सरिताले कलाकार संघको अध्यक्षमा बाजी मार्लिन् ?

Best Khabar Team | २०७६ जेठ २० गते सोमबार


०३ जुन २०१९
काठमाडौं । नेपाली चलचित्र कलाहरुलाई यतिबेला छाता संगठनको चुनावको चटारोले भ्याई नभ्याई छ । कलाकाहरु आफू र आफू निकटका उम्मेद्वारको पक्षमो भोट माग कलाकारहरुसँग भेटघाट र अन्य चुनावी कार्यक्रमको दौडधूपमा छन् । नेपाल चलचित्र कलाकार संघको आसन्न चुनावमा यसपटक चलचित्र क्षेत्री एक प्रतिभावान् तथा बहुचर्चित कलाकार सरिता लामिछानेले अध्यक्षमा उम्मेद्वारी दिएकी छिन् । यस अर्थमा पनि यो चुनाव निक्कै रोचक हुने अनुमान गरिएको छ ।

आगामी जेठ २५ गते काठमाडौंमा हुने चलचित्र कलाकारहरुको चुनावमा लामिछानेले अध्यक्षमा उम्मेद्वारी दिएकी छन् । लामिछाने सँगै अर्का कलाकार रविन्द्र खड्काले पनि अध्यक्ष पदमै उम्मेद्वारी दिएका छन् । हाल चलचित्र कलाकार संघको महासचिवको जिम्मेवारीमा रहेकी लामिछाने आफूलाई अध्यक्षमा उम्मेद्वारी दिन कलाकार साथिहरुको माया र सहयोगले प्रेरित गरेको बताउँछिन् । झण्डै २० वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय लामिछानेले दर्जनौ चलचित्र तथा टेलिचलचित्रहरुमा काम गरिसकेकी छन् । जसमा उनको ‘गहना’, ‘जानकी’,‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’ लगायत थुप्रै टेलिशृंखलामा अभिनय गरिसकेकी छिन् ।

चलचित्र कलाकार संघको निवर्तमान कार्यसमिति । तस्वीर : संघको फेसबुकबाट साभार

पछिलो समय टेलिशृंखला ‘दृष्टि’ मा अभिनय गरिरहेकी लामिछानेले ‘सन्तानको माया’, ‘श्रीमान–श्रीमती’, ‘हवल्दार सुन्तली’, ‘फिंगरप्रिन्ट’,‘सीता’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् । अर्का अध्यक्षका उम्मेद्वार खड्का भने पछिल्लो समय चलचित्र क्षेत्र भन्दा पनि राजनीतिमा सक्रिय रहेको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

२७ दिनमा कोरोनालाई जितिन् काठमाडौंकी युवतीले २७ दिनमा कोरोनालाई जितिन् काठमाडौंकी युवतीले

२०७७ बैशाख ६ गते शनिबार

१८ अप्रिल, २०२०काठमाडैं । गत चैत्र ४ गते युरोपेली...

उत्तर कोरियाले अमेरिकालाई भन्यो : ‘उत्तर कोरियाबारे जथाभावी बोले अमेरिकाको आसन्न चुनावी माहौल विथोलिन सक्छ’ उत्तर कोरियाले अमेरिकालाई भन्यो : ‘उत्तर कोरियाबारे जथाभावी बोले अमेरिकाको आसन्न चुनावी माहौल विथोलिन सक्छ’

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०सिओल, दक्षिण कोरिया । पछिल्लो पटक दक्षिण...

३९ जना संक्रमित भेटिएपछि पर्सामा ६ दिने कर्फ्युको घोषणा ३९ जना संक्रमित भेटिएपछि पर्सामा ६ दिने कर्फ्युको घोषणा

२०७७ बैशाख ३० गते मंगलबार

१२ मे, २०२०वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले कोरोना...

आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम आफ्ना बारेमा चलेका निराधार हल्ला चिर्दै १८ दिनपछि झुल्किए उत्तर कोरियाली राष्ट्रपति किम

२०७७ बैशाख २० गते शनिबार

०२ मे, २०२०सिओल, दक्षिण कोरिया । आफ्ना बारेमा चलेका...

Top