Best Khabar Team | २०७६ माघ ७ गते मंगलबार

काठमाडौंको पश्चिमी छिमेकी जिल्ला धादिङ्ग । काठमाडौंबाट मलेखु हुँदै करिब ९० किलोमिटरको यात्रा पछि पुगिन्छ धादिङ्गबेसी । अनि जिल्ला सदरमुकाम धादिङ्गबेसीबाट २८ किलोमिटर पारगरेपछि पुगिने ठाउँ हो सल्यानटार । पोहोरसम्म सल्यानटारसम्म गाडी पुग्न निक्कै ठूलो हण्डर खेप्नुपर्दथ्यो । यो वर्ष सडक कालोपत्र भएपछि सल्यानटारसम्म त सजिलै गाडी पुग्छ । तर त्यही सल्यानटार हुँदै आगिञ्चोक तर्फ अघि बढ्दा ४ किलोमिटर अगाडीको बाटोले सरकारलाई ‘कुरीकुरी’ गरिरहेको छ ।
जिल्लाको दर्जनौं गाउँका बासिन्दा ओहोर दोहोर गर्ने यो बाटो काठमाडौंको नयाँबसपार्कबाट मुस्किलले १ सय २५ किलोमिटरको दुरीमा छ । तर माघमा पनि गाडी धकेलेर र बाटो खनेरै गाडी लैजानुपर्ने बाध्यताले कुनै दुर दराजको जिल्लाको सडकको छनक दिने गरेको छ । थोरै पानी पर्दापनि यो क्षेत्रको सडक हिलाम्मे हुन्छ ।
प्रस्तुत भिडियोमा हामीले आगिञ्चोकमा सडक विग्रिएको छ भन्ने थाहा पाएपछि गाडीका ‘स्टाफले’ विग्रिएको सडकबाट गाडी उतार्न स्थानीय टारीबेसीबाट बालुवा लिएर अगडि बढेपछिका केही दृष्यहरु समावेश गरेका छौं । काठमाडौंबाट नजिकैको यो ठाउँमा मध्य हिउँदमा देखिएको सडक सकसले सरकार र स्थानीय जनप्रतिनिधिहरुलाई ‘कुरीकुरी’ गरिरहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
विश्वका अर्बपतीको सूचीमा रहेका आचार्य बालकृष्ण जब ४० वर्षपछि दशैं मनाउन स्याङ्गजाको जन्मघर फर्किए……
२०८० कार्तिक ९ गते बिहिबार
भारतको हरिद्वारमा रहेको पतञ्जली योगपीठका संस्थापक एवं सञ्चालक बालकृष्ण...
दुर्घटनामा सर्वसाधारणको ज्यान गैरहँदा नियमक निकाय भने डम्फू बजाउनमै भनेव्यस्त
२०७६ पुष २ गते बुधबार
१८ डिसेम्बर, २०१९ काठमाडौं । मुलुकमा पछिल्ला वर्षहरुमा सडक...
आवास पूर्ननिर्माणको अनुदान लिने अन्तिम मिति पुस १५ : प्राधिकरण
२०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०काठमाडौं । भूकम्पले घर भत्काएका वा क्षति...
चितवनको बाँदरमूढे काण्डको १४ वर्ष वित्यो, पिडित अझै अन्यायमै
२०७६ जेठ २३ गते बिहिबार
०६ जुन, २०१९ काठमाडौं । तत्कालीन विद्रोही माओवादीले चितवनको...
Top