युरोपको अर्थव्यवस्था पुरानै अवस्थामा फर्काउन ७५० अर्ब युरोको कोष खडा गर्न ईयु सम्बद्ध राष्ट्रहरु सहमत

Best Khabar Team | २०७७ श्रावण ६ गते मंगलबार


२१ जुलाई, २०२०
लिंकरोभर, बेल्जियम । कोरोना भाइरसका कारण प्रभावित भएको युरोपेली युनियनसम्बद्ध राष्ट्रको अर्थव्यवस्थालाई पुरानै लयमा फर्काउनका लागि युरोपेली युनियनले तत्काल ७ सय ५० अर्ब युरो बराबरको कोष खडा गर्ने निर्णय गरेको छ । यो कोषमा जम्मा भएको रकमको केही हिस्सा ईयु अन्र्तगतका राष्ट्रहरुका व्यवसायीको राहत प्याकेजमा खर्च हुने युरोपेली युनियनले जनाएको छ ।

विशेष गरी कोरोना भाइरसको प्रभावका कारण सबैभन्दा बढी प्रभावित राष्ट्रलाई अनुदानका रुपममा ३ सय ९० अर्ब रुपैयाँ खर्च गर्ने निर्णय युरोपेली युनियन सम्बद्ध नेताहरुहरुले सोमबार गरेका छन् । यस्तै बाँकी रकम भने कोभिड १९ बाट आर्थिक नोक्सानी बेहोरेका मुलुकहरुलाई अनुदान एवं ऋणको रुपमा उपलब्ध गराउने सहमति पनि बैठकमा भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

कोष खडा गर्नका लागि युरोपेली युनियन सम्बद्ध नेताहरुबीच गएको शुक्रबारदेखि करिब ९० घण्टा छलफल चलेको थियो । युरोपेली युनियनसम्बद्ध २७ देश मध्ये कतिपय देशले यो कोष खडा गर्ने विषयमा असहमति जनाएको भएपनि पछि अधिकांश देशहरु कोष खडा गरेर अर्थव्यवस्थालाई उकास्नु पर्नेमा सहमत बनेका थिए ।

विशेष गरी कोरोना भाइरसका कारण प्रभावित भै चरम आर्थिक घाटा बेहोर्नुपरेको इटली, स्पेन, बेल्जियम, फ्रान्सलगायतका केही देशहरुले कोष खडा गरेर राहत पाउनुपर्नेमा जोड दिएका थिए । कोरोनाबाट बढी प्रभावित राष्ट्र र युरोपेली युनियन आवद्ध भैकन पनि कम आर्थिक हैसियत भएका देशहरुले आर्थिक प्याकेज मार्फत् आफूहरुलाई बचाउनका लागि ईयु सम्बद्ध राष्ट्रको ध्यानाकर्षण गराएका थिए ।

युरोपेली युनियनको इतिहाँसमा विरलै हुने यति धेरै रकमको कोषले युरोपको अर्थव्यवस्थालाई मजबुत बनाउने भन्दै विभिन्न देशका सरकार तथा राष्ट्रप्रमुखहरुले खुसी व्यक्त गरेका छन् । कोष खडा गर्ने विषयमा सहमति जनाउनका लागि पहिलो पटक युरोपेली युनियनको इतिहाँसमा सम्भवत यतिलामो बैठक बसेको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

५ बुँदे सहमतिमा टुंग्याईयो उखु किसानको काठमाडौं केन्द्रीत आन्दोलन ५ बुँदे सहमतिमा टुंग्याईयो उखु किसानको काठमाडौं केन्द्रीत आन्दोलन

२०७६ पुष १८ गते शुक्रबार

०३ जनवरी, २०२०काठमाडौं । चिनी मिललाई दिइएको उखुको बक्यौता...

कोरोनाको कहरमा ‘बकर इद’ पर्व कोरोनाको कहरमा ‘बकर इद’ पर्व

२०७७ श्रावण १७ गते शनिबार

– पि.एल. तरंग०१ अगस्ट, २०२०विगत ८ महिनादेखि विश्वभरी फैलिएको...

नेपाल भ्रमण वर्ष २०२० : बेल्जियमकी राजकुमारी नेपाल जाँदै नेपाल भ्रमण वर्ष २०२० : बेल्जियमकी राजकुमारी नेपाल जाँदै

२०७६ माघ २ गते बिहिबार

ब्रसेल्स । एकसाता लामो नेपाल बसाईका लागि बेल्जियमकी राजकुमारी...

युवाशक्ति बिदेसिँदा गाउँ रित्तिदै, भविष्यमा कहालीलाग्दो संकटको संकेत युवाशक्ति बिदेसिँदा गाउँ रित्तिदै, भविष्यमा कहालीलाग्दो संकटको संकेत

२०७६ पुष १ गते मंगलबार

– इन्दिरा कु. शर्मा पछिल्लो जनगणना अनुसार मुलुकको जनसंख्या...

Top