अवतरणका क्रममा टर्कीको इस्तानबुल एयरपोर्टमा यात्रुबाहक विमान ३ टुक्रा (फोटोफिचर)

Best Khabar Team | २०७६ माघ २२ गते बुधबार


०५ फेब्रुअरी, २०२०
इस्तानबुल । टर्कीको राजधानी स्तानबुलमा केहीबेरअघि यात्रुबाहक विमान अवतरणको क्रममा ३ टुक्रा भएको छ । स्थानीय सविया गोक्सन विमानस्थलमा १ सय ७७ यात्रु बोकेको पेगासस एयरको सो विमान एक्कासी तीन टुक्रा भएको थियो ।

अबतरणका क्रममा सो विमान रनवेमा चिप्लिँदा सो दुर्घटना भएको बताइएको छ । दुर्घटनामा २ दर्जन यात्रु घाइते भएको बताइएको छ । घाइतेहरुको टर्कीका विभिन्न अस्पतालमा उपचार भै रहेको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको स्थानीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

घटनालगत्तै विमानस्थलमा रहेको बारुणयन्त्र तथा सुरक्षाकर्मीहरु परिचालन गरी यात्रुहरुको उद्दारकार्य अघि बढाइएको थियो । सो घटनाको विषयमा विमानसेवा कम्पनी तथा विमानस्थलसम्बद्ध सुरक्षाअधिकारीहरुले जाँच प्रक्रिया अघि बढाएका छन् । सो विमान कहाँबाट कहाँ जादैथियो भन्ने केही खुल्न सकेको छैन ।

तस्वीर साभार : चाइना डेल्ली ।


Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतद्वारा अतिक्रमित भूमि समावेश गरी नयाँ नक्सा सार्वजनिक गर्ने सरकारको तयारी भारतद्वारा अतिक्रमित भूमि समावेश गरी नयाँ नक्सा सार्वजनिक गर्ने सरकारको तयारी

२०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौं । छिमेकी मुलुक भारतले सिमावर्ती...

धादिङ्गमा लगातार भूकम्पको धक्का : केही घरमा सामान्य क्षति धादिङ्गमा लगातार भूकम्पको धक्का : केही घरमा सामान्य क्षति

२०८० कार्तिक ५ गते आइतबार

२२ अक्टोबर, २०२३सल्यानटार, धादिङ्ग । धादिङ्गको ज्वालामूखि गाउँपालिका वडा...

नेपालमा कोरोना कहर : बैशाख १५ सम्म लम्बियो ‘लकडाउन’ नेपालमा कोरोना कहर : बैशाख १५ सम्म लम्बियो ‘लकडाउन’

२०७७ बैशाख २ गते मंगलबार

१४ अप्रिल, २०२० काठमाडौं । सरकारले कोरोना संक्रमण (कोभिड...

Top