विश्वका अर्बपतीको सूचीमा रहेका आचार्य बालकृष्ण जब ४० वर्षपछि दशैं मनाउन स्याङ्गजाको जन्मघर फर्किए……

Best Khabar Team | २०८० कार्तिक ९ गते बिहिबार


भारतको हरिद्वारमा रहेको पतञ्जली योगपीठका संस्थापक एवं सञ्चालक बालकृष्ण आचार्यले जन्मघरमा परिवारसँग दशैं नमनाएको ४० वर्ष भै सकेको थियो । विगत ४० वर्षदेखि आफ्नो छोरालाई घरमा टीका आर्शिवाद दिन नपाउँदा उनका बाबुआमा पनि एकप्रकारले निराश देखिन्थे । विश्वका विभिन्न देशमा पढ्न, कमाउन तथा अन्य कामका लागि पुगेका घर परिवारका सदस्य दशैंमा घर फर्केका देख्दा उनका बुबाआमाको मनमा कहिलेकाँही लाग्थ्यो– हाम्रो छोरा किन नफर्केको होला? योग र आयुर्वेदमा संसारमै विज्ञ कहलिएका र विश्वका अर्बपती धनी व्यक्तिहरुको सूचीमा रहेका बालकृष्ण रहरले गाउँ नफर्केका भने होइनन् । उनको सामाजिक जीवन, कार्यक्षेत्र तथा अन्य विभिन्न कार्यव्यस्तताका कारणले उनी चाहेरपनि आप्mना जन्मदिने बाबुआमाको हातबाट टीका लगाउन पाएका थिएनन् ।

तर ४० वर्षपछि उनले त्यो चाहना यस पटक पुरा गरे । सन्यासीहरुको एउटा जम्बो टोली लिएर आचार्य बालकृष्ण दशैंको टिकाको अघिल्लो दिन आफ्नो गाउँ नेपालको स्याङ्ग्जा जिल्लाको गल्याङ्ग नजिकैको भरुवा पुगेका थिए । विश्वमा प्रसिद्धि कमाएको आचार्य बालकृष्ण ४० वर्षपछि गाउँ फर्कँदा परिवार त खुसी थिए नै, सँगै सिँगो गाउँ, टोल र छिमेकी तथा गाउँलेहरु हर्षविभोर बनेका देखिन्थे । नसोचेको खुसी त्यो पनि आफ्नै आँगनमा मिल्दा आचार्य बालकृष्णका बुबाआमा र परिवारका अन्य सदस्यको आँखाबाट हर्षका आँसु खसेका देखिथ्यो । सँगै आचार्य बालकृष्ण पनि भाबुक देखिन्थे । विशुद्ध पारिवारिक भ्रमण र दशैं मनाउँनका लागि भारतको हरिद्वारबाट नेपाल आइपुगेका आचार्य बालकृष्ण १ सय ५० जना सहयोगी र सन्यासीको टोली लिएर स्याङ्गजा पुगेको थियो । २ दिन जन्मघरमै विताएका आचार्य बालकृष्णले परिवारका सदस्य र गाउँलेहरुसँग विगत र वर्तमानका सुख दुःख साटे ।

४० वर्षपछि गाउँमा फर्केर जन्मघरमा आमाबुबा, परिवार आफन्तको साथमा दशैं मनाउँन पाउँदा उनी अत्यन्तै हर्षित देखिन्थे । दशैंको टिका लगत्तै उनले आसपासका विभिन्न शक्तिपीठको दर्शन गरी उनी हरिद्वारा फर्किइसकेका छन् । भारत फर्कनुअघि उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै आफ्नो सनातन धर्म– संस्कृति समाज र परिवार जोड्ने सेतु भएको भन्दै यसको संरक्षण गर्नुपर्ने बताए । आचार्य बालकृष्ण भारतका ६८ औं धनी व्यक्तिको सूचीमा छन् । उनीसँग ३ अर्ब २० करोड डलरभन्दा बढी सम्पत्ति रहेको फोर्ब्स पत्रिकाको सूचीमा उल्लेख छ । विक्रम सम्वत् २०२९ साउन १९ गते भारतको हरिद्वारमा जन्मिएका आचार्य बालकृष्णलाई उनका बुबा परिवारसहित तीन महिनाको हुँदा नेपालको स्याङ्गजा जिल्लास्थित वालिङ्ग गाउँमा फर्किएका थिए । उनले विद्यालय शिक्षा अन्र्तगत कक्षा ५ सम्म तत्कालीन तेज प्रगति प्राथमिक विद्यालयमा अध्ययन गरेपनि त्यसपछि उनी भागेर भारत पुगेका थिए ।

स्याङ्गजाको एउटा सामान्य गाउँमा विद्यालयको प्रारम्भिक शिक्षा लिँदै गर्दा विद्यालय छाडेर भारत हानिएका आचार्य बालकृष्णले विगत ४० वर्षमा आर्युवेद र योगका विषयमा जे जस्तो खोज अनुसन्धान र प्रगति गरे त्यो सायदै कमैले गरेका होलान् । यस क्षेत्रमा निरन्तर कृयाशील आचार्य बालकृष्णले नामसँगै दाम पनि कमाए । त्यसैले त उनी विश्वका अर्बपतीको सूचीमा छन् । उनका व्यवसायीक साझेदार भारतका चर्चित योगगुरु रामदेव हुन् । जो आचार्य बालकृष्ण भारतमा वेद विद्याश्रममा पढ्दाका सहपाठी समेत हुन् । हाल रामदेव र आचार्य बालकृष्ण मिलेर हरिद्वारमा पतञ्जली योगपीठ सञ्चालन गरिरहेका छन् । जन्मघर पुगेर बुबाआमा र परिवारसँगै दशैं मनाउँदै गर्दै उनले फेसबुकमा भाबुस स्टयाटस्समेत लेखेका छन् ।

लगभग 40 वर्ष पूर्व एक बालक सनातन संस्कृति और विश्व के लिए कुछ करने की चाहना से अपने घर से अकेला निकला था, इन 40 वर्षों में उन बूढ़े मां-बाप की आंखें हमेशा राह निहारती थी कि विजयदशमी का त्यौहार आएगा हमारा बेटा कभी तो हमारे बीच होगा ! उन बूढ़ी आंखों में हर्ष का कोई ठिकाना नहीं रहा जब 40 वर्ष के बाद वह बेटा श्रद्धेय स्वामी जी के तप-पुरुषार्थ के बल से अपने परम तेजस्वी शताधिक सन्यासी व साधवियों के साथ उस छोटे गांव में लौटा, यह दृश्य ना केवल भाव विह्वल करने वाला था अपितु सबको रोमांचित करने वाला भी था। इस दृश्य का प्रत्यक्ष अनुभव मैं स्वयं अपने पुराने गांव में लौट कर कर रहा था। विजयदशमी की आप सबको हार्दिक मंगलकामनाएं, सबके जीवन में उल्लास हो, सबके जीवन में प्रकाश हो, सब आनंदित हों और सबका कल्याण हो

तस्वीरहरु : आचार्य बालकृष्णको फेसबुकबाट साभार ।


Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उपत्यकाका यी अस्पतालहरुमा लगाईन्छ कोरोनाविरुद्धको खोप (नामावलीसहित) उपत्यकाका यी अस्पतालहरुमा लगाईन्छ कोरोनाविरुद्धको खोप (नामावलीसहित)

२०७७ माघ १२ गते सोमबार

२५ जनवरी, २०२१काठमाडौं । आगामी बुधबारबाट सञ्चालनमा ल्याउन लागिएको...

तीन प्रधानमन्त्री जन्माउने कोइराला निवासमा ताला लाग्यो तीन प्रधानमन्त्री जन्माउने कोइराला निवासमा ताला लाग्यो

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९ काठमाडौं । नेपालको इतिहासमा एकैघरका तीनभाई...

विमान दुर्घटनामा पर्नेमा वीर अस्पतालका चिकित्सकदेखि लोकदोहोरी कलाकारसमेत (नामावलीसहित) विमान दुर्घटनामा पर्नेमा वीर अस्पतालका चिकित्सकदेखि लोकदोहोरी कलाकारसमेत (नामावलीसहित)

२०७९ माघ १ गते आइतबार

१५ जनवरी, २०१५चिप्लेढुंगा, पोखरा । पोखरामा आज बिहान भएको...

नेपालमा असार २१ (जुलाई ५) सम्मका लागि लम्बियो नियमित हवाई उडानमाथिको प्रतिबन्ध (विज्ञप्तिसहित) नेपालमा असार २१ (जुलाई ५) सम्मका लागि लम्बियो नियमित हवाई उडानमाथिको प्रतिबन्ध (विज्ञप्तिसहित)

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलनसक्ने...

Top