कास्कीमा बैशाख मसान्तसम्म निषेधाज्ञा जारी : दैनिक उपभोग्य सामग्रीको पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने

Best Khabar Team | २०७८ बैशाख १९ गते आइतबार


०२ मे, २०२१
लेकसाईड (पोखरा), कास्की । पछिल्ला दिनमा जिल्लाका विभिन्न स्थानमा कोरोना भाइरसका संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेपछि बैशाख २१ गते मंगलबार बिहानदेखि लागू हुनेगरी बैशाखभर निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाका बेला अत्यावश्यक सेवामा रहेका सवारी साधनबाहेक अन्य निजी तथा सार्वजनिक गाडी सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ ।

तस्वीर : आशिष पुरी ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमका अनुसार आगामी बैशाख २१ गते मंगलबार बिहान ६ बजेदेखि बैशाख ३१ गते मध्यरातसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । यसअघि कास्कीमा जोर विजोरका आधारमा सवारी साधन सञ्चालनको अनुमति दिइएको भएपनि अब मंगलबारबाट भने अत्याश्यक सामग्री एवं मालवाहक ढुवानीका सवारी साधन, सञ्चारकर्मी, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलगायतका अत्यावश्यक सेवा भनेर सरकारले तोकेका क्षेत्रमा कार्यरत व्यक्ति र उनीहरुले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सञ्चालनमा रोक लगाइएको छ । यस अवधिमा सभा, समारोह, मेला, महोत्सवलगायत सञ्चालनमा पनि रोक लगाइएको छ । यस अवधिमा दैनिक उभोग्यय बस्तुको पसल बिहान ५ बजेदेखि ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा सम्बन्धी सूचना ।

औषधी पसल बाहेक अन्य सबै पसलहरु यस अवधिमा बन्द गर्नुपर्ने स्थानीय प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । अत्यावश्यक कामले बाहिर निस्कनेहरुको हकमा भने अत्यावश्यक कार्यालय भनेर सरकारले तोकेको कार्यालयका सवारी साधन, त्यसमा सवार कर्मचारीको परिचयपत्र अनिवार्य रुपमा देखाउनुपर्ने व्यवस्था गरिएको छ। नियम नमान्नेलाई कारबाहीको दायरामा ल्याउन तथा अनुगमनका लागि सडकमा व्यापक मात्रामा प्रहरी परिचालन गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सोमबारबाट देशभर लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाईयो सोमबारबाट देशभर लामो दुरीका सवारी साधन सञ्चालनमा रोक लगाईयो

२०७६ चैत्र ७ गते शुक्रबार

२० मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको विश्वभर...

गंगाजमुना गाउँपालिकाको गज्जबको काम : विदेशबाट आउनेको नाम, ठेगाना र मोबाइल नम्बर सार्वजनिक, कोरोना सचेतनामा गाउँपालिका एककदम अगाडि गंगाजमुना गाउँपालिकाको गज्जबको काम : विदेशबाट आउनेको नाम, ठेगाना र मोबाइल नम्बर सार्वजनिक, कोरोना सचेतनामा गाउँपालिका एककदम अगाडि

२०७६ चैत्र १७ गते सोमबार

३० मार्च, २०२० धादिङ्गबेसी । धादिङ्गको गंगाजमुना गाउँपालिकाले पछिल्लो...

झुण्डिएको अवस्थामा कर्मचारीको शव भेटिएपछि अस्पताल तोडफोड झुण्डिएको अवस्थामा कर्मचारीको शव भेटिएपछि अस्पताल तोडफोड

२०७६ असार ३ गते मंगलबार

१७ जुन, २०१८ काठमाडौं । अस्पतालमा कार्यरत एक महिलाको...

Top