प्रेम प्रस्ताव अस्वीकारको बहानामा काठमाडौंमा ‘तेजाव’ आक्रमण भएको खुलासा : दुई पक्राउ

Best Khabar Team | २०७७ श्रावण ९ गते शुक्रबार


२४ जुलाई, २०२०
काठमाडौं । काठमाण्डौंको सितापाईलामा हिजो साँझ एक युवतीमाथि तेजाब (एसिड) आक्रमणमा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकजना भारतीय र एक नेपाली नागरिक रहेका छन् । पक्राउ परेकाहरुले दिएको बयानका आधारमा युवतीले प्रेम प्रस्ताव अस्वीकार गरेको बहानामा अभियुक्तहरुले तेजाब आक्रमण गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारतका मुन्ना मोहमम्द र रौतहटका मोहम्मद आलम रहेका छन् । मुन्ना काठमाडौंको डल्लुमा कालीगढको रुपमा कार्यरत रहेको पनि प्रहरीले जनाएको छ । घटनास्थलमा रहेको सिसिटिभी क्यामेराको सहायतामा आक्रमणकारीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । हिजो साँझ ओखलढुंगाकी पवित्रा कार्कीमाथि काठमाडौंको सितापाइलामा मोहमम्दकै निर्देशनमा भारतीय नागरिक मुन्नाले एसिड हानेको प्रहरीको भनाई छ ।

प्रहरीले उनीहरुलाई पक्राउ गरेसँगै आज सार्वजनिक गरेको छ । रक्सीको बोतलमा एसिड भरेर मुन्नाले दहि किन्न सितापाईलातर्फ जाँदै गरेको बेला कार्कीमाथि आक्रमण गरेको प्रहरी बयानमा बताएका छन् । आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अघि बढाएको छ भने घाइते युवतीलाई अहिले काठमाडौंको कीर्तिपुरमा उपचारार्थ भर्ना गरिएको छ ।

घटनाको मुख्य योजनाकार मोहम्मदले ती युवतीसँग प्रेम प्रस्ताव राखेको र ती युवतिले आफ्नो अर्कै केटासँग प्रेमसम्बन्ध रहेको बताएपछि मोहम्मदले घटनाको योजना बनाएका थिए । मोहम्मद र युवतीबीच केही समययता चिनजान रहेको बुझिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

एनसेललाई दोश्रो पत्र : १५ दिनभित्र करचुक्ता नगरे कडा कारबाहीको चेतावनी एनसेललाई दोश्रो पत्र : १५ दिनभित्र करचुक्ता नगरे कडा कारबाहीको चेतावनी

२०७६ पुष ६ गते आइतबार

२३ डिसेम्बर, २०१९ काठमाडौं। निजी मोबाइल सेवा प्रदायक एनसेललाई...

नेपालमा कोरोना : संक्रमित ४८७ पुगे, ७० को उपचार सफल, ३ को मृत्यु नेपालमा कोरोना : संक्रमित ४८७ पुगे, ७० को उपचार सफल, ३ को मृत्यु

२०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ४...

पुर्ननिर्माण प्राधिकरणका प्राविधिकले दिए सरकारलाई १ हप्ते अल्टिमेटम पुर्ननिर्माण प्राधिकरणका प्राविधिकले दिए सरकारलाई १ हप्ते अल्टिमेटम

२०७५ चैत्र १२ गते मंगलबार

२६ मार्च, २०१७ काठमाडौं । सरकारले एक हप्ताभित्र आफ्ना...

अफगानिस्तानको हिन्दुकुश पर्वमा भूकम्प, पाकिस्तान र भारतमा समेत धक्का अफगानिस्तानको हिन्दुकुश पर्वमा भूकम्प, पाकिस्तान र भारतमा समेत धक्का

२०७६ पुष ४ गते शुक्रबार

२० डिसेम्बर, २०१९ कान्दाहार । अफगानिस्तानको हिन्दुकुश पर्वतमा आज...

Top