चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरालाई कोरोना संक्रमण : अस्पतालमा उपचार हुँदै

Best Khabar Team | २०७७ असार २८ गते आइतबार


१२ जुलाई, २०२०
नयाँदिल्ली । बलिउड क्षेत्रका प्रख्यात अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेख बच्चनलाई कोरोना संक्रमण भएको छ । उनीहरुलाई केहीदिनअघि कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको स्वाब परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो । अहिले दुबैलाई मुम्बईको नानाभाति अस्पतालमा राखेर उपचार थालिएको छ ।

दुबैको अवस्था सामान्य रहेको अमिताभ बच्चनका ४४ वर्षका छोरा अभिषेशले ट्वीट्मार्फत् सार्वजनिक गरेका छन् । ७७ वर्षका अमिताभले हालसम्म बलिउडका २ सय बढी चलचित्रहरुमा अभिनय गरेका छन् । उनका परिवारका अन्य सदस्यहरु जया बच्चन, ऐश्वर्य राय बच्चन आराध्य बच्चनलगायतको भने कोरोना टेस्ट नेगेटिभ आएपछि उनीहरु अस्पालबाट घर फर्केका छन् । भारतमा हालसम्म कोरोनाका ८ लाख ५० हजार ८ सय २७ जना संक्रमित भेटिएका छन् ।

२२ हजार ६ सय ९६ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् भने हालसम्म ५ लाख २६ हजार ३ सय १४ जनाले कोरोनालाई परास्त गरेका छन् । भारत विश्वमा कोरोना संक्रमित मूलुकको तेश्रो नम्बरमा पर्दछ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा पहिलो पटक संघीय संरचना अनुसार एसइईको परीक्षा हुँदै नेपालमा पहिलो पटक संघीय संरचना अनुसार एसइईको परीक्षा हुँदै

२०७५ चैत्र ९ गते शनिबार

२३ मार्च, २०१९ काठमाडौं । नेपालको इतिहाँसमा पहिलोपटक संघीय...

अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलन गरिरहँदा ह्वाईट हाउस बाहिर गोली चल्यो, ट्रम्पको पत्रकार सम्मेलन स्थगित (भिडियोसहित) अमेरिकी राष्ट्रपतिले पत्रकार सम्मेलन गरिरहँदा ह्वाईट हाउस बाहिर गोली चल्यो, ट्रम्पको पत्रकार सम्मेलन स्थगित (भिडियोसहित)

२०७७ श्रावण २७ गते मंगलबार

११ अगस्ट, २०२०न्यूर्योक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाईट...

कोरोनाका कारण नेपाल बाहिर हालसम्म ३ सय ३३ नेपालीको मृत्यु : एनआरएनए कोरोनाका कारण नेपाल बाहिर हालसम्म ३ सय ३३ नेपालीको मृत्यु : एनआरएनए

२०७७ माघ २५ गते आइतबार

०७ फेब्रुअरी, २०२१लिंकरोभर, बेल्जियम । कोरोना भाइसरका कारण हालसम्म...

धादिङ्मा एकै परिवारका ४ जना त्रिशुलीमा हेलिए, आमाको मृत्यु,  २ छोरा वेपत्ता धादिङ्मा एकै परिवारका ४ जना त्रिशुलीमा हेलिए, आमाको मृत्यु, २ छोरा वेपत्ता

२०७६ माघ २ गते बिहिबार

१६ जनवरी, २०२० धादिङ्ग । पृथ्वीराजमार्गमा पर्ने धादिङ्गको बेनिघाटमा...

Top