Best Khabar Team | २०७७ श्रावण ९ गते शुक्रबार
२४ जुलाई, २०२०
बेइजिङ्ग, चीन । शुक्रबार मध्यरातसम्म अमेरिकाको टेक्सासस्थित चिनियाँ वाणिज्य दूतावास बन्द गर्नका लागि चीनलाई अमेरिकाले चेतावनी दिएपछि त्यसको जवाफमा चीनले पनि आफ्नो भूमिमा रहेको चिनियाँ वाणिज्य दूतावास बन्द गर्न अमेरिकालाई आग्रह गरेको छ । चीनको दक्षिण–पश्चिमी सहर छेङ्दुमा रहेको अमेरिकी बाणिज्य दुतावासलाई तत्काल बन्द गर्नका लागि चीनले अमेरिकालाई भनेको हो ।

पछिल्लो समयमा कोरोना भाइरस चीनले ल्याबमा उत्पादन गरेर विश्वभर फैलाएको आरोप अमेरिकाले चीनमाथि लगाउँदै आएपछि यी दुईदेशबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको छ । अमेरिकाले चीनले भाइरसको बहानामा आफ्नो व्यापारमा एकल साम्राज्य स्थापित गरेको आरोप लगाउँदै आएको छ । चिनियाँ विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर अमेरिकाले हालै टेक्सासमा रहेको आफ्नो बाणिज्य दूतावास बन्द गर्न निर्देशन दिनु अत्यन्तै अनुचित कार्य भएको भन्दै त्यसको जावफमा आफूहरुले पनि छेङ्दुमा रहेको वाणिज्य दूतावास बन्द गर्न भनेको स्पष्ट पारेको छ ।
अमेरिकाले चीनमाथि विभिन्न खाले आरोप लगाउँदै आएको दूतावास बन्द गर्नका लागि निर्देशन दिने कार्यले उत्पन्न परिस्थितिको भागिदार पनि अमेरिका नै विज्ञप्तिमा उल्लेख छ । बिबिसीका अनुसार सन् १९८५ मा चीन स्वासासित तिब्बतको नजिक छेङ्दु शहरमा स्थापना भएको अमेरिकी वाणिज्य दूतावासमा २ सय भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् ।
केही समयअघि अमेरिकाले आफ्नो अमेरिकाको टेक्सासमा रहेको वाणिज्य दूतावास बन्द गर्न चीनलाई निर्देशन दिएको थियो । त्यसको समयसीमा शुक्रबारसम्मका लागि तोकिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
एक्कासी कसरी थपिए चीनमा एकैदिन झण्डै १३ सय मृतक ?
२०७७ बैशाख ५ गते शुक्रबार
१७ अप्रिल, २०२० बेइजिङ्ग । चीनमा कोरोना भाइरसका कारण...
केन्यामा इस्लामिक लडाकूको आक्रण, १ अमेरिकी सैनिकसहित ३ को मृत्यु
२०७६ पुष २१ गते सोमबार
०६ जनवरी, २०२० काठमाडौं । केन्याको राजधानी नैरवीस्थित एक...
कास्कीमा बैशाख मसान्तसम्म निषेधाज्ञा जारी : दैनिक उपभोग्य सामग्रीको पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने
२०७८ बैशाख १९ गते आइतबार
०२ मे, २०२१लेकसाईड (पोखरा), कास्की । पछिल्ला दिनमा जिल्लाका...
स्पेनमा पछिल्लो २४ घण्टामा मात्रै थप ५५२ जनाको मृत्यु, मृतकको संख्या साढे ५ हजार नाघ्यो
२०७६ चैत्र १५ गते शनिबार
२८ मार्च, २०२०बेल्जियम । कोरोना भाइरस (कोभिड १९) को...
Top