Best Khabar Team | २०७७ श्रावण १३ गते मंगलबार
२८ जुलाई, २०२०
काठमाडौं । आफ्नै बुबा संस्थापक अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी स्वर्गीय सूर्यबहादुर थापाका पुत्र एवं पूर्वमन्त्री सुनिल थापा नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन् । उनले आफूसहित ११ जना केन्द्रीय सदस्य र केही कार्यकर्तालाई लिए। आज ललितपुरस्थित काँग्रेस मुख्यालयमा पुगेर औपचारिक रुपमा काँग्रेस पार्टीमा प्रवेश गरेका हुन् । उनलाई काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टी प्रवेश गराएका थिए ।

पार्टीले पछिल्लो समयमा लिएको सैद्धान्तिक विचारधाराप्रति थापाले चरम असन्तुष्टि व्यक्त गर्दै त्यसलाई सच्चाउन पटक पटक पार्टी नेतृत्वलाई आग्रह गर्दै आएका थिए । तर नेतृत्वले आफ्नो कुरा नसुनेपछि बाध्य भएर काँग्रेसमा प्रवेश गर्नुपरेको उनको भनाई छ । पछिल्लो पटक कमल थापा नेतृत्वको राप्रपा नेपाल, प्रकाशचन्द लोहनी नेतृत्वको राप्रपा र संस्थापक पक्ष मानिएको पशुपति शम्शेर जवरा नेतृत्वको राप्रपा मिलेर एउटै राष्ट्रिय प्रजातन्त्र पार्टी बनेको घोषणा भएसँगै नवगठित पार्टीले लिएको सिद्धान्तप्रति थापालगायतले असहमति जनाउँदै आएका थिए ।
विशेष गरी हिन्दुराष्ट्र र राजतन्त्रको मागलाई राप्रपाले उठान गर्न खोजेपछि थापा असन्तुष्ट बन्दै आएका थिए । पार्टी प्रवेश कार्यक्रमा उनले मन्तव्य राख्दै विगतमा आफ्नो बुबा (स्वर्गीय सूर्यबहादुर थापा) काँग्रेस धनकुटाको संस्थापक सभापति रहेको स्मरण गर्दै पछिल्लो समयमा आफू रहेको पार्टी राप्रपाले आफ्नो सिद्धान्त बदलेकोले काँग्रेसमा प्रवेश गरेको बताए । यसमा आफूलाई कसैको दबाब नदिएको तथा प्रलोभनमा नपारेको उनले स्पष्ट पारेका छन् । उनीसँगै राप्रपाका ३० जना नेता तथा कार्यकर्ता पनि काँग्रेसमा प्रवेश गरेका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पछिल्लो २४ घण्टाको कोरोना अपडेट : थप ५ को मृत्यु, ४६४ जना नयाँ संक्रमित भेटिए
२०७७ श्रावण २३ गते शुक्रबार
०७ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...
शैक्षिक संस्था तत्काल नखुल्ने
२०७७ भाद्र १४ गते आइतबार
३० अगस्ट, २०२०काठमाडौं । सरकारले शिक्षण संस्था तथा धेरै...
अब चाहेको ठाउँबाटै मोबाइल एप्स प्रयोग गरी ट्याक्सी मगाउन सकिने
२०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं उपत्यका भित्र अब...
दशैंको फूलपातीकै दिन मुगुमा भयानक दुर्घटना : ३२ को मृत्यु केही घाइते (अपडेट)
२०७८ आश्विन २६ गते मंगलबार
१२ अक्टोबर, २०२१गमगढी, मुगु । बाँकेको नेपालगञ्जबाट मुगुको गमगढी...
Top