कास्कीमा बैशाख मसान्तसम्म निषेधाज्ञा जारी : दैनिक उपभोग्य सामग्रीको पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने

Best Khabar Team | २०७८ बैशाख १९ गते आइतबार


०२ मे, २०२१
लेकसाईड (पोखरा), कास्की । पछिल्ला दिनमा जिल्लाका विभिन्न स्थानमा कोरोना भाइरसका संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेपछि बैशाख २१ गते मंगलबार बिहानदेखि लागू हुनेगरी बैशाखभर निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाका बेला अत्यावश्यक सेवामा रहेका सवारी साधनबाहेक अन्य निजी तथा सार्वजनिक गाडी सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ ।

तस्वीर : आशिष पुरी ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार आगामी बैशाख २१ गते मंगलबार बिहान ६ बजेदेखि बैशाख ३१ गते मध्यरातसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । यसअघि कास्कीमा जोर विजोरका आधारमा सवारी साधन सञ्चालनको अनुमति दिइएको भएपनि अब मंगलबारबाट भने अत्याश्यक सामग्री एवं मालवाहक ढुवानीका सवारी साधन, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलगायतका अत्यावश्यक सेवा भनेर सरकारले तोकेका क्षेत्रमा कार्यरत व्यक्ति र उनीहरुले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सञ्चालनमा रोक लगाइएको छ । यस अवधिमा सभा, समारोह, मेला, महोत्सवलगायत सञ्चालनमा पनि रोक लगाइएको छ । यस अवधिमा दैनिक उभोग्यय बस्तुको पसल बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा सम्बन्धी सूचना ।

औषधी पसल बाहेक अन्य सबै पसलहरु यस अवधिमा बन्द गर्नुपर्ने स्थानीय प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । अत्यावश्यक कामले बाहिर निस्कनेहरुको हकमा भने अत्यावश्यक कार्यालय भनेर सरकारले तोकेको कार्यालयका सवारी साधन, त्यसमा सवार कर्मचारीको परिचयपत्र अनिवार्य रुपमा देखाउनुपर्ने व्यवस्था गरिएको छ। नियम नमान्नेलाई कारबाहीको दायरामा ल्याउन तथा अनुगमनका लागि सडकमा व्यापक मात्रामा प्रहरी परिचालन गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतीय अतिक्रमणका विरुद्द आजपनि काठमाडौंमा प्रदर्शन, दर्जनौं विद्यार्थी पक्राउ भारतीय अतिक्रमणका विरुद्द आजपनि काठमाडौंमा प्रदर्शन, दर्जनौं विद्यार्थी पक्राउ

२०७७ बैशाख २८ गते आइतबार

१० मे, २०२०काठमाडौं । भारतले नेपाली भूमिहुँदै तिब्बतको कैलाश...

धादिङ्की गर्भवती महिलामा कोरोना : प्रसुती गृहबाट टेकु पठाइँदै धादिङ्की गर्भवती महिलामा कोरोना : प्रसुती गृहबाट टेकु पठाइँदै

२०७७ जेठ २० गते मंगलबार

०२ जुन, २०२०धादिङ्बेसी । धादिङ् जिल्ला स्थायी घर भएकी...

पूर्वप्रम भट्टराईको ट्वीट ‘विवादित’ पूर्वप्रम भट्टराईको ट्वीट ‘विवादित’

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२० काठमाडौं । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले...

के नेपालमा उल्का पिण्ड खसेकै हो त ? के नेपालमा उल्का पिण्ड खसेकै हो त ?

२०७६ चैत्र १३ गते बिहिबार

२६ मार्च, २०२० पोखरा । आज राती करिब ८...

Top