कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ लाख नाघ्यो, विश्वभरको पर्यटकीय गतिविधि ठप्प

Best Khabar Team | २०७७ जेठ १ गते बिहिबार


१४ मे, २०२०
काठमाडौं । महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ३ लाख नाघेको छ । कोरोना भाइरसबारे प्रत्यक्ष रिर्पोटिङ्ग गर्ने ओल्डोमिटर डटकमले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार राती नेपाली समय १० बजेसम्ममा विश्वका विभिन्न मुलुकबाट ३ लाख २ सय २० जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यस्तै ४४ लाख ७८ हजार ५ सय ६५ जना संक्रमित बनेका छन् ।

संक्रमितमध्ये १६ लाख ८२ हजार ८ सय ७२ जना उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्केका छन् । कोरोनाका कारण सबैभन्दा धेरै प्रभावित भएको देशको पहिलो नम्बरमा अहिले अमेरिका परेको छ । अमेरिकामा हालसम्म कोरोनाका कारण ८५ हजार ४ सय ६३ जनाले ज्यान गुमाईसकेका छन् । अमेरिकामा १४ लाख ३६ हजार ५ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ३ लाख १० हजार ८ सय ३४ जना निको भएका छन् । यस्तै स्पेनमा २ लाख २७ हजार ६ सय ४६ जना संक्रमित भएका छन् भने २७ हजार ३ सय २१ जनाले ज्यान गुमाएका छन् ।

यस्तै रसियामा २ लाख ५२ हजार २ सय ४५ संक्रमित देखिएका छन् भने २ हजार ३ सय ५ जनाको ज्यान गएको छ । बेलायतमा २ लाख ३३ हजार १ सय ५१ जना संक्रमितमध्ये ३३ हजार ६ सय १४ जनाको ज्यान गएको छ । यस्तै इटलीमा २ लाख २३ हजार ९६ जना संक्रमित भेटिएका छन् । इटलीमा हालसम्म ३१ हजार ३ सय ६८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

इटलीपछि युरोपेली मुलुक फान्समा २७ हजार ७४ जना, जर्मनीमा ७ हजार ८ सय ६८ जना, ब्राजिलमा १३ हजार ५ सय ५१ जना, टर्कीमा ३ हजार ९ सय ५२ र इरानमा ६ हजार ८ सय ५४ जनाको ज्यान गएको छ । यस्तै चीनमा ४ हजार ६ सय ३३ जनाको ज्यान कोरोनाका कारण गएको छ । भारतमा २ हजार ५ सय ६४ जनाको ज्यान कोरोनाका कारण गएको छ । कोरोनाका कारण विश्वका १ सय ९५ भन्दा बढी मुलुकहरु प्रभावित बनेका छन् ।

जसका कारण विश्वभरको पर्यटकीय तथा आर्थिक गतिविधि थप्पप्राय बनेको छ । गर्मीका महिनामा करोडौं पर्यटकको चहलपहल हुने विश्वका विकसित देशहरु तथा युरोपेली मुलुकहरुमा यतिबेला पर्यटकहरु सून्य छन् । जसका कारण एयरलाईन्स कम्पनी, होटल तथा रेस्टुरेन्ट सञ्चालकलगायतले करोडौंको क्षति बेहोर्नुपरेको छ ।

यो वर्ष विश्वभर कोरोनाको त्रास जारी रहेका कारण पर्यटकीय गतिविधिमा निक्कै ह्रास आउने अनुमान यस क्षेत्रका विज्ञहरुले गरेका छन् । जसका कारण नेपाललगायत विश्वका विभिन्न पर्यटकीय क्षेत्रमा काम गर्ने लाखौं कामदार प्रभावित भएका छन् । यस्तै हजारौंको जागिर समेत गुमेको छ ।

गत डिसेम्बरको अन्तिम साता चीनको बुहान प्रान्तबाट देखिएको कोरोना भाइरसले यतिबेला विश्वभर ताण्डब मच्चाईरहेको छ । हालसम्म कोरोना नियन्त्रणको लागि न कुनै औषधी उपयोगी सिद्ध बनेको न त कुनै भ्याक्सिन नै बनेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

माओवादीका केन्द्रीयसहित ८ नेताकार्यकर्ता पक्राउ माओवादीका केन्द्रीयसहित ८ नेताकार्यकर्ता पक्राउ

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ काठमाडौं । नेत्र विक्रम चन्द नेतृत्वको...

देशभर बाढीको ताण्डव, पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध, हुम्लामा हिमपहिरोको खतरा बढेको भन्दै स्थानीयलाई सतर्क गराईयो देशभर बाढीको ताण्डव, पृथ्वी राजमार्ग पूर्णरुपमा अवरुद्ध, हुम्लामा हिमपहिरोको खतरा बढेको भन्दै स्थानीयलाई सतर्क गराईयो

२०७७ श्रावण ५ गते सोमबार

२० जुलाई, २०२०काठमाडौं । अविरल वर्षासँगै आएको बाढि पहिरोमा...

झापा, रौतहट, बाग्लुङ् र मकवानपुरमा थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ८ सय नाघ्यो झापा, रौतहट, बाग्लुङ् र मकवानपुरमा थपिए कोरोना संक्रमित, संक्रमितको संख्या ८ सय नाघ्यो

२०७७ जेठ १४ गते बुधबार

२७ मे, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा आजपनि कोरोना...

Top