Best Khabar Team | २०७७ श्रावण ६ गते मंगलबार
२१ जुलाई, २०२०
लिंकरोभर, बेल्जियम । कोरोना भाइरसका कारण प्रभावित भएको युरोपेली युनियनसम्बद्ध राष्ट्रको अर्थव्यवस्थालाई पुरानै लयमा फर्काउनका लागि युरोपेली युनियनले तत्काल ७ सय ५० अर्ब युरो बराबरको कोष खडा गर्ने निर्णय गरेको छ । यो कोषमा जम्मा भएको रकमको केही हिस्सा ईयु अन्र्तगतका राष्ट्रहरुका व्यवसायीको राहत प्याकेजमा खर्च हुने युरोपेली युनियनले जनाएको छ ।

विशेष गरी कोरोना भाइरसको प्रभावका कारण सबैभन्दा बढी प्रभावित राष्ट्रलाई अनुदानका रुपममा ३ सय ९० अर्ब रुपैयाँ खर्च गर्ने निर्णय युरोपेली युनियन सम्बद्ध नेताहरुहरुले सोमबार गरेका छन् । यस्तै बाँकी रकम भने कोभिड १९ बाट आर्थिक नोक्सानी बेहोरेका मुलुकहरुलाई अनुदान एवं ऋणको रुपमा उपलब्ध गराउने सहमति पनि बैठकमा भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
कोष खडा गर्नका लागि युरोपेली युनियन सम्बद्ध नेताहरुबीच गएको शुक्रबारदेखि करिब ९० घण्टा छलफल चलेको थियो । युरोपेली युनियनसम्बद्ध २७ देश मध्ये कतिपय देशले यो कोष खडा गर्ने विषयमा असहमति जनाएको भएपनि पछि अधिकांश देशहरु कोष खडा गरेर अर्थव्यवस्थालाई उकास्नु पर्नेमा सहमत बनेका थिए ।
विशेष गरी कोरोना भाइरसका कारण प्रभावित भै चरम आर्थिक घाटा बेहोर्नुपरेको इटली, स्पेन, बेल्जियम, फ्रान्सलगायतका केही देशहरुले कोष खडा गरेर राहत पाउनुपर्नेमा जोड दिएका थिए । कोरोनाबाट बढी प्रभावित राष्ट्र र युरोपेली युनियन आवद्ध भैकन पनि कम आर्थिक हैसियत भएका देशहरुले आर्थिक प्याकेज मार्फत् आफूहरुलाई बचाउनका लागि ईयु सम्बद्ध राष्ट्रको ध्यानाकर्षण गराएका थिए ।
युरोपेली युनियनको इतिहाँसमा विरलै हुने यति धेरै रकमको कोषले युरोपको अर्थव्यवस्थालाई मजबुत बनाउने भन्दै विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखहरुले खुसी व्यक्त गरेका छन् । कोष खडा गर्ने विषयमा सहमति जनाउनका लागि पहिलो पटक युरोपेली युनियनको इतिहाँसमा सम्भवत यतिलामो बैठक बसेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना संक्रमणसँगै निमोनिया भएपछि हास्य कलाकार गजुरेल आइसियुमा, अवस्था सामान्य
२०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०काठमाडौं । केहीदिनअघि कोरोना पुष्टि भएपछि घरमै...
क्यानडामा कोरोना संक्रमित दैनिक बढ्दै, झण्डै २५ हजार संक्रमित पुग्दा ७ सय ३५ को मृत्यु
२०७७ बैशाख १ गते सोमबार
१३ अप्रिल, २०२० टोरन्टो । पछिल्ला दिनहरुमा क्यानडामा कोरोना...
कोरोनाका बिरामीलाई अबदेखि सरकारी अस्पतालमा मात्रै उपचार गरिने : पिसिआर शुल्क घट्यो
२०७७ माघ २८ गते बुधबार
१० फेब्रुअरी, २०२१काठमाडौं । सरकारले कोभिड १९ को संक्रमण...
रानीपोखरीस्थित ‘प्रहरी कन्ट्रोल रुम’ मा कार्यरत ३ प्रहरीमा कोरोना संक्रमण
२०७७ श्रावण २६ गते सोमबार
१० अगस्ट, २०२०काठमाडौं । काठमाडौंको रानीपोखरीस्थित प्रहरी कन्ट्रोल रुममा...
Top