चर्चित बलिउड अभिनेता अमिताभ बच्चन र उनका छोरालाई कोरोना संक्रमण : अस्पतालमा उपचार हुँदै

Best Khabar Team | २०७७ असार २८ गते आइतबार


१२ जुलाई, २०२०
नयाँदिल्ली । बलिउड क्षेत्रका प्रख्यात अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेख बच्चनलाई कोरोना संक्रमण भएको छ । उनीहरुलाई केहीदिनअघि कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि गरिएको स्वाब परीक्षणका क्रममा कोरोना पुष्टि भएको हो । अहिले दुबैलाई मुम्बईको नानाभाति अस्पतालमा राखेर उपचार थालिएको छ ।

दुबैको अवस्था सामान्य रहेको अमिताभ बच्चनका ४४ वर्षका छोरा अभिषेशले ट्वीट्मार्फत् सार्वजनिक गरेका छन् । ७७ वर्षका अमिताभले हालसम्म बलिउडका २ सय बढी चलचित्रहरुमा अभिनय गरेका छन् । उनका परिवारका अन्य सदस्यहरु जया बच्चन, ऐश्वर्य राय बच्चन आराध्य बच्चनलगायतको भने कोरोना टेस्ट नेगेटिभ आएपछि उनीहरु अस्पालबाट घर फर्केका छन् । भारतमा हालसम्म कोरोनाका ८ लाख ५० हजार ८ सय २७ जना संक्रमित भेटिएका छन् ।

२२ हजार ६ सय ९६ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् भने हालसम्म ५ लाख २६ हजार ३ सय १४ जनाले कोरोनालाई परास्त गरेका छन् । भारत विश्वमा कोरोना संक्रमित मूलुकको तेश्रो नम्बरमा पर्दछ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

म्यानमारमा सैन्य दमन हिंसात्मक बन्दै : ज्यान जोगाउन हजारौं जनता थाइल्याण्डतर्फ भागे म्यानमारमा सैन्य दमन हिंसात्मक बन्दै : ज्यान जोगाउन हजारौं जनता थाइल्याण्डतर्फ भागे

२०७७ चैत्र १६ गते सोमबार

२९ मार्च, २०२१बैंकक, थाइल्याण्ड । म्यानमारमा गएको फेब्रुअरी १...

अर्को जिल्लामा जान कडाई, हिँडेर घर फर्केका मजदुरलाई थप समस्या अर्को जिल्लामा जान कडाई, हिँडेर घर फर्केका मजदुरलाई थप समस्या

२०७७ बैशाख ४ गते बिहिबार

१६ अप्रिल, २०२० काठमाडौं । सरकारले तत्कालका लागि एक...

सरिताले कलाकार संघको अध्यक्षमा बाजी मार्लिन्  ? सरिताले कलाकार संघको अध्यक्षमा बाजी मार्लिन् ?

२०७६ जेठ २० गते सोमबार

०३ जुन २०१९ काठमाडौं । नेपाली चलचित्र कलाहरुलाई यतिबेला...

अमेरिकामा कोरोनाको ताण्डब : साढे ३ महिनामा ८५ हजार बढीको मृत्यु, संक्रमितको संख्या १४ लाख ३२ नाघ्यो अमेरिकामा कोरोनाको ताण्डब : साढे ३ महिनामा ८५ हजार बढीको मृत्यु, संक्रमितको संख्या १४ लाख ३२ नाघ्यो

२०७७ जेठ १ गते बिहिबार

१४ मे, २०२० सुनिल तिवारी– न्यूर्योक । कोरोना भाइरसको...

Top