरी...
५ दिन भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह
२०७७ श्रावण २ गते शुक्रबार
१७ जुलाई, २०२०काठमाडौं । वर्षायाम शुरुभएसँगै देशका विभिन्न भागमा...
Top