एनसेलले बुझायो ४ अर्ब ५० करोड कर, अझै १९ अर्ब बुझाउन बाँकी

Best Khabar Team | २०७६ पुष १५ गते मंगलबार


३१ डिसेम्बर, २०१९
काठमाडौं । निजी दुरसञ्चार सेवा प्रदायक एनएलले सरकारलाई बुझाउनुपर्ने लाभकर मध्ये ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको छ । सरकारले यसअघि १५ दिनको समय दिएर अन्तिम पटकको लागि कर चुक्ताको लागि आग्रह गरेको भएपनि एनसेलले पूरै लाककर तिर्न भने आनाकानी गरिरहेको छ ।

लाभकर, व्याज हर्जनासहित एनसेलमाथि सरकारले २२ अर्ब ६८ करोड रुपैयाँ बुझाउन निर्देशन दिएको थियो, तर उसले आज ठूला करदाता सेवा कार्यालयमा पुगेर ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको हो भने बाँकी लाभकर बुझाउनका लागि आगामी असार मसान्तसम्मको समय माग गरेको छ ।

यो विषयमा ठूला करदाता सेवा कार्यालय भने केही प्रतिक्रिया जनाएको छैन । विगत लामो समयदेखि लाभकर बुझाउन एनसेलले आनाकानी गरेपछि कर बुझाउनका लागि एनसेललाई चौतर्फी दबाब परेको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विदेशी सैनिकलाई तत्काल देश छाड्न इराकी संसदको निर्देशन विदेशी सैनिकलाई तत्काल देश छाड्न इराकी संसदको निर्देशन

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० बग्दाद । इराकले देशमा तैनाथ सबै...

‘अब्बल विकास बैंक’ बनाउने कामना सेवाको उद्घोष ‘अब्बल विकास बैंक’ बनाउने कामना सेवाको उद्घोष

२०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२० काठमाडौं । अहिलेको प्रधिस्पर्धात्मक बैकिङ्ग बजारमा...

आज प्रणय दिवस, नेपालमा १ करोड बढीको गुलाब फूलमात्रै आयात आज प्रणय दिवस, नेपालमा १ करोड बढीको गुलाब फूलमात्रै आयात

२०७६ फाल्गुन २ गते शुक्रबार

१४ फेब्रुअरी, २०२० काठमाडौं । आज अँग्रेजी पात्रो अनुसार...

हिरासतमुक्त भएलगत्तै गजुरेलले भने : कालापानीबाट भारतीय सेना हटाउँछौं हिरासतमुक्त भएलगत्तै गजुरेलले भने : कालापानीबाट भारतीय सेना हटाउँछौं

२०७६ पुष १४ गते सोमबार

३० डिसेम्बर, २०१९ काठमाडौं । सिमा मिचिएको विषयमा ज्ञापन...

Top