‘चल न माया चल’को सफलताले बाह्र वर्षपछि फेरि खोला फर्कियो भन्छन् गायक सुवेदी

Best Khabar Team | २०७६ माघ २९ गते बुधबार


१२ फेब्रुअरी, २०२०
काठमाडौं । नेपालीमा एउटा उखान छ, ‘बाह्र वर्षपछि खोला पनि फर्किन्छ’ भन्ने । मेहनत र कर्मगर्दै जाने हो भने केही समयपछि अवस्य सफलता प्राप्त हुन्छ भन्ने भनाईसँग माथिको उखान मिल्दोजुल्दो छ । यही उखानसँग मेल खाएको छ पर्वतेली गायक कृष्ण समीप सुवेदीको सांगीतिक यात्रा पनि । सफल युवा गायकका रुपमा नेपाली सांगीतिक बजारमा छुट्टै छाप छाड्न सफल सुवेदीले सुन्दा निक्कै रमाइलो लाग्ने, नेपाली मौलिक संस्कृति झल्कने र युवा पुस्ताको मुखैमा झुण्डने खालको गीत बजारमा ल्याएका छन् ।

जुन गीतले १२ वर्षपछि फेरि एकपटक दर्शक तथा स्रोतामाझ उनको नाम पूर्नताजकी गराईदिएको छ । करिब १२ वर्षअघि गायक सुवेदीकै स्वरमा रहेको ‘सिरसिर बतास..’ नामक गीत निक्कै चर्चाको शिखरमा थियो । त्यतिबेला लोक तथा दोहोरी गाउनेहरुको मुखमा झुण्डिएको यो गीत बजारमा आएपछि पनि गायक सुवेदीले अरु थुप्रै गीतहरु बजारमा ल्याए, तर ती सबै गीतहरुले अपेक्षित सफलता पाउन सकेन । उनी भन्छन्– ‘मैले गीतको लय र प्याट्रन चेन्ज गर्ने कोशिष गरेँ, त्यसैले कतिपय गीतमा आंशिक सफलता मात्रै पाएँ । कतिपय गीतहरु राम्ररी चले तर मेरो नाम भने छायाँमै परेको अनुभव गरेँ ।’

गायक सुवेदी

त्यसो त २०५९ सालमा पहिलो पटक उनले ‘पाङ्गको फाँटैमा’ गीत रेकर्ड गराएर नेपालको सांगीतिक क्षेत्रमा विधिवत् रुपमा आफू प्रवेश गरेका थिए । यस्तै २०६२ सालमा उनको ‘देउराली’ नामक लोक पप एल्बम बजारमा समेत आएको थियो । यसका केही गीतहरुले भने उनलाई लोकपप गायकको रुपमा समेत चिनायो । उनी भन्छन्–‘सास्त्रीय संगीत सिक्ने मेरो उत्कट इच्छा मैले यस बीचमा पुरा गरेँ ।’ शास्त्रीय संगीतको सिकाई पछि पनि उनले आफ्नो सांगीतिक कर्ममा निरन्तरता दिइरहे । यसरी विभिन्न आरोह, अवरोह र सिकाईपछि खारिँदै आएका सुवेदीले पछिल्लो पटक सार्वजनिक गरेको ‘चल न माया चल’ नामको गीत छोटो समयमै दर्शक तथा स्रोताको मन मस्तिकमा बस्न सफल भएको छ ।

सार्वजनिक यात्राका क्रममा गाडीमा होस् वा फेसबुक, ट्वीटर, टिकटकजस्ता सामाजिक सञ्जालमा । उनको यो गीतको लयलाई समेटेर अहिलेसम्म हजारौंले टिकटकमा आफ्नो भिडियो बनाईसकेका छन् । जसले गायक सुवेदीको सांगीतिक यात्रालाई ह्वात्तै उचो बनाईदिएको छ । प्रस्तुत ‘चल न माया चल’नामक गीतको लय र म्युजिक भिडियो तथा संगीतको तारतम्य अत्यन्तै राम्रो ढंगले मिलेको छ । जसले गीत सुन्ने र हेर्ने दर्शक स्रोतको संख्या पनि दिन दुगुना र रात चौगुना भने झैं बढ्न थालेको छ ।

भारतीय मोडल ‘दिब्या’ तथा भारत निवासी नेपाली मोडल सुन्दर एस डिएस, जुना सुन्दासलगायतले उनको गीतमा टिकटक बनाएपछि गित थप भाईरल बनेको छ । सन्तोष राजबाहकको निर्देशन रहेको ‘चल न माया चलको गीत’ गीतको भिडियो ज्ञानेन्द्र शर्माको छायांकन र टेकेन्द्र शाहको सम्पादनमा बजारमा आएको हो । गीतमा गायक सुवेदीलाई गायिका कृष्णा खनालले साथ दिएकी छन् । त्यसो त सुवेदी पेशाले एक कुशल सञ्चारकर्मी समेत हुन् ।

नेपालको सांगीतिक क्षेत्रमा कुशल सर्जकको परिचय समेत बोकेका सफल गायक सुवेदीको पछिल्लो समयमा चर्चामा आएको ‘चल न माया चल’ नामक गीतको यो भिडियो उनकै युट्व च्यानलबाट साभार गरिएको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बेल्जियममा नेपाल महोत्सव आयोजना गरिँदै बेल्जियममा नेपाल महोत्सव आयोजना गरिँदै

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ब्रसेल्स । ‘नेपाली कला संस्कृतिको संरक्षण गरौं,...

एक सन्काहा थाई सैनिक : जसले लिए एकैदिन २० को ज्यान एक सन्काहा थाई सैनिक : जसले लिए एकैदिन २० को ज्यान

२०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२० बैंकक । थाइल्याण्डको राजधानी बैंककबाट उत्तरपूर्वमा...

भारतमा कोरोना : एकैदिन १२१ को मृत्यु, ३४७५ नयाँ विरामी थपिए, संक्रमितको संख्या ७४ हजार नाघ्यो भारतमा कोरोना : एकैदिन १२१ को मृत्यु, ३४७५ नयाँ विरामी थपिए, संक्रमितको संख्या ७४ हजार नाघ्यो

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०नयाँदिल्ली । भारतमा पछिल्ला दिनहरुमा कोरोना भाइरसले...

New Height of Mount Everest 8848.68 metres New Height of Mount Everest 8848.68 metres

२०७७ मंशिर २३ गते मंगलबार

08, December, 2020 THE HIGHEST POINT on Earth has a...

Top