बेल्जियममा मे ३ सम्म लकडाउन, आउँदो अगस्टसम्म सामूहिक भेला र भोज गर्न रोक

Best Khabar Team | २०७७ बैशाख ३ गते बुधबार


१५ अप्रिल, २०२०
लिंकरोभर । युरोपको राजधानीको रुपमा रहेको बेल्जियममा कोरोना भाइरसको संक्रमण फैलन नदिनँ यहाँको सरकारले लकडाउनको समय लम्ब्याएको छ । बेल्जियम सरकारले मे ३ सम्मका लागि मुलुकभर जारी लकडाउनको समयावधि लम्ब्याउने निर्णय गरेको हो । लकडाउनको समयमा पनि अत्यावश्यक सेवा प्रवाहमा कुनै रोक नलगाईने सरकारको भनाई छ ।

यहाँको सरकारले आज आगामी मे ३ तारिखसम्म बेल्जियममा जारी लकडाउनको समय लम्ब्याउने घोषणा गरेको हो । त्यसपछि अवस्था हेरेर थप के गर्ने भन्ने विषयमा निर्णय लिने बताइएको छ । यसैबीच बेल्जियम सरकारले सार्वजनिक सभा, समारोह, भोज, पार्टी तथा धेरै मानिसहरु भेला हुने कार्यक्रमहरु गर्न भने आगमी ४ महिनाको लागि रोक लगाएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएका कारण सरकारले आगामी अगस्ट ३१ तारिखसम्मका लागि देशभर कुनैपनि स्थानमा सभा, समारोह, भोज तथा पार्टी गर्न नपाइने गरी सार्वजनिक सूचना जारी गरेको हो । यो सँगै बेल्जियममा यसवर्षको पर्यटक सिजनमा पर्यटकको आवागमन ठप्प हुने निश्चित छ ।

विशेष गरी मे, जुन जुलाई र अगस्ट महिनामा यहाँको तापक्रम केही तातो हुने हुनाले पर्यटकहरु आउने गर्दछन् । तर यो वर्ष विश्वभर नै कोरोनाको संक्रमण बढ्दै गएका कारण तथा बेल्जियम सरकारले स्वयं देशभित्र धेरै मानिसहरुको जमघट गर्न अगस्टसम्मका लागि रोक लगाएका कारण यो वर्षको पर्यटक सिजन सून्य हुने पक्कापक्की भएको हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पहाडको खोँचमा आफ्नो सौन्दर्य पोख्ने गज्जबकी दिदीबहिनी गंगाजमुना पहाडको खोँचमा आफ्नो सौन्दर्य पोख्ने गज्जबकी दिदीबहिनी गंगाजमुना

२०७६ मंशिर २३ गते सोमबार

गंगाजमुना अर्थात् गंगा र जमुना, दुई दिदीबहिनी । विशेष...

आज प्रणय दिवस, नेपालमा १ करोड बढीको गुलाब फूलमात्रै आयात आज प्रणय दिवस, नेपालमा १ करोड बढीको गुलाब फूलमात्रै आयात

२०७६ फाल्गुन २ गते शुक्रबार

१४ फेब्रुअरी, २०२० काठमाडौं । आज अँग्रेजी पात्रो अनुसार...

बिहीबारबाट एकसाता निषेधाज्ञा : उपत्यका छिर्नेले अनिवार्य क्वारेन्टाइन बस्नैपर्ने (विज्ञप्तिसहित) बिहीबारबाट एकसाता निषेधाज्ञा : उपत्यका छिर्नेले अनिवार्य क्वारेन्टाइन बस्नैपर्ने (विज्ञप्तिसहित)

२०७८ बैशाख १३ गते सोमबार

२६ अप्रिल, २०२१काठमाडौं । सरकारले कोरोना संक्रमितको संख्या तीब्रगतिमा...

सेनाको गाडी सडकबाट छाँगामा खस्यो, १ को मृत्यु, ६ घाइते सेनाको गाडी सडकबाट छाँगामा खस्यो, १ को मृत्यु, ६ घाइते

२०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२० सल्यान । नेपाली सेनाको एउटा गाडी...

Top