Best Khabar Team | २०७६ चैत्र २१ गते शुक्रबार

०३ मार्च, २०२०
काठमाडौं । स्वास्थ्य मन्त्रालयले पोखरामा एक युवकमा कोरोनाको संक्रमण भएको भन्दै आएका समाचारहरुमा सत्यता नभएको स्पष्ट पारेको छ । मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा हालसम्म पोखरामा कसैमा पनि कोरोनाको संक्रमण पुष्टि भएको रिपोर्ट सार्वजनिक नभएको जनाएको छ । केही सञ्चारमाध्यमले पोखरामा भारतबाट फर्केका एक युवकमा कोरोनाको संक्रमण भएको भन्दै नेपालमा सातौं संक्रमित फेला परेको समाचार सार्वजनिक गरेपछि मन्त्रालयले यसको खण्डन गरेको हो ।

पोखरामा हालै कोरोना संक्रमण जाँच्ने मेसिन जडान गरिएको भएपनि कोही कसैमा पनि अहिलेसम्म कोरोनाको संक्रमण भएको पोखरास्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानले पुष्टि नगरेको मन्त्रालयले बताएको छ । मन्त्रालयले नेपालमा हालसम्म ६ जनामो कारोना संक्रमण भेटिएको पुष्टि भएको र एकजना उपचारपछि घर फर्किसकेको जनाएको छ ।
(समाचार स्रोतहरुको आधारमा बेस्टखबर डटकमले पनि पोखरामा कोरोना पुष्टि भएको भन्दै समाचार सार्वजनिक गरेको भएपनि स्वास्थ्य मन्त्रालयको यो औपचारिक जानकारी पछि क्षमा याचना सहित सो समाचार हटाइएको जानकारी गराउँदछौं । सम्पादक )
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
राष्ट्रिय सभाका रिक्त सदस्य चयनका लागि माघ ९ मा चुनाव प्रस्ताव
२०७६ मंशिर २३ गते सोमबार
१० डिसेम्बर, २०१९काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाका रिक्त...
दोलखाका खड्काको चीनमा निधन
२०७६ माघ ११ गते शनिबार
२५ जनवरी, २०२० बेइजिङ्ग । चीनको बुहानप्रान्तस्थित एक भारतीय...
खर्च धान्न नसकिने भन्दै संघीयता खारेजीको मागसहित संशोधन प्रस्ताव* दर्ता
२०७७ जेठ २१ गते बुधबार
०३ मे, २०२०काठमाडौं । मुलुकले संघीयता धान्न नसक्ने भन्दै...
पोर्चुगलमा बिहीबार एकैदिन ३५ जना कोरोना संक्रमित थपिए, सोमबारबाट सबै शैक्षिक संस्था बन्द हुँदै, देशव्यापी रुपमा ‘हाइ एलर्ट’ जारी गरियो
२०७६ फाल्गुन ३० गते शुक्रबार
१३ मार्च, २०२०पोर्तिमाउ । युरोपेली मुलुक पोर्चुगलमा पछिल्लो २...
Top