हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते पाइलट सेढाईलाई थप उपचारका लागि भारत लगियो

Best Khabar Team | २०८० आश्विन २८ गते आइतबार


१५ अक्टोबर, २०२३
काठमाडौं । हेलिकोप्टर दुर्घटनामा गम्भीर घाइते भएका मनाङ्ग एयरका पाइलट प्रकाश सेडाईलाई थप उपचारको लागि भारत लगिएको छ । हिजो बिहान सोलुखुम्बुमा भएको हेलिकोप्टर दुर्घटनामा परेका पाइटल सेडाईलाई चिकित्सकको सल्लाह अनुसार थप उपचारका लागि भारतको मुम्बइ लगिएको हो । उनको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार हुने पारिवारिक स्रोतले जनाएको छ ।

ह्याम्स अस्पतालको विशेषज्ञ चिकित्सकको निगरानीमा पाइलट सेढाईलाई मुम्बई लगिँदै । तस्वीर सौजन्य : ह्याम्स अस्पताल

उनलाई ह्याम्स अस्पतालको चिकित्सकको निगरानीमा श्री एयरलाईनसको चार्टर विमान मार्फत् मुम्बई लगिएको हो । दुर्घटनामा गम्भीर घाइते बनेका सेढाईको काठमाडौंको ह्यास अस्पतालमा प्रारम्भिक उपचार गरिएको भएपनि थप उपचारका लागि चिकित्सकहरुले भारत लैजान सिफारिस गरेका थिए । हिजो बिहान सोलुखुम्बुको लुक्लाबाट लुबुचेका लागि उडेको मनाङ्ग एयरको सो हवाईजहाज दुर्घटनामा परेको हो । दुर्घटनापछि हेलिकोप्टरमा लागेको आगोमा परी उनको शरीरको मुख, हातखुट्टालगायतका ५० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।

हाइ अल्टिच्युड लागेर विरामी परेका यात्रुलाई लिन पाइलट सेढाई बिहान सवा ७ बजे लुबुचे उडेका थिए । स्मरणीय के छ भने विगत ३ महिनामा मनाङ्ग एयरको यो दोश्रो हेलिकोप्टर दुर्घटना हो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा बायु प्रदुषको प्रभाव : भोलिदेखि देशभरका विद्यालय ५ दिन बन्द नेपालमा बायु प्रदुषको प्रभाव : भोलिदेखि देशभरका विद्यालय ५ दिन बन्द

२०७७ चैत्र १६ गते सोमबार

२९ मार्च, २०२१काठमाडौं । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकासहित देशभर...

क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोनाको आशंका,  प्रधानमन्त्री पनि ‘आइसोलेसनमा’ क्यानडाका प्रधानमन्त्री पत्नीलाई कोरोनाको आशंका, प्रधानमन्त्री पनि ‘आइसोलेसनमा’

२०७६ फाल्गुन ३० गते शुक्रबार

१३ मार्च, २०२० टोरोन्टो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो...

‘मृत्युपछि भौतिक शरीर अस्पताललाई दान’ : संस्कृतिबिद् दम्पत्तिको प्रेरणादायी घोषणा ‘मृत्युपछि भौतिक शरीर अस्पताललाई दान’ : संस्कृतिबिद् दम्पत्तिको प्रेरणादायी घोषणा

२०७७ माघ ३० गते शुक्रबार

१२ फेब्रुअरी, २०२१काठमाडौं । मान्छेको मृत्यु भएपछि उसको भौतिक...

उपत्यकाभित्रकै २ एनसेल टावरमा अज्ञात समूहको आगजनी उपत्यकाभित्रकै २ एनसेल टावरमा अज्ञात समूहको आगजनी

२०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२०काठमाडौं । अज्ञात समूहले काठमाडौं उपत्यकाभित्रका विभिन्न...

Top