सर्वोच्चले भन्यो : विषादी परिक्षण रोक्ने निर्णय तत्काल कार्यान्वयन नगराउनु

Best Khabar Team | २०७६ असार २५ गते बुधबार


१० जुलाई, २०१९
काठमाडौं । भारतबाट आयातित तरकारी तथा फलफूलमा विषादी परिक्षणको काम रोक्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले विषादी परीक्षण गर्ने कार्य जारी राख्न आज अन्तरिम आदेश जारी गरेको हो ।

केही महिना यता भारतबाट आयातित तरकारी तथा फलफूलमा मानव स्वास्थ्यलाई नै गम्भीर असर गर्ने केमिकल तथा विषादी प्रयोग भएको पाइएपछि सरकारले तरकारी तथा फलफूल निर्यातमा रोक लगाएको थियो । तर भारतीय दुतावासको पत्रपछि सरकारले केहीदिन अघि विषादी जाँच्ने पर्याप्त उपकरण नभएको बहानामा तत्कालका लागि विषादी परिक्षण कार्य रोक्ने र निर्वाध रुपमा भारतीय तरकारी तथा फलफूललाई नेपाल भित्रन दिने जनाएको थियो ।

सरकारको यो निर्णयको विरोधमा परेको रिटमा सुनुवाई गर्दै सर्वोच्चले यो आदेश दिएको हो । सर्वोच्चको आजको आदेशसँगै अब उप्रान्त भारतलगायत तेश्रो मुलुकबाट आयत हुने तरकारी तथा फलफूको चेकजाँच गर्नेपर्ने हुन्छ । अधिवक्ताहरु कञ्चनकृष्ण न्यौपाने स्वागत नेपाल र उपभोक्ता हित संरक्षण मञ्चले फरक फरक रिट सर्वोच्चमा दायर गरेका थिए । रिटमा सुनुवाई गर्दै सर्वोच्चले असार २ गतेको राजपत्रमा जारी भएको सुचना, त्यसपछि सरकारले गरेको निर्णयलगायतका विषयमा छलफलका लागि भन्दै दुबै पक्षलाई असार ३० गते सोमबार अदालत बोलाइएको छ ।

यस्तै, कुनै परीक्षण गरिएको भए सोसम्बन्धी तथ्यांक एवं फलफूल र तरकारीको नेपालमा आयात गर्नुपूर्व परीक्षण गरिएको भए सो सम्बन्धित तथ्यांक एवं फलफूल र तरकारीको नेपालमा आयात गर्नुपूर्व परीक्षण गरिएको विषय खुल्ने कागजातसमेत अदालतमा झिकाउन सर्वोच्चले आदेश दिएको छ । सरकारी पक्षले भने आफूलाई विषादी परिक्षण रोक्न भारतबाट कुनै दबाब नआएको बताउँदै आएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पूर्वी नेपालमा भूकम्पको धक्का, केन्द्रविन्दु भारत पूर्वी नेपालमा भूकम्पको धक्का, केन्द्रविन्दु भारत

२०७७ भाद्र २६ गते शुक्रबार

११ सेप्टेम्बर, २०२०दमक, झापा । नेपाल भारत सीमावर्ती क्षेत्रमा...

कोरोना संक्रमित १४ सय नाघे, एकैदिन १८९ नयाँ थपिए, २१९ ले कोरोना जिते कोरोना संक्रमित १४ सय नाघे, एकैदिन १८९ नयाँ थपिए, २१९ ले कोरोना जिते

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १४...

लकडाउनमा थप कडाई, पास नलिएका सवारी साधन चलाउन नपाईने लकडाउनमा थप कडाई, पास नलिएका सवारी साधन चलाउन नपाईने

२०७७ बैशाख १५ गते सोमबार

२७ अप्रिल, २०२०काठमाडौं । सरकारले लकडाउनको नियम उल्लंघन गरेर...

पुर्ननिर्माण प्राधिकरणका प्राविधिकले दिए सरकारलाई १ हप्ते अल्टिमेटम पुर्ननिर्माण प्राधिकरणका प्राविधिकले दिए सरकारलाई १ हप्ते अल्टिमेटम

२०७५ चैत्र १२ गते मंगलबार

२६ मार्च, २०१७ काठमाडौं । सरकारले एक हप्ताभित्र आफ्ना...

Top