कोरोना भाइरसको प्रकोप बढेपछि जर्मनीमा हुने पर्यटन कुम्भमेला ‘आइटिबी बर्लिन २०२०’ स्थगित

Best Khabar Team | २०७६ फाल्गुन १६ गते शुक्रबार


२८ फेब्रुअरी २०२०
प्रतीक लामिछाने, लिंकरोभर, बेल्जियम । कोरोना भाइरस (कोभिड १९) को प्रकोप विश्वव्यापी बन्दै गएपछि जर्मनीको बर्लिनमा हरेक वर्ष आयोजना हुने विश्वभरका पर्यटन व्यवसायीको कुम्भमेला (आइटिबी बर्लिन २०२०) अन्तिम सममा आएर स्थगित भएको छ ।

विश्वका विभिन्न देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएका कारण ती देशबाट आउने पर्यटन व्यवसायी तथा अन्य प्रदर्शनीकर्ताहरुको स्वास्थ्य सुरक्षाका लागि भन्दै अन्तिम समयमा आएर आइटिबी बर्लिनको यो वर्षको संस्करण तत्कालका लागि स्थगित भएको घोषणा गरेको छ । आयोजकले आज साँझ एक विज्ञप्ति निकालेर विश्वव्यापी बन्दै गएको कोरोनाको संक्रमण र विश्वस्वास्थ्य संगठनको ‘गाइडलाईन’लाई सम्मान गर्दै तत्कालका लागि प्रदर्शनी स्थगित गर्नुपरेको जनाएको छ ।

आयोजकले मेला स्थगित भएको सूचनासहित पठाएको म्यासेज ।

आगामी मार्च ४ देखि ८ तारिखसम्म जर्मनीको बर्लिनस्थित मेसे बर्लिनमा आइटिबी बर्लिनको २०२० संस्करण आयोजना गर्ने तयारी अन्तिम चरणमा पुगेको थियो । प्रदर्शनीमा सहभागी हुन नेपाललगायत विश्वका करिब १ सय ७० भन्दा बढी देशका पर्यटन व्यवसायीहरुले स्टल बुक गरिसकेका थिए । तर विश्व श्वास्थ्य संगठनको निर्देशन र युरोपमा तीव्रगतिमा फैलिरहेको कोरोनाको संक्रमणका कारण बर्लिनको संघीय स्वास्थ्य तथा रक्षामन्त्रालयले मेला स्थगित गर्न निर्देशन दिएको आयोजकद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । यसको प्रकोप थप बढ्न नदिन तत्कालका लागि प्रर्दशनी स्थगित गर्नुपरेको आयोजकले जनाएको छ ।

आइटिबीको ५४ वर्षको इतिहासमा अन्तिम समयमा आएर विश्वव्यापी रुपमा देखिएको कोरोना भाइरसको कारण विशम परिस्थितिको सामना गर्नुपरेको भन्दै आयोजकले विश्वभरका पर्यटनव्यवसायीहरुसँग क्षमा समेत मागेको छ । प्रदर्शनी स्थगित भएको विषयमा आयोजकले स्टलबुक गरेका अधिकांश कम्पनी र तिनका प्रतिनिधीहरुलाई जानकारी समेत गराईसकेको छ । हरेक वर्षको मार्च महिनामा जर्मनीको बर्लिनमा हुने यो प्रदर्शनीलाई विश्वभरका पर्यटनव्यवसायीको कुम्भमेलाका रुपमा हेरिँदै आएको थियो । यो मेलालाई विश्वभरका ट्राभल्स तथा टुरिजम व्यवसायीको ‘लिडिङ्ग ट्रेड सो’ को रुपमा लिने गरिएको छ । जहाँ विश्वभरका पर्यटन व्यवसायी र अबलोकनकर्ता गरी ५ दिनमा लाखौंको सहभागिता रहने गर्दछ ।

आइटिबीको ५४ वर्षको इतिहाँसमा पहिलो पटक संक्रमणका कारण प्रर्दशनी स्थगित हुन पुगेको हो । आइटिबी बर्लिनमा कोरोनाको उद्गमथलो चीनलगायत कोरोनाबाट ग्रस्त दक्षिण कोरिया, जापान, इरान, इटलीलगायतका देशका सयौं पर्यटनव्यवसायीले आफ्नो व्यवसायको प्रबद्र्धनका लागि स्टल बुक गरेका थिए । यो मेलामा विश्वभरका ट्राभल्स, टुर्स, होटल, रिसोर्ट, एयरलाईन्सलगायतका पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न बस्तु तथा सेवाहरुको प्रदर्शनी गरिन्छ ।

जुन मेलालाई आफ्नो पेशा तथा व्यवसायमार्फत आफ्नो देशमा पर्यटक भित्र्¥याउने महत्वपूर्ण ‘प्लेटफर्म’को रुपमा समेत लिइन्छ । कतिपय देशले आफ्ना नागरिकलाई अन्यत्र नजान निर्देशन दिएका कारण पनि यसपटक प्रदर्शनीमा सहभागीहरुलाई समस्या परेको थियो । यस्तै कोरोना संक्रमण फैलिएका देशका मानिसहरु प्रदर्शनीमा आउँदा यसको जोखिम थप बढ्ने भन्दै अन्तिम समयमा आएर प्रदर्शनी स्थगित गरिएको जर्मनका सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

मेला स्थगित भएको सूचना आइटिबी बर्लिनले आफ्नो आधिकारिक बेवसाईटमा समेत राखेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना महामारीमा ‘जनअपेक्षा’ पुरा गर्न नसकेको भन्दै इटलीका प्रधानमन्त्रीद्वारा राजीनामा ! कोरोना महामारीमा ‘जनअपेक्षा’ पुरा गर्न नसकेको भन्दै इटलीका प्रधानमन्त्रीद्वारा राजीनामा !

२०७७ माघ १३ गते मंगलबार

२६ जनवरी, २०२१मिलानो, इटली । झण्डै वर्षदिनदेखि फैलिएको कोरोना...

स्वास्थ्य मन्त्रालयको निर्देशन : अध्ययन विदामा बसेका स्वास्थ्यकर्मी तत्काल काममा फर्कनोस् स्वास्थ्य मन्त्रालयको निर्देशन : अध्ययन विदामा बसेका स्वास्थ्यकर्मी तत्काल काममा फर्कनोस्

२०७८ बैशाख १९ गते आइतबार

०२ मे, २०२१काठमाडौं । देशमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको...

कोरोनाबाट नेपालमा ३३ औं मृत्यु, कतारबाट फर्केका थिए गोर्खाका मृतक पुरुष कोरोनाबाट नेपालमा ३३ औं मृत्यु, कतारबाट फर्केका थिए गोर्खाका मृतक पुरुष

२०७७ असार २० गते शनिबार

०४ जुलाई, २०२०काठमाडौं । नेपालमा कारोना संक्रमणबाट थप १...

कोरोनाको क्षति इटली भन्दा अमेरिकामा धेरै : मृतकको संख्या २० हजार नाघ्यो, एकैदिन २ हजार बढीको ज्यान गयो कोरोनाको क्षति इटली भन्दा अमेरिकामा धेरै : मृतकको संख्या २० हजार नाघ्यो, एकैदिन २ हजार बढीको ज्यान गयो

२०७६ चैत्र २९ गते शनिबार

११ अप्रिल, २०२० न्यूर्योक । विश्वव्यापी रुपमा महामारीको रुपमा...

Top