Best Khabar Team | २०७७ श्रावण ७ गते बुधबार
२२ जुलाई, २०२०
धरान, सुनसरी । नेपालमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । महोत्तरीमा एक पुरुषको हिजो साँझ कोरोनाबाट ज्यान गएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको ो संख्या ४१ पुगेको छ । महोत्तरीको मडहीका ६४ वर्षका एक पुरुषको उपचारका क्रममा धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनी सरकारी कर्मचारी समेत रहेको र केहीसमयदेखि अस्वस्थ रहेपछि घरमै बस्दै आएका थिए । सुरुमा सामान्य रुघाखोकी देखिएपनि पछि त्यसले च्याप्दै लगेपछि उनलाई प्रतिष्ठानमा पु-याइएको थियो । करिब २ साता अघि अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा हिजो दिउँसो ज्यान गएको थियो ।
उनको हिजो नै मृत्यु भएको र आज बिहान स्वाब परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालको भनाई छ । नेपाली सेनाले स्थानीय खोला छेउमा उनको शवको व्यवस्थापन समेत गरिसकेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पछिल्लो २४ घण्टाको कोरोना अपडेट : थप ५ को मृत्यु, ४६४ जना नयाँ संक्रमित भेटिए
२०७७ श्रावण २३ गते शुक्रबार
०७ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...
पसिनाको मुल्य माग्दै काठमाडौंमा किसान आन्दोलन
२०७७ मंशिर २८ गते आइतबार
१३ डिसेम्बर, २०२०काठमाडौं । आफूहरुले चिनी मिललाई विक्री गरेको...
फेरि सक्रिय भयो मनसुन, आजबाट ५ दिनसम्म भारी बर्षा हुने विभागको अनुमान
२०७७ श्रावण १२ गते सोमबार
२७ जुलाई, २०२०काठमाडौं । वर्षायाम शुरु भएसँगै देशका विभिन्न...
गुल्मीमा पहिरोबाट खसेको ढुंगाले च्यापेर एकै घरका ४ जनाको मृत्यु
२०७७ श्रावण १७ गते शनिबार
०१ अगस्ट, २०२०तम्घास, गुल्मी । पहिरोसँगै खसेको ढुंगाले च्यापेर...
Top