Best Khabar Team | २०७७ श्रावण ९ गते शुक्रबार
२४ जुलाई, २०२०
बेइजिङ्ग, चीन । शुक्रबार मध्यरातसम्म अमेरिकाको टेक्सासस्थित चिनियाँ वाणिज्य दूतावास बन्द गर्नका लागि चीनलाई अमेरिकाले चेतावनी दिएपछि त्यसको जवाफमा चीनले पनि आफ्नो भूमिमा रहेको चिनियाँ वाणिज्य दूतावास बन्द गर्न अमेरिकालाई आग्रह गरेको छ । चीनको दक्षिण–पश्चिमी सहर छेङ्दुमा रहेको अमेरिकी बाणिज्य दुतावासलाई तत्काल बन्द गर्नका लागि चीनले अमेरिकालाई भनेको हो ।

पछिल्लो समयमा कोरोना भाइरस चीनले ल्याबमा उत्पादन गरेर विश्वभर फैलाएको आरोप अमेरिकाले चीनमाथि लगाउँदै आएपछि यी दुईदेशबीचको सम्बन्ध थप तनावपूर्ण बन्दै गएको छ । अमेरिकाले चीनले भाइरसको बहानामा आफ्नो व्यापारमा एकल साम्राज्य स्थापित गरेको आरोप लगाउँदै आएको छ । चिनियाँ विदेश मन्त्रालयले एक विज्ञप्ति निकालेर अमेरिकाले हालै टेक्सासमा रहेको आफ्नो बाणिज्य दूतावास बन्द गर्न निर्देशन दिनु अत्यन्तै अनुचित कार्य भएको भन्दै त्यसको जावफमा आफूहरुले पनि छेङ्दुमा रहेको वाणिज्य दूतावास बन्द गर्न भनेको स्पष्ट पारेको छ ।
अमेरिकाले चीनमाथि विभिन्न खाले आरोप लगाउँदै आएको दूतावास बन्द गर्नका लागि निर्देशन दिने कार्यले उत्पन्न परिस्थितिको भागिदार पनि अमेरिका नै विज्ञप्तिमा उल्लेख छ । बिबिसीका अनुसार सन् १९८५ मा चीन स्वासासित तिब्बतको नजिक छेङ्दु शहरमा स्थापना भएको अमेरिकी वाणिज्य दूतावासमा २ सय भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् ।
केही समयअघि अमेरिकाले आफ्नो अमेरिकाको टेक्सासमा रहेको वाणिज्य दूतावास बन्द गर्न चीनलाई निर्देशन दिएको थियो । त्यसको समयसीमा शुक्रबारसम्मका लागि तोकिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरियामा कोरोना कहर : सुरक्षित रहन नेपालीलाई दूतावासको आग्रह
२०७६ फाल्गुन ११ गते आइतबार
२३ फेब्रुअरी, २०२०सोल । दक्षिण कोरियामा पछिल्लो केहीदिनयता तीव्र...
युरोपका थप तीन देशका नागरिकलाई त्रिभवुन विमानस्थलमा तत्काल भिषा दिन रोक लगाईयो
२०७६ फाल्गुन २६ गते सोमबार
०९ मार्च, २०२०काठमाडौं । सरकारले कोरोनाको कारण विश्वभर भएको...
हेटौंडामा गाँजा तस्कर समात्न २ राउन्ड हवाई फायर
२०७६ पुष १९ गते शनिबार
०४ जनवरी २०२० हेटौंडा । मकवानपुरमा प्रहरीले गाँजा तस्कर...
पाटनको चर्चमा गायिका अन्जु पन्तको विवाह
२०७७ फाल्गुन १२ गते बुधबार
२४ फेब्रुअरी, २०२१काठमाडौं । चर्चित गायिका अञ्जु पन्त दोश्रोपटक...
Top