विश्वमा कोरोना : मृतकको संख्या साढे ४ लाख नाघ्यो, अमेरिकामा मात्रै झण्डै १ लाख २० हजारको मृत्यु

Best Khabar Team | २०७७ असार ४ गते बिहिबार


१८ जुन, २०२०
न्यूर्योक, अमेरिका । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण (कोभिड १९) बाट हालसम्म विश्वभर ज्यान गुमाउनेको संख्या साढे ४ लाख नाघेको छ । कोरोना भाइरसको संक्रमण, मृतकलगायतको सम्पूर्ण तथ्यांकहरु अद्याबधिक गर्ने ओल्डोमिटर डटकमको पछिल्लो तथ्यांक अनुसार विश्वभर यो समाचार तयार पार्दासम्म कोरोनाका कारण ४ लाख ५१ हजार ८ सय ८ जनाको ज्यान गएको छ ।

यस्तै कोरोना भाइरसका कारण हालसम्म ८४ लाख २५ हजार १ सय ९१ जना संक्रमित बनेका छन् । यस्तै विश्वभरबाट हालसम्म ४४ लाख ३३ हजार ८ सय १ जनाले कोरोनालाई जितेका छन् । कारोनाका कारण हालसम्म सबैभन्दा धेरै प्रभावित देशको सूचीमा अमेरिका रहेको छ । अमेरिकामा हालसम्म कोरोनाका कारण २२ लाख ३४ हजार ८ सय ५४ जना संक्रमित भएका छन् । ती मध्ये १ लाख १९ हजार ९ सय ४३ जनाको मृत्यु भै सकेको छ । अमेरिकामा कोरोना संक्रमणमा परेकामध्ये ९ लाख १८ हजार ७ सय ९६ जना निको भएर घर फर्केका छन् । यस्तै अमेरिकापछि सबैभन्दा धेरै संक्रमितको देशको सूचीमा ब्राजिल परेको छ ।

ब्राजिलमा हालसम्म ९ लाख ६० हजार ३ सय ९ जनामा कोरोना देखिएको छ । कोरोनाका कारण ब्राजिलमा ४६ हजार ६ सय भन्दा बढीले ज्यान गुमाएका छन् । विश्वमा तेश्रो बढी प्रभावित देशको सूचीमा रसिया परेको छ । रसियामा हालसम्म ५ लाख ६१ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ७ हजार ६ सय ६० को मृत्यु भै सकेको छ ।

यस्तै भारतमा हालसम्म ३ लाख ६८ हजार ५ सय ५७ जनामा कोरोना संक्रमण देखिएको छ । भारतमा कोरोनाकै कारण १२ हजार २ सय ७४ को ज्यान गएको छ । संक्रमणको हिसावले हेर्दा भारतपछि बेलायत, स्पेन, पेरु, इटली, इरान, जर्मनी र चिली रहेका छन् । नेपाल कोरोना संक्रमित देशको सूचीमा ७० औं नम्बरमा परेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

क्यानडामा सडक महोत्सवको भीडलाई लक्षित आक्रमण, ९ जनाको ज्यान गयो, दर्जनौं घाइते क्यानडामा सडक महोत्सवको भीडलाई लक्षित आक्रमण, ९ जनाको ज्यान गयो, दर्जनौं घाइते

२०८२ बैशाख १४ गते आइतबार

२७ अप्रिल, २०२५टोरन्टो, क्यानडा । क्यानडाको भ्यानकुभरमा सडक महोत्सवमा...

पशुपतिमा दाउराबाट शव जलाउने नयाँ शवगृह सञ्चालनमा पशुपतिमा दाउराबाट शव जलाउने नयाँ शवगृह सञ्चालनमा

२०७७ मंशिर १८ गते बिहिबार

०३ डिसेम्बर, २०२०काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा दाउराबाट...

लमजुङ्मा २२ सहित थप १०१ जनामा कोरोना संक्रमण, मृतकको संख्या ४० पुग्यो लमजुङ्मा २२ सहित थप १०१ जनामा कोरोना संक्रमण, मृतकको संख्या ४० पुग्यो

२०७७ श्रावण २ गते शुक्रबार

१७ जुलाई, २०२०काठमाडौं । लमजुङ्गमा पछिल्लो २४ घण्टामा थप...

दुबईबाट आइपुगे १६९ नेपाली, विमानस्थलबाट सिधै ‘होल्डिङ्ग सेन्टर’ पु-याईयो दुबईबाट आइपुगे १६९ नेपाली, विमानस्थलबाट सिधै ‘होल्डिङ्ग सेन्टर’ पु-याईयो

२०७७ जेठ २३ गते शुक्रबार

०५ जुन, २०२०काठमाडौं । संयुक्त अरव इमिरेट्सको सार्जाबाट नेपालका...

Top