शैक्षिक संस्था तत्काल नखुल्ने

Best Khabar Team | २०७७ भाद्र १४ गते आइतबार


३० अगस्ट, २०२०
काठमाडौं । सरकारले शिक्षण संस्था तथा धेरै शिक्षार्थी भेला भएर सञ्चालन हुने शैक्षिक गतिविधि तत्काल सञ्चालन नगर्ने निर्णय गरेको छ । पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले देशव्यापी रुपमा शैक्षिक संस्था, (विद्यालय, क्याम्पस तथा विश्वविद्यालय) हरु कम्तीमा आगामी भदौ मसान्तसम्म सञ्चालन नगर्न नगराउन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले कोरोना संक्रमणको संख्या ह्वात्तै बढेकाले भर्चुअल कक्षाबाहेक विद्यालयको भर्ना, पठनपाठन, क्याम्पसहरुमा हुने शैक्षिक गतिविधिलगायतलाई भदौ मसान्तसम्म सञ्चालन गर्न नदिने निर्णय गरेको हो । शिक्षा मन्त्रालयसमेतको समन्वयमा यो निर्णय गरिएको सरकारले जनाएको छ । सरकारले विशेष गरी विद्यालय, क्याम्पस, ट्युसन तथा कोचिङ्ग सेन्टर, तालिम केन्द्रलगायतलाई आगामी भदौ मसान्तसम्म सञ्चालनका लागि रोक लगाएको हो ।

यस्तै सभा, समारोह, गोष्ठी, तालिम, सेमिनार, विभिन्न खाले धार्मिक गतिविधि, विभिन्न खालका मेला, महोत्सव, भेला, प्रदर्शी, डान्सबार, सिनेमाहल, पौडी पोखरी, पार्टी प्यालेसलगायत भदौ मसान्तसम्मका लागि सञ्चालन नगर्न सबैमा अनुरोध गरेको छ ।

सरकारको यो निर्देशनलाई नमानेर यस्ता गतिवधि गरेमा कानुनी कारबाही गर्ने चेतावनी सरकारले दिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सेनाले चलाएको गोली लागेर म्यानमारमा नेपाली दम्पत्तीको मृत्यु सेनाले चलाएको गोली लागेर म्यानमारमा नेपाली दम्पत्तीको मृत्यु

२०७८ बैशाख १ गते बुधबार

१४ अप्रिल, २०२१रंगुन, म्यानमार । म्यानमारमा गएको फेब्रुअरीदेखि जारी...

नेपाल भ्रमण   २०२० :  जनवरी १ मा काठमाडौंमा विशेष  कार्यक्रम,  १० लाख सहभागी हुँदै नेपाल भ्रमण २०२० : जनवरी १ मा काठमाडौंमा विशेष कार्यक्रम, १० लाख सहभागी हुँदै

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर, २०१९काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई...

प्रधानमन्त्री ओलीको दोश्रोपटक मृगौला प्रत्यारोपण, स्वास्थ्यस्थिति सामान्य प्रधानमन्त्री ओलीको दोश्रोपटक मृगौला प्रत्यारोपण, स्वास्थ्यस्थिति सामान्य

२०७६ फाल्गुन २१ गते बुधबार

०४ मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको...

भागरथीको हत्यारा को ? भागरथीको हत्यारा को ?

२०७७ माघ २६ गते सोमबार

०८ फेब्रुअरी, २०२१बैतडी–बिकट पहाडी जिल्ला बैतडीकी एक किशोरीको माघ...

Top